अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफु उम्मेदवारी दर्ता नगर्ने घोषणा गरेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।
बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । उता रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।
बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् ।
बाइडनले राष्ट्र र पार्टीको हितका लागि यस्तो निर्णय लिएको जानकारी दिएका छन्।
‘राष्ट्रपतिका रूपमा सेवा दिन पाउनु मेरो जीवनको सबभन्दा ठूलो सम्मान हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दोस्रोचोटि पनि प्रतिस्पर्धा गर्न चाहन्थेँ। तर देश र पार्टीको हितका लागि म आफ्नो उम्मेदवारी फिर्ता लिँदैछु। म अब पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित गर्नेछु,’ बाइडेनले भनेका छन् ।
‘सन् २०२० का कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छनोट गर्नु मेरो सबैभन्दा राम्रो निर्णय थियो । यसपटक राष्ट्रपतिको उम्मेदवारका रुपमा उनलाई मेरो पूर्ण समर्थन र अनुमोदन रहन्छ,’ उनले घोषणा गरेका छन् । आउने साता यसबारे आफूले विस्तृतमा बोल्ने पनि उनले बताएका छन् ।
गत जुनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबिच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ थियो । त्यसबेलादेखि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
