काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको छ। कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो।
विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा चैत ६ गते कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको बताएको छ।
पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, विष्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताउनुभयो।
अस्पतालले बिएम फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँ नर्थसँगको सहकार्यमा उपत्यकाभित्रका ६८ विद्यालयमा अध्ययन गरेको थियो। कूल २४ हजार एक सय ५४ विद्यार्थीसँग गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो।
अस्पतालले विभिन्न समुदायमा गएर गरेको दन्त शिविरका क्रममा वयस्कहरूमा ४५ प्रतिशत गिजाको समस्या पाइएको डा श्रेष्ठले बताउनुभयो। हालसालै उक्त अस्पतालले झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली र नुवाकोटमा दन्त शिविर सञ्चालन गरेको थियो।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले विश्व मुख स्वास्थ्य दिवसका अवसरमा बुधबारदेखि शुक्रबारसम्म तीन दिने निःशुल्क दन्त परीक्षण गर्ने भएको छ।
अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मार्च २० अर्थात् विश्व मुख स्वास्थ्य दिवसका अवसरमा निःशुल्क दन्त परीक्षण गर्न लागेको हो। यस्तै, विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सो अस्पतालले भोलि जनचेतनामूलक र्याली आयोजना गर्ने, निबन्ध प्रतियोगिता र कला प्रतियोगिता आयोजना गर्ने भएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला