गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । इजराइली सेनाको उक्त आक्रमणसँगै कूल मृत्यु हुनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरेको थियो ।
“मध्य गाजा क्षेत्रको देर अल–बालाह सहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्”, स्रोतले भनेको छ, “घाइतेहरूलाई सोही सहरको अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस सहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन् ।”
शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजराइली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
