अहिलेको समयमा यातायात सामान्य कुरा हो । सार्वजनिक र निजी सवारीसाधनमा सडकमा गुडिरहन्छन् । गुड्दागुड्दै टायरमा समस्या देखिन सक्छ । त्यस्तो बेला के गर्ने ?
झट्ट मिस्त्रीको सम्झना आउँछ । मिस्त्रीले नै सबै ठीकठाक पार्न सक्छन् । त्यस्तै एक मिस्त्री हुनुहुन्छ अहमद राजा ।
उमेरमा जम्म २५ वर्ष पुग्नुभएका अहमद राजा भारतमा जन्मिनुभयो । उहाँका बुबा टायर मर्मत गर्ने पेसा गर्नुहुन्थ्यो । सोही पेसालाई निरन्तरता दिँदै अहमद राजा हाल टायर मिस्त्री बन्नुभएको छ ।
बुबा खुर्सिद मियाँले नारायणटारको शिवचोकमा सुरुवाती चरणदेखि राखेको पसल हालसम्म छ । र त्यसैमा आफनो काम सिक्नेदेखि मिस्त्री हुनेसम्मको संघर्ष जोडिएको राजा बताउनुहुन्छ ।
‘बुबाले नेपाल आएर टायर बनाउन गर्न थाल्नुभएको ३५ वर्ष भयो,’ राजा भन्नुहुन्छ, ‘अहिले बुबालाई ग्यास्ट्रिक, आँखा कम देख्ने, खुट्टा झमझमाउने, जीउ दुख्ने समस्याले सताइरहेको छ । त्यसैले सम्पूर्ण कामको जिम्मा मलाई दिनुभएको छ ।’
कक्षा १२ को परिक्षा दिएपछि काठमान्डौँ घुम्न आउनुभयो राजा । बुबा बसेको ठाँउमा आएर १० दिन जति घुमेर पुर्ण घर फर्किनुभयो । चिडियाघर, घण्टाघर, स्वयम्बु, पशुपति, चन्द्रागिरी घुमेको स्मरण गर्नुहुन्छ उहाँ ।
‘पैसाको महत्व बुझेर पढाइभन्दा काम नै गर्छु भन्ने लाग्यो र फेरि एक वर्षपछि काठमाडौँ फर्किएँ,’ राजा भन्नुहुन्छ, ‘बुबाले गरेको जस्तै काम गर्न रुचि पनि राजाका अनुसार सुरुमा त धेरै नै गाह्रो लाग्थ्यो । काम सिक्दा शरीरका धेरै ठाँउमा चोट लाग्यो । तैपनि सिकाइको शृंखला अनवरत चलिरह्यो । ‘कहिले हम्मरले लाग्थ्यो, कहिले पेचकस उछिट्टिएर घोच्थ्यो,’ उहाँ सुनाउनुहुन्छ।
संघर्ष गर्नुपर्ने र आफ्नो जिम्मेवारीदेखि कहिले पछि नपर्नू भन्ने पाठ बुबाले नै सिकाउनुभएको राजाको भनाइ छ । उहाँ कामलाई नै आफ्नो पहिचान मान्नुहुन्छ ।
‘बुबाले महिनाको दुई हजार कमाउनुहुन्थ्यो । विस्तारै आफू पनि साथ दिन थालेपछि महिनाको १० हजार हुँदै ३० हजारसम्म कमाउन थालियो,’ उहाँ भन्नुहुन्छ । तर अहिले बुबाको स्वास्थ्य अवस्था खराब हुन थालेपछि एक्लैले सम्पूर्ण काम हेर्न थाल्नुभएको छ राजा ।
जीवनमा एक्लै हुनुका अनेक दुःख छन् । यस्तो दुःख राजालाई पनि छ । ‘एक्लै काम गर्न त गाह्रो हुने रहेछ,’ उहाँले सुनाउनुभयो, ‘टायर उचाल्न ज्यान जालाजस्तो हुन्छ । यस्तै टायर फिट गर्ने, टायरमा हावा हाल्ने, टायर टाल्ने काम एक्लै गर्छु । तर निकै गाह्रो हुन्छ ।’
