सोमबार ट्रम्पले अप्रिल २ देखि लागू हुने नयाँ भन्सार शुल्क भेनेजुएलाको तेल किन्ने मुलुकहरूबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सबै वस्तुहरूमा लागू हुने बताउनुभयो ।
चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो आयातकर्ता हो भने अन्य क्रेताहरूमा भारत, स्पेन र संयुक्त राज्य अमेरिका स्वयं पनि पर्दछ ।
“हामी अमेरिकालाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र भेनेजुएलामाथि लगाइएको अवैध एकपक्षीय प्रतिबन्धहरू समाप्त गर्न आह्वान गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।
उहाँले संयुक्त राज्य अमेरिकालाई ‘भेनेजुएला र अन्य देशको शान्ति, स्थिरता र विकासका लागि अनुकूल हुने थप कामहरू गर्न’ आग्रह गर्नुभयो ।
जनवरीमा नयाँ चरणसहित भेनेजुएला वर्षौंदेखि अमेरिकी प्रतिबन्धको अधीनमा छ । जनवरीमा नयाँ चरणअन्तर्गत अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र अन्य सरकारी अधिकारीहरूको गिरफ्तारीका लागि सूचनाको लागि प्रस्ताव गरिएको पुरस्कार बढाएको छ ।
सोमबार योजनाबद्ध भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भेनेजुएलालाई ‘जानाजान र छलपूर्वक’ संयुक्त राज्य अमेरिकामा ‘गुप्त रूपमा, दसौँ हजार उच्चस्तरका र अन्य अपराधीहरू’ पठाएको आरोप लगाउनुभयो ।
ट्रम्पले पहिले नै चीनमाथि संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने वस्तुहरूमा सार्वभौमिक रूपमा २० प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ । यसलाई उहाँले फेन्टानिल प्रवाहलाई रोक्ने प्रयासससँग जोड्नुभएको छ ।
बेइजिङले ‘संवाद’ का लागि आह्वान गरेको छ तर सोयाबिन, सुँगुरको मासु र कुखुरासम्मका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म भन्सार शुल्क पनि लगाएको छ ।
विश्वको शीर्ष स्टिल उत्पादक चीनले पनि स्टिल र एल्युमिनियममा छुट्टै अमेरिकी कर लगाउने प्रतिक्रियामा ‘सबै आवश्यक उपायहरू’ लिने प्रतिज्ञा गरेको छ ।
मङ्गलबार गुओले भन्नुभयो, “व्यापार युद्धमा कुनै विजेता हुने छैन र अतिरिक्त शुल्क करहरू लागू गर्दा अमेरिकी व्यवसाय र उपभोक्ताहरूले मात्र बढी नोक्सान भोग्नुपर्नेछ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
