सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।
युक्रेनी अधिकारीहरूले मृतकहरूमा कति सैनिक वा नागरिक थिए भन्नेबारेमा बताएको छैन । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भन्नुभयो, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीन जनाको अस्पतालमा मृत्यु भएको छ, मृतकको सङ्ख्या बढेर ५८ पुगेको छ ।”
उक्त आक्रमणको किएभका अन्तर्राष्ट्रिय समर्थकहरूले व्यापक आलोचना गरेका छन् । रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्टहरू बाहिरिएपछि किएभमा केही आक्रोश बढेको छ ।
आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्याउनुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
