आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।
साथै २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गर्ने भएको छ। निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभा चुनावमा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । अर्थात् भाजपाले कुल ४८ सिट जित्ने देखिएको छ ।
आम आदमी पार्टी (आप) ले पनि ६ सिट जितेको छ भने १६ सिटमा अग्रता लिएको छ । उसले कुल २२ सिट प्राप्त गर्ने छ। कांग्रेसले एक सिट पनि पाएको छैन।
आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि जंगपुरा सिटबाट चुनाव हारेका छन् । जंगपुरा निर्वाचन क्षेत्रबाट पराजित भएका सिसोदियाले हार स्वीकार गरिसकेका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन्। साथै आपका सत्येन्द्र जैनले पनि चुनाव हारेका छन्।
चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् ।
केजरीवाललाई पराजित गर्ने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगे। दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुग्नेछन् र कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
