गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन् ।
गत बर्षको अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले इजरायलको दक्षिणी सिमानामा एक्कासी आक्रमण गरी करिब एक हजार २०० जनाको ज्यान लिएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई अपहरण गरेको थियो ।
मन्त्रालयको तथ्याङ्कअनुसार हमास आक्रमणको बदलामा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ३४ हजार १५१ पुगेको छ भने यस क्रममा ७७ हजार ८४ जना घाइते भएका छन् ।
भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।
उत्त जसमा लगभग १,२०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान