पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्ध विरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।
नयाँ चरणको सीमा भिडन्तमा दर्जनौँ सेना र सर्वसाधारणको मृत्यु भएको थियो। काबुल र अफगानिस्तानका अन्य स्थानमा भएको विस्फोटपछि दुई छिमेकीबीच एक हप्तासम्म जारी हिंसालाई रोक्ने प्रयास स्वरूप अस्थायी युद्ध विरामको घोषणा गरिएको हो।
तालिबान सरकारले प्रतिशोधको रूपमा आफ्नो दक्षिणी सीमाका केही भागहरूमा आक्रमण सुरु गरेपछि इस्लामाबादले कडा प्रतिक्रिया जनाएको थियो।
इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टिटिपी) को नेतृत्वमा रहेको लडाकू समूहलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाएको छ।
अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएका दुई विस्फोटपछि काबुलमाथि कालो धुवाँको मुस्लो उठेको देखिएको एएफपीका पत्रकारहरूले बताएका छन्।
घटनालाई पुष्टि गर्दै तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एउटा तेल ट्यांकर र जेनेरेटरमा विस्फोट हुँदा आगलागी भएको बताएका छन्। तर पाकिस्तानी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इस्लामावादले अफगानिस्तानको राजधानीमा ‘सटीक हमला’ गरेको छ।
पाकिस्तानी आक्रमणपछि काबुलमा एम्बुलेन्सहरू दौडिरहेका र सडकमा क्षतिग्रस्त भवनहरूको सिसा अछरल्ल छरिएको अवस्थामा भेटिएको एएफपीका फोटो पत्रकारहरूले जनाएका छन्। तालिवान सेनाले शहरका केही सडकलाई पनि घेरा हालेको छ।
त्यसको एक घण्टापछि इस्लामावादले युद्ध विरामको घोषणा गरेको थियो। काबुलमा तालिबान अधिकारीहरूले सेनालाई युद्ध विरामको सम्मान गर्न आदेश दिएका छन्।
पाकिस्तानी सेनाले यसअघि अफगान तालिवानले दक्षिणपश्चिम र उत्तरपश्चिममा रहेका दुई प्रमुख सीमा चौकीमा आक्रमण गरेको आरोप लगाएको थियो। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक नजिकै बुधबार बिहान भएको आक्रमणमा २० तालिबान लडाकू मारिएका छन्।
सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुर्भाग्यको कुरा, सर्वसाधारणलाई ध्यान नदिई उक्त क्षेत्रका रहेका गाउँहरूमा आक्रमण गरिएको थियो।”
पाकिस्तानको उत्तरपश्चिम सीमामा रातभर भएको झडपमा थप ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ। अफगान तालिवानले स्पिन बोल्दाक नजिकै भएको झडपमा परी १५ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ।
तालिवानका प्रवक्ता मुजाहिदले स्पिन बोल्दाक वरपर १०० सर्वसाधारण घाइते भएको बताएका थिए तर पाकिस्तानी सेनाले यसलाई ‘अपमानजनक र सरासर झुट’ भनेको छ।
पाकिस्तानले पछिल्लो झडपमा आफ्नो क्षतिको सङ्ख्या भने बताएको छैन तर गत हप्ता पहिलो झडपमा आफ्ना २३ सैनिकको मृत्यु भएको बताएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै: आर्थिक सहकार्य, हवाई मार्ग र पूर्वाधार विकास मुख्य एजेन्डा
- सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन–३ को च्याम्पियन: लुम्बिनी १० विकेटले पराजित
- मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल
- देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने
- आइतबारका लागि डलर, युरो, पाउन्ड र कुवेती दिनारको विनिमयदर सार्वजनिक
- उत्पादन बढे पनि घट्यो चिराइतोको भाउ, किसान निराश
- फिफा अध्यक्षको निर्वाचन २०२७ : इन्फान्टिनोलाई फ्रान्सका डियालो र जापानका ताशिमाको चुनौती
- यूएनएफपीए प्रतिवेदन: युवालाई आत्मनिर्भर बन्न र परिवार बसाउन बढ्दो चुनौती
- एनपीएल २०२६ : फाइनलमा आज कीर्तिपुरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
- कन्याममा सुरु हुँदै प्रथम सूर्योदय चिया महोत्सव