जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।
पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो ।
राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कूल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ । यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीयरूपमा कम हो ।
मुलुकमा लस्सा ज्वरोको प्रकोपबाट अहिलेसम्म दुई स्वास्थ्यकर्मी प्रभावित भएको एनसिडिसीले बताएको छ । एनसिडिसीका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू यस ज्वरोबाट सबैभन्दा बढी पीडित छन् ।
लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा घरेलु वस्तुहरूमार्फत मानिसमा फैलिने रोग हो । मुसाको र्याल, मूत्र र मल मानिसको सम्पर्कमा आएपछि यो ज्वरो फैलिने बताइन्छ ।
एनसिडिसीका अनुसार सन् २०२३ मा लस्सा ज्वरोबाट एक हजार दुई सय २७ मामिलामा कम्तीमा दुई सय १९ को मृत्यु भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
