पाँच आवमा चोरी, मानव बेचबिखन र शरीर बन्धकका १६ हजारभन्दा बढी मुद्दा

पाँच आर्थिक वर्षमा देशभर चोरी, मानव बेचविखन तथा अपहरण तथा शरीर बन्धकका १६ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७५/०७६ देखि गत आव सम्म १६ हजार २१६ मुद्दा दर्ता भएका हुन्।

आव २०७५/७६ मा २ हजार ८ सय ७३ चोरीका घटना दर्ता भएका थिए। जसमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ८८९ वटा मुद्दा दर्ता भएका छन्। यस्ता मुद्दा दर्ता हुनेमा मधेस प्रदेशमा ५०६, लुम्बिनीमा ४६६, कोशीमा ४२९, सुदूरपश्चिममा १७१, बागमतीमा १७० र गण्डकी १४३ र कर्णाली प्रदेशमा ९९ चोरीका मुद्दा दर्ता भएको कार्यालको तथ्यांक छ।

आव ०७६/७७ मा प्रहरीमा २ हजार ४ सय ५१ चोरीको घटना दर्ता भएका थिए। काठमाडौँ उपत्यका प्रहरीकार्यलयमा जम्मा ६५७, मधेश प्रदेशमा ४८३, कोशी प्रदेशमा ४१५, लुम्बीनी प्रदेशमा ३१२ चोरीका मुद्दा दर्ता भएका थिए। त्यसैगरी बागमती प्रदेशमा २२१, सुदूरपश्चिम प्रदेशमा १७७, गण्डकी प्रदेशमा १४८ र कर्णाली प्रदेशमा जम्मा ६१ मुद्दा भएका थिए। त्यसैगरी आव ०७७/७८ मा २ हजार ३८२, आव ०७८/७९ मा ३ हजार १८८ र ०७९/८० मा ८७२ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी मानव बेचबिखनसम्बन्धी अपराध घटनाका मुद्दा पनि अत्यधिक रुपमा बढेको देखिन्छ। आव ०७५/७६ देखि ०८० सम्म यस्ता घटनाका ८३० मुद्दा दर्ता भएका छन्। आव ०७५/७६ मा मानवबेचविखन अपराधका २५८ मुद्दा दर्ता भएकामा आव ०७६/७७ मा १३६, आव ०७७/७८ मा १३४, आव ०७८/७९ मा १४५ र ०७९/८० मा १५७ मुद्दा दर्ता भए। यीमध्ये पक्राउ परेका पुरुषको संख्या १९२ र महिलाको संख्या ६६ रहेको छ।

त्यस्तै, अपहरण तथा शरीर बन्धकको सिकार पनि धेरै हुने गरेका छन्। गत पाँच आवमा यससम्बन्धी ८७३ मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांकले देखाएको छ। आव २०७५/७६ मा व्यक्ति अपहरण शीर्षकमा ११५ मुद्दा दर्ता भएका थिए। त्यसैगरी अपहरण तथा जबरजस्ती करणीसम्बन्धी ४५ र सोही वर्ष अपहरण तथा शरीर बन्धक उद्योग शीर्षकमा ३ वटा मुद्दा दर्ता भएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link