गाजा युद्धविरामका लागि प्रयास जारी

सत्तारुढ हमासले गाजामा युद्धविराम गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग वार्ता जारी राखेको छ।
इजिप्टका सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार “उल्लेखनीय प्रगति” भएको थियो ।

नाम न छाप्ने शर्तमा सुरक्षा स्रोतले वार्तामा छलफल भइरहेको र प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० दिनसम्म लडाइँ रोक्ने र ४०० जना प्यालेस्टाइनी बन्दी बराबर बृद्ध र सर्वसाधारणसहित ४० जना इजरायली बन्धकहरूको आदानप्रदानको व्यवस्था मिलाउने लगायतका विषय समेटिएको बताएका छन् । प्रस्तावित उक्त सम्झौताले युद्ध प्रभावित क्षेत्रमा दैनिक ६० हजार वटा सार्न मिल्ने घर , १ लाख २० हजार टेन्ट बोकेको ५०० वटा ट्रकको प्रवेश सुनिश्चित गर्ने लगायतका विषय समेटेको बताइएको छ ।

इजिप्टको राज्य-समन्वित प्रसारक अल-काहेरा न्युजले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पहिलो चरणको वार्ता सोमबार टुङ्गिने बताएको छ । इजिप्टले यसअघि युद्धविराममा “निष्पक्ष सम्झौता” मा पुग्न कतारी र अमेरिकी पक्षहरूसँग काम गरिरहेको छ।

यता इजरायलले अहिलेसम्म कायरोमा प्रतिनिधिमण्डल पठाएको छैन। इजरायली सञ्चार माध्यमका अनुसार हमासले जीवित बन्धकहरूको सङ्ख्या यकिन नगरेसम्म र प्रत्येक बन्धकको लागि कति जना प्यालेस्टिनी कैदीहरू हस्तान्तरण गर्नुपर्ने हो सो व्यहोरा नखुलाएसम्म इजरायलले कायरोमा प्रतिनिधिमण्डल नपठाउने बताएको छ ।

यसै बीच गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार गाजा युद्ध शुरु भए यता इजरायलको जवाफी कारबाहीमा ३० हजार ५३४ प्यालेस्टिनी मारिएका छन् र ७१ हजार ९२० जना घाइते भएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link