विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई प्रकाश गर्यो ।
सङ्गठनले सदस्य राष्ट्र तथा साझेदारहरूसँग व्यापक क्यान्सर रोकथाम सन् २०२४–२०३० को लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति विकास गर्न काम गरेको छ ।
दक्षिण–पूर्वी एसियाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक साइमा वाजेदले भन्नुभयो,“डब्लूएचओले संयुक्त राष्ट्र सङ्घका अन्य एजेन्सी र विकास देशसँगको सहकार्यमा कार्य गरिरहेको छ ।”
“प्रत्येक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रूपमा मनाइन्छ । यो वर्ष क्यान्सर विरुद्धको पेरिसको बडापत्रमा हस्ताक्षर भएको २५ वर्ष पूरा भएको छ ।”
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा सन् २०२२ मा क्यान्सरका २४ लाख नयाँ घटनाहरू देखिएको थियो, जसमा ५६ हजार बालबालिका रहेका थिए ।
“हाम्रो क्षेत्रमा ओठ र पाठेघर क्यान्सरको उच्च घटना रहेको छ ।”
सन् २०५० सम्ममा यस क्षेत्रमा नयाँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या ८५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
डब्ल्यूएचओ क्षेत्रीय निर्देशकका अनुसार पछिल्ला केही वर्षमा यस क्षेत्रका देशहरूले क्यान्सर नियन्त्रणमा उल्लेखनीय प्रगति गरेका छन् । छ देशले क्यान्सर नियन्त्रणको लागि राष्ट्रिय योजनाहरू समर्पित गरेका छन् । दुई देशले क्यान्सर रोकथाम र नियन्त्रण गतिविधिलाई रणनीतिक रूपमा मार्गदर्शन गर्न राष्ट्रिय योजनाको भागको रूपमा क्यान्सरलाई समावेश गरेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
