ग्रिसमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ३ सय जना पाकिस्तानीको मृत्यु भएको छ। पाकिस्तानको सञ्चारमाध्यम ‘डन’अनुसार डुंगामा पाकिस्तानका ४ सय जना, मिस्रका २ सय र सिरियाका १ सय ५० जना सवार थिए। पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी नागरिकप्रति समवेदना प्रकट गरेका छन्।
पाकिस्तान आज (सोमबार) राष्ट्रिय शोकसमेत घोषणा गरिएको सञ्चारमाध्यमले बताएका छन्।
प्रधानमन्त्री सरिफले मानव तस्करी गर्नेविरुद्ध कडा कारबाही हुनेसमेत बताएका छन्। ‘यो एउटा जघन्य अपराध हो,’ उनले भने।
गैरकानुनी रूपमा पाकिस्तानी नागरिकलाई युरोप पठाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री सरिफले ग्रिसस्थित पाकिस्तानी एम्बेलीलाई उद्धृत गर्दै डुंगा दुर्घटनामा उद्धार गरिएका १२ जना पाकिस्तानी नागरिक रहेको बताएका छन्। यद्यपि सरकारले मृत्यु हुनेको आधिकारिक संख्या भने सार्वजनिक गरेको छैन।
युनाइटेड नेसन्स (युएन) का अनुसार डुंगामा ४ सयदेखि ७ सय जना सवार थिए। जसमध्ये २ सयभन्दा बढी पाकिस्तानी नागरिक थिए। अहिलेसम्म ७८ शव निकालिएको छ भने ५ सय जना बेपत्ता छन्।
युरोप पुग्न ६ लाख रुपैयाँ
पाकिस्तानी अधिकारीका अनुसार तस्करले युरोप पठाउने सपना देखाउँदै पाकिस्तानीलाई पहिले लिबिया पठाउँछन्। त्यहाँबाट डुंगामार्फत गैरकानुनी रूपमा युरोप प्रवेश गराउने कोसिस गर्छन्। ‘डन’को रिपोर्टका अनुसार एक तस्करलाई प्रहरीले पाकिस्तानको गुजरातबाट पक्राउ गरेको छ। तस्करले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिँदै आएका थिए।
२०१५ पछि ठूलो घटना
संयुक्त राष्ट्रको इन्टरनेसन अर्गनाइजेसन फर माइग्रेसनले ग्रिसनजिक १४ जुलाई, २०२३ मा भएको डुंगा दुर्घटना सन् २०१५ पछिकै ठूलो घटना भएको बताएको छ। २०१५ मा लिबियाबाट इटालीतर्फ जाँदै गरेको डुंगा पल्टिँदा ११ सय जनाको मृत्यु भएको थियो।
ग्रिसमाथि लापरबाहीको घटना
ग्रिसमा भएको डुंगा दुर्घटनामा त्यहाँस्थित कोस्टगार्ड्सको लापरबाही भएको आरोप छ। बिबिसीका अनुसार डुंगा डुब्नुअघि केही घण्टा डुंगा एक ठाउँमा स्थिर थियो। तर ग्रिसको कोस्र्टगार्ड्सले भने डुंगा नरोकिएको दाबी गर्दै आएको छ।
डुंगाका साहुले डुंगा डुब्नुअघि कोस्र्टगार्ड्सलाई खबर गरेको बताएका छन्। यसको पुष्टि ‘लगबुक’ बाट पनि भएको बताइएको छ। जबाफमा कोस्टगार्डको हेलिकप्टरले खाद्यवस्तु र पानी दिएर फर्किएको बताइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कालीगण्डकीमा बन्द भयो जलयात्रा
- विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ : संयुक्त राष्ट्रसङ्घ
- सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन