अरब लिगका महासचिव अहमद अबोल घिटले गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ ।
गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो । अमेरिकी कदमप्रति अबोल घिटले “गहिरो खेद“ व्यक्त गर्नु भएको छ ।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा प्यालेस्टाइनी क्षेत्रमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रहरूको तर्फबाट पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो ।
अमेरिकी स्थितिले अन्तरराष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको र संयुक्त राष्ट्रसंघले देखेको पक्षाघातमा योगदान पु¥याएको एएलको विज्ञप्तिमा अबुल घिटलाई उद्धृत गर्दै जनाइएको छ ।
अबोल घिटले यस्ता घटनामा सम्बन्धित पक्षको “राजनीतिक र नैतिक जिम्मेवारी“ लाई पनि जोड दिनुभएको छ ।
अबोल घिटले गाजामा इजरायली आक्रमणलाई लम्ब्याउनका लागि अमेरिकाको “राजनीतिक र नैतिक जिम्मेवारी“ रहेको आशय व्यक्त गर्नुभएको छ । अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन थियो भने अमेरिकाले यसको विरुद्धमा भिटो गरेको थियो । बेलायतले त्यसको विरोध गरेको थियो । मस्यौदा प्रस्तावमा मतदान हुनु अघि, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले अल्जेरियन मस्यौदाले बन्धक सम्झौताको लागि जारी प्रयासलाई खतरामा पार्ने बताउनुभयो । उहाँको प्रतिनिधिमण्डलले प्रतिद्वन्द्वी मस्यौदा प्रस्तावमा काम गरिरहेको छ जसले सबै बन्धकहरूलाई रिहा गर्ने सूत्रमा आधारित ‘अस्थायी युद्धविराम’ लाई आह्वान गर्ने बताइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
