पाकिस्तानका एक वरिष्ठ पत्रकार हसन जेबलाई आइतवार पेशावरको नौशेरा जिल्लाको अकबरपुरा क्षेत्रमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका छन् ।
अनवर जेबले अकबरपुरा प्रहरी चौकीमा दर्ता गराएको एफआईआर अनुसार उनी र उनका भाइ हसन जेब कारमा गइरहेको बेला अज्ञात मोटरसाइकल चालकले उनका भाइलाई गोली हानेको थिए । अनवर जेबले आक्रमणबाट आफू जोगिएको तर आफ्नो भाइको घटनास्थलमै मृत्यु भएको कुरा प्रहरीलाई बताएका छन् ।
४० वर्षीय हसन जेब पाकिस्तानको पेशावरको उर्दू दैनिक आजसँग सम्बन्धित थिए । यसका साथै हसन जेब खैबर पत्रकार सङ्घ र पेशावर प्रेस क्लबका सदस्य पनि थिए।
प्रहरीले अपरिचित आक्रमणकारी विरुद्ध मुद्दा दर्ता गरी आक्रमणको अनुसन्धान सुरु गरेको छ ।
पत्रकार हत्याको विरोधमा खैबर पत्रकार सङ्घले पेशावर प्रेस क्लबको बाहिर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
खैबर पख्तूनख्वाका मुख्यमन्त्री अली अमिन खान गण्डापुर र राज्यपाल फैसल करिम कुण्डीले पत्रकार हसन जेबको हत्याको निन्दा गरेको समाचार पाकिस्तानको प्रसिद्ध दैनिक पत्रिका डनले जनाएको छ ।
मुख्यमन्त्री गण्डपुरले सबै घटनाक्रमको जानकारी लिँदै यस आक्रमणका संलग्न दोषीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।
यस्तै गएको असार १८ गते पत्रकार खलिल जिब्रानको लण्डी कोटलमा गोली हानी हत्या भएको थियो । साथै गत मे २१ मा पाकिस्तानको मिरामशाहमा पत्रकार कामरान दावरमाथि अज्ञात हमलाकारीले आक्रमण गरी गोली हानी हत्या गरेका थिए । प्रहरीको अनुसार पत्रकार डावर टप्पी गाउँमा आफ्नो घर जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते डावरको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस् : पाकिस्तानमा यो वर्षको ६ महिनामा ७ जना पत्रकारको हत्या
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
