भारतलाई सेमिकन्डक्टर हब बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको सपना मूर्त रुप दिन अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन भारत आउने भएको छ।
माइक्रोनले भारतको गुजरातमा आफ्नो प्लान्ट लगाउने बताएको छ। यसअन्तर्गत कम्पनीले २ अर्ब ७० करोड डलर लगानी गर्नेछ। मोदीको अमेरिका भ्रमणमा यो सूचना आएको हो। मन्त्रीमण्डलले माइक्रोनलाई सेमिकन्डक्टर टेस्टिङ एन्ड प्याकेजिङ युनिटका लागि लगानी गर्न अनुमति दिएको छ।
यो सम्झौताअन्तर्गत अमेरिकी सेमिकन्डक्टर कम्पनीले १ अर्ब ३४ करोड डलरबराबरको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ (पिएलआई) पाउनेछ। मोदीले अमेरिका भ्रमणका बेला माइक्रोनका प्रमुख कार्यकारी अधिकृत सञ्जय मेहरोत्रासँग भेट गर्दै सेमिकन्डक्टर मेनुफ्याक्चरिङलाई बढावा दिन कम्पनीलाई भारत आउन आग्रह गरेका थिए। यसको परिणामस्वरु माइक्रोन गुजरातमा आउन लागेको हो।
कम्पनीले सूचना जारी गर्दै माइक्रोन गुजरातमा सेमिकन्डक्टर टेस्ट र एसेम्बली प्लान्ट लगाउने जानकारी दिएको छ। दुई चरणमा निर्माण गरिने यो संयन्त्रमा कम्पनीले आफ्नो तर्फबाट ८२ करोड ५० लाख डलर लगानी गर्नेछ। बाँकी रकम भारतीयको केन्द्रीय तथा राज्य सरकारमार्फत जुटाउनेछ।
कम्पनीका सिइओ सञ्जय मेहरोत्राका अनुसार स्थानीय सेमिकन्डक्टर इकोसिस्टम विकास गर्न भारतले उठाएको कदमले आफूहरू उत्साहित भएको बताएका छन्। साथै लगानीलाई सम्भव बनाउने भारत सरकार र सबै अधिकारी धन्यवादको पात्र रहेको समेत बताएका छन्।
माइक्रोनले एक सूचना जारी गर्दै गुजरात प्लान्टको निर्माण यसै वर्षदेखि सुरु हुने बताएको छ। पहिलो चरणमा पाँच लाख वर्गफिट क्लिनरुम स्पेस हुनेछ, जुन २०२४ को अन्त्यसम्म सञ्चालनमा आउनेछ। साथै कम्पनीले दुवै चरणको काममार्फत पाँच हजारभन्दा बढी रोजगारी सिर्जना हुने र १५ हजार जनाले आगामी केही वर्षसम्म परोक्ष रुपमा रोजगारी मिल्ने बताएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
