अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासलाई चेतावनी दिएका छन् । गाजामा इजरायली बन्धकहरूलाई लिएर उनले हमासलाई चेतावनी दिएका हुन् ।
आफूले पदभार सम्हाल्नु अघि इजरायली बन्धकहरूलाई रिहा गरिएन भने मध्य पूर्वमा सबै कुरा बर्बाद हुने आफ्नो पुरानो चेतावनी उनले दोहोर्याएका हुन् । यो हमाससहित कसैको लागि राम्रो नहुने उनको भनाइ छ । ह्वाइट हाउसमा फर्कनु १३ दिन अघि उनको यो चेतावनी आएको हो ।
गाजामा युद्ध विराम वार्तामा निकै प्रगति भइरहेको आफूलाई लागेको अनि धेरै कुरा बोल्न नचाहेको प नि उनले बताए । गाजामा युद्धविराम र हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइलाई बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेन र आउँदै गरेका राष्ट्रपति ट्रम्प दुवैले प्राथमिकतामा राखेका छन् । हमासको कब्जामा अझै पनि सय जना जति बन्दी रहेको अनुमान गरिएको छ ।
फ्लोरिडास्थित निवासमा ट्रम्पले सबै बन्दीलाई जनवरी २० मा आफ्नो शपथ ग्रहण अगावै रिहा गर्न भनेका हुन् । ती बन्दीहरू रिहा भएनन् भने मध्यपूर्वमा वितण्डा हुने र यो हमासको लागि मात्रै नभएर कसैका लागि राम्रो हुने छैन भनेर ट्रम्पले स्पष्ट पारेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
