इजराइललाई हतियार आपूर्ति रोक्ने राष्ट्रपति बाइडेनको धम्की

दुई शीर्ष इजराइली अधिकारीले गरे धम्कीको आलोचना

दुई शीर्ष इजराइली अधिकारीले भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् ।

“यो ती राष्ट्रपतिबाट सुन्न कठिन र अत्यन्त निराशाजक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ”, संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजराइलको पहिलो प्रतिक्रिया दिँदै सार्वजनिक रेडियोमा भन्नुभयो ।

इजराइलले रफाहको पूर्वी क्षेत्रमा ट्याङ्क पठाएर र ‘लक्षित आक्रमण’ गरेर अन्तर्राष्ट्रिय आपत्तिहरूलाई अस्वीकार गरेको छ । रफाह हमासको अन्तिम बचेको बटालियनहरूको घर भए पनि इजिप्टको सीमामा रहेको यो सहर विस्थापित प्यालेस्टिनीहरूले भरिएको छ ।

“यदि उनीहरू रफाहमा गए भने म सहरहरूसँग सामना गर्नका लागि प्रयोग गरिने हतियारहरूको आपूर्ति गर्नेछैन”, युद्धको प्रारम्भपछि इजराइललाई आफ्नो सबैभन्दा कडा चेतावनी दिँदै बाइडेनले सिएनएनलाई भन्नुभयो, “ती बमहरूका कारण गाजामा नागरिक मारिएका छन्, यो बिल्कुल गलत छ ।”

एर्डनले बाइडेनको टिप्पणीहरूलाई इजराइलका दुश्मनहरू इरान, हमास र हिजबुल्लाहले ‘उनीहरूलाई सफल हुने आशा दिने कुरा’ भनी व्याख्या गर्नुभयो ।

“हजारौँ आतङ्कवादी, बन्धक र हमासका नेता रहेको रफा जस्तो महत्त्वपूर्ण र केन्द्रीय क्षेत्रमा इजराइललाई प्रवेश गर्न प्रतिबन्ध लगाइयो भने हामीले वास्तवमै आफ्ना लक्ष्यहरू कसरी प्राप्त गर्न सक्छौँ ?”, उहाँले भन्नुभयो, “यो कुनै रक्षात्मक हतियार होइन, यो निश्चित आक्रामक बमहरूका बारेमा हो, अन्त्यमा इजराइलले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक ठानेको गर्नुपर्छ ।”

इजराइलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजेलेल स्मोट्रिचले अमेरिकी धम्कीका बाबजुद सरकारले गाजामा आफ्नो लक्ष्य पूरा गर्ने बताउनुभयो । “राष्ट्रपति बाइडेनको धक्का र हतियार प्रतिबन्धका बाबजुद हामी यो युद्धमा पूर्ण जित हासिल गर्नेछौँ”, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, “हाम्रा बन्धक घर नफर्केसम्म र हमास पूर्णरूपमा समाप्त नभएसम्म हामीले युद्ध जारी राख्नुपर्छ, यसमा रफाहलाई पूर्णरूपमा जित्नु र जतिसक्दो चाँडो राम्रो हुनेछ ।”

एएफपीका पत्रकारहरूले बिहीबार बिहानै रफाहमा ठूलो गोलीबारी भएको बताएका छन् । पछि इजराइली सेनाले गाजा पट्टीको केन्द्रमा र उत्तरतर्फ ‘हमासका स्थानहरू’ मा पनि हमला गरिरहेको बताएको छ । मङ्गलबार इजराइली सेनाले इजिप्टमा प्रवेश गर्ने रफाहको सीमालाई कब्जा गरेको थियो । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link