मोदीको ७३औँ जन्मदिन : कति छ मासिक तलब र सम्पत्ति ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ७३औं जन्मदिन हो। सन् १९५०, सेप्टेम्बर १७ मा गुजरातको भडनगरमा उहाँको जन्म भएको थियो।

२०१४ देखि उहाँ लगातार भारतीय प्रधानमन्त्रीका रुपमा सत्तामा हुनुहुन्छ। उहाँको नेतृत्वमा भारत विश्वकै तीव्र गतिमा बढ्ने अर्थतन्त्र बनेको छ। तर, के तपाईंलाई उहाँको सम्पत्ति र सेलरीबारे थाहा छ ? छैन भने यहाँ दिइएको छ।

प्रधानमन्त्री मोदीको मासिक तलब कति ?

प्रायःजसो मानिस प्रधानमन्त्रीसँग के के छ भन्ने जान्न चाहन्छन्। जस्तो कि, कहाँ–कहाँ घर छन्, कति सम्पत्ति छ, कहाँ लगानी गर्छन्, आदि–इत्यादि।

गत वर्ष प्रधानमन्त्री कार्यालयले यसबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो। त्यसमा भारतीय प्रधानमन्त्रीको तलब वार्षिक ३२ लाख रुपैयाँ हाराहारी हुन्छ। यसरी हेर्दा मोदीको मासिक तलब करिब ३ लाख जति हुन्छ। प्रधानमन्त्रीले पाउने यो तलबमा बेसिक पेबाहेक दैनिक भत्ता, सांसद भत्तासहित अन्य विभिन्न भत्ता पनि पर्छन्।

मोदीको सम्पत्ति

गत वर्ष प्रधानमन्त्री कार्यायले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री मोदीको मार्च २०२२ सम्म कुल चल–अचल सम्पत्ति साढे ३ करोड रुपैयाँ छ। प्रधानमन्त्रीको बेवसाइटमा राखिएको विवरणअनुसार साढे ३ करोड रुपैयाँमध्ये अधिंकाश रकम बैँक खातामा जम्मा छ।

छैन अचल सम्पत्ति

विवरणअनुसार प्रधानमन्त्री मोदीसँग कुनै पनि अचल सम्पत्ति छैन। उहाँसँग गुजरात, गान्धीनगरमा एक टुक्रा जमिन थियो। त्यो दान गरिसक्नुभएको छ। अक्टोबर, २०२२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा आवासीय जमिन खरिद गर्नुभएको थियो। उक्त जमिनमा उहाँ तेस्रो हकवालाका रुपमा हुनुहुन्थ्यो।

आफ्नै सवारीसाधन पनि छैन

एक रिपोर्टअनुसार प्रधानमन्त्री मोदीको कुनै पनि बन्ड, सेयर या म्युचुअल फन्डमा पनि लगानी छैन। साथै निजी सवारीसाधन पनि छैन। मार्च, २०२२ को सम्पत्ति–तथ्यांकअनुसार मोदीसँग झन्डै तीन लाखबराबरका चार सुनका औंठी थिए।

यसैगरी बचतको कुरा गर्दा पोस्ट अफिस (हुलाक कार्यालय) मा ९ लाख ५१ हजार भारुको राष्ट्रिय बचत प्रमाणपत्र र १ लाख ८९ हजार भारुको जीवन बिमा पोलिसी छ।

यस्ता सादगी प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap