युक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुसमा भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।
रुस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाखमध्ये पहिलो किस्तावापत् ४५ लाख रुपैयाँ पठाइसकेको र बाँकी केहीदिनमै पठाउने जनाइएको छ ।
मोदीले भ्रमणका क्रममा रुसी राष्टपति भ्लादिमिर पुटिनसँग रुसी सेनामा भर्ना भएका भारतीयका बारेमा चासो राखेका हुन् ।
रुसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ। त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानमा भएको बताइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
