भारतमा निर्मित (मेड इन इन्डिया) सेमिकन्डक्टर चिप आगामी वर्षसम्म आउने भएको छ। यतिबेला भारत ‘मेड इन इन्डिया आइफोन’ देखि ल्यापटजस्ता विभिन्न इलेक्ट्रिक सामानमा आफ्नो छाप छोड्ने तयारी जोडतोडले गरेको छ।
सेमिकन्डक्टर क्षेत्रमा वैश्विक खेलाडी (ग्लोब प्लेयर) बन्नेतिर भारतले एउटा महत्वपूर्ण कदम गुजरातमा उठाएको छ। गुजरातको भूमिमा माइक्रोन टेक्नोलोजी स्थापनाका लागि भूमिपूजनसहित प्लान्टको काम सुरु भएको छ। प्लान्ट निर्माण टाटा प्रोजेक्ट्सले गर्न लागेको हो।
चिप उत्पादन गर्ने पहिलो कम्पनी
भारतलाई सेमिकन्डक्टरको हब बनाउने उद्देश्यले माइक्रोन टेक्नोलोजी त्यहाँ चिप उत्पादन गर्ने पहिलो कम्पनी बन्ने भएको छ। गत शनिबार सूचना प्रविधिमन्त्रीसहितको समूहले प्लान्ट लगाउन भूमिपूजन गरेको थियो। साथसाथै रोजगारी दिन कम्पनीले आवश्यक जनशक्ति पनि भर्ती गर्न थालेको बताइएको छ।
जुनमा भएको थियो सम्झौता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका यात्राका क्रममा माइक्रोनका शीर्ष अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। साथै भारतमा सेमिकन्डक्टर प्लान्ट स्थापना गर्न माइक्रोनसँग सम्झौतासमेत भएको थियो। मोदी भ्रणको तीन महिनापछि प्लान्टको काम सुचारु भएको छ।
भारतमा माइक्रोनले २.७५ अर्ब डलर प्रस्तावित लगानी छ। यो भारत सेमिकन्डक्टर मिसन (आइएसएम) अन्तर्गत सबैभन्दा ठूलो लगानी हो।
डिसेम्बर २०२४ मा पहिलो ‘मेड इन्डिया इन्डिया’ चिप
भूमिपूजनपछि आइटीमन्त्री अश्विनी वैष्णवले यो डबल इन्जिन सरकारको गतिलो उदाहरण भएको बताउनुभएको छ। उहाँका अनुसार प्लान्टमा काम सुरु भएपछि २०२४ को डिसेम्मबर पहिलो चिप उत्पादन हुनेछ। त्यस्तै, यो परियोजनामार्फत माइक्रोनले आगामी वर्षमा पाँच हजार र १५ हजार अन्य तरिकारले रोजागारी सिर्जना गर्नेछ। गुजरातको साणन्दमा बनिरहेको उक्त प्लान्ट दुई चरणमा बन्नेछ।
चिप्सको माग दुई लाख करोड
मन्त्री वैष्णवका अनुसार भारतमा २० खर्ब चिप्सको माग रहेको देखिन्छ। र आगामी वर्ष यो बढेर करिब ५० अर्ब हुने अनुमान गरिएको छ। भारतले अहिले जुन गतिमा चिप्सको काम गरिरहेको छ यसले घरेलु मागलाई त पूरा गर्छ नै, निर्यात गर्न सक्ने स्थितिमा पनि पुग्छ।
२०२१, डिसेम्बरमा सार्वजनिक गरिएको सेमिकन्डक्टर मिसनको उद्देश्य भारतलाई सेमिकन्डक्टर टेक्नोलोजीमा वैश्विक खेलाडीका रुपमा स्थापना गर्नु रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