मिहिनत गर्दै जाँदा दैनिक ३ देखि ४ हजारसम्म पनि कमाउन थालेको राजाको भनाइ छ ।
‘पैसा हातमा परेपछि खुसी पनि लाग्थ्यो,’ राजा भन्नुहुन्छ, ‘आफू एक्लै एक वर्ष बुबाले राखेको पसल चलाएँ । राम्रो फाइदा र आम्दामी देखेर अर्को पसल पनि खोल्न मन लागेर गाँउबाट भाइलाई बोलाएर उसलाई पनि काम सिकाएँ ।’
यसरी भाइले पनि पूरा काम सिक्नुभयो । काम सिकेपछि बुबाले स्थापना गर्नुभएको पसल भाइलाई चलाउन दिनुभयो । आफूले भने नयाँ पसल सञ्चालन गर्नुभयो । ‘नयाँ पसल जम्मा ३ लाख रुपैयाँमा खोलेको हो,’ उहाँ मुस्कुराउँदै भन्नुहुन्छ ।
सामान सबै सेकेन्ड ह्यान्ड लिएकाले सामान्य लगानीमै पसल सुरुवात गर्न सम्भव भएको राजा बताउनुहुन्छ । आफ्नै नाम ‘राजा टायर रिपेयरिङ सेन्टर’ बाट नारायणटार शिवचोकमा पसल खोल्नुभएको छ ।
‘उता भाइले महिनाको २५ हजार कमाउँछ । यता म दिनको ५०० देखि १ हजारसम्म कमाउँछु,’ कमाइको राजाले सपना पनि देख्नुभएको छ, ‘मेरो अझै २ लाख ऋण छ । ऋण तिरिसकेर एउटा घर बनाउने सपना छ । दाजुभाइ मिलेर गाँउमा सान्दार घर बनाएर पनि देखाँउछु ।’
पहिले भारतीय आर्मी हुने रहर भए पनि आर्थिक अवस्था कमजोर हुँदा टायर पसलमा आएको राजाले सुनाउनुभयो ।
अहिले दाजुभाइको वार्षिक १० लाख रुपैयाँ कमाइ हुन्छ । गर्न सके नेपालको सम्भावना रहेको बताउने राजा मिहिनत गर्दा अवश्य सफल भइने बताउनुहुन्छ ।
राजाले बाइकको टायरमा हावा हालेको पाँच रुपैयाँ र गाडीको टायरमा १० रुपैयाँ लिने गरेको बताउनुभयो । टायर पन्चर बनाएको, सानो गाडीको एक सय, मझौलाको १५०, ठूलोको २ सय रुपैयाँ र नयाँ टायर खोलफिट गरेको एक सय रुपैयाँ ।
‘सबको काम से प्यार करना चाहिए,’ हिन्दीमै बोल्न थाल्नुभयो राजा, ‘कोही काम छोटा या बडा नहीं होता । छोटा काम से भी एक दिन बडा मुकाम हासिल करके दिखाउंगा ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- ‘महानगर प्रहरीले कुन बेला धपाउने हो भन्ने डर लागिरहन्छ’
- किन असुरक्षित बन्दै छन् डाक्टर?
- मेयर बालेनलाई उभिएर चुनौती दिँदै ई:
- कसले भन्छ देशमा काम–दाम छैन ? ग्यारेजबाटै महिनामा तीन लाख कमाइ गर्नुहुन्छ २१ वर्षीय आलम
- शिक्षक आन्दोलित, विद्यालय बन्द
- पाँच आवमा चोरी, मानव बेचबिखन र शरीर बन्धकका १६ हजारभन्दा बढी मुद्दा
- न्याय खोज्दै अपाङ्गता भएका बालबालिकाको स्कुल
- ‘घाटाको व्यापारले असहाय बनाउँदो रहेछ’
- धामीझाँक्रीमा विश्वास गर्दा खुट्टा गुम्यो, वैशाखी टेकेर श्रम गर्दा अपमान र तिरस्कार
- न्यायको आशमा नथाकेको तर राज्यले बेवास्ता गरेको आरती परिवार