तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।
स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताउनुभयो । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ । तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीपहिरो क्षतिः काभ्रेका छजना अझै बेपत्ता, ७८ को मृत्यु
- नेपालको मिडिया परिदृश्य ‘कठिन समय’ को सामना गर्दै
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु
- माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म कमाउँछन् पण्डित
- सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
- कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
- जो सिलौटो बेचेर मासिक ४० हजार कमाउँछन्…
- गलकोट दरबार
- उत्तरगया धाम
- युद्ध सुरु भएयता गाजामा सहायताको ‘सबैभन्दा खराब प्रतिबन्ध’ को राष्ट्रसङ्घद्वारा निन्दा