करिब तिन साता अघि मनासस, भर्जिनियामा अन्तिम पटक देखिएकी २८ बर्सिया ममता काफ्लेलाई बेपत्ता पार्न संलग्न भएको आरोपमा उनका पति नरेश भट्ट पक्राउ परेका छन्। प्रिन्स विलियम काउन्टी र मनासास र मनासस पार्कका सहरहरूका लागि न्यायधिवक्ता एमी एशवर्थले मनासास पार्कका पुलिस प्रमुख मारियो लुगोसँगै पक्राउको घोषणा गरेका थिए।
भट्टलाई भर्जिनिया कानुनको उल्लङ्घन गरी शव लुकाउन प्रतिबन्धको जघन्य अपराधको अभियोग लगाइएको छ। तर, अदालतमा दोषी प्रमाणित नभएसम्म भट्टलाई निर्दोष रहेको मानिन्छ।
ममता बेपत्ता भएको विस्तृत अनुसन्धान पछि उनका पतिलाई गिरफ्तारी गरिएको हो । ममता अन्तिम पटक सन् २०२४ जुलाई २७ मा देखिएकी थिइन र त्यस पश्चात् उनी अगस्त १ मा आफ्नो काममा नआएपछि खोजी सुरु भएको थियो। २०२४ अगस्ट २१ मा गुप्तचरहरूले प्रिन्स विलियम काउन्टी पुलिसको सहयोगमा भट्टको निवासमा खोजी वारेन्ट जारी भए अनुसार तलासी लिएका थिए । विभागको फरेन्सिक इकाईले खोजीका क्रममा थप प्रमाणहरू फेला पारेका थिए, जसले भट्टलाई अधिवक्ताको कार्यालयसँग परामर्श गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको एक वर्षकी छोरीलाई भने समाज सेवा विभागमा राखिएको छ । उनी हाल सुरक्षित रहेको र सामाजिक सेवा र पुलिस विभागद्वारा खटाइएको हेरचाहकर्ताको रेखदेखमा रहेको बताइएको छ।
मनासास पार्क पुलिस विभागले ममता बेपत्ताको अनुसन्धान जारी राखेको छ र थप प्रमाणहरू खोजिरहेको छ। अनुसन्धान अगाडि बढ्दै जाँदा भविष्यमा भट्टलाई थप अभियोग लाग्न सक्छ ।
नरेश भट्टलाई धरौटीविना नै थुनामा राखेर भोलि बिहान अदालतमा उपस्थित गराइने भएको छ । अधिकारीहरूले ममता काफ्ले भट्टको ठेगाना वा उनको बेपत्ताको बारेमा कुनै पनि विवरणको बारेमा जानकारी भएका जो कोहीलाई सूचना दिन आग्रह गरेको छ।
यस्तो छ विवरण :
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने
- नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक
- राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
- पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
- दमननाथ ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित