जम्मू कश्मीर: निर्माणाधीन सुरुङ दुर्घटनामा मारिए २ नेपाली, को हुन् उनीहरू?

भारत जम्मू कश्मीरको रामबन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा बिहिबार भएको दुर्घटनामा दुई जना नेपाली मारिएको खबर भारतीय सञ्चार माध्यमले दिएका छन्। उक्त सुरुङको एक भाग भत्किएको दुई दिन पछि शनिबार थप नौ शवहरू निकालिएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।

बेपत्ता सबै कामदारको शव भेटिएपछि शनिबार साँझ दुई दिन लामो उद्धार कार्य सकिएको ती अधिकारीहरूले बताएका छन्।उक्त दुर्घटनामा मृत्यु हुनेमा पश्चिम बंगालका पाँच, जम्मु–कश्मीर र नेपालका दुई–दुई र असमका एक–एक मजदुर रहेका छन् । दुर्घटनामा मारिएका दुई जना नेपालीको नाम २६ वर्षिय नवराज चौधरी र २५ वर्षिय कुशीराम भएको वताइए पनि उनीहरूको ठेगाना खुलाइएको छैन।

दुर्घटनामा ज्यान गुमाएका १० मजदुरका परिवारलाई १६ /१६ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिइने एक वरिष्ठ सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

यसअघि बिहीबार सवा दश बजे राति राजमार्गमा रामवनको खूनी नाला नजिकै टी३ सुरुङ खस्दा एक मजदुर को मृत्यु भएको थियो भने तीन जनाको उद्धार गरिएको थियो । बाँकी नौ जनाको शव शनिबार दुर्घटनास्थलबाट निकालिएको थियो।

यसअघिका अधिकारीहरूले आयोजनाको काम सुरु भएलगत्तै निर्माणाधीन सुरुङको एक भाग भत्किएको बताएका थिए तर शनिबार रामबनका उपायुक्त (डेपुटी कमिश्नर) मसरतुल इस्लामले भारतको राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई उद्धृत गर्दै निर्माणाधीन टी–४ को मुखमा पहिरो गएकाले दुर्घटना भएको वताउनु भएको छ।

इस्लामले ट्वीट गरे, ‘एनएचएआबाट स्पष्टीकरण पछि, खूनी नाला नजिकको सुरुङ भत्किएको छैन। राति सुरुङको मुखमा एउटा कम्पनीका कामदार काम गरिरहेका बेला पहिरो खसेको थियो । उद्धार कार्य जारी छ।’

शुक्रबार एक जनाको शव फेला परेको छ भने दुई स्थानीयसहित तीनजनाको उद्धार गरिएको र उनीहरूको अवस्था स्थिर रहेको छ ।

धेरै घण्टाको गहन खोजी पछि शनिबार अर्को शव बाहिर निकालिएको थियो। चट्टान मुनिबाट शव निकाल्न उनीहर्लाई दुई घण्टाभन्दा बढी समय लागेको थियो । पछि थप आठ शव बाहिर निकालियो।

“दिनभरको कठिन खोजीका क्रममा उद्धारकर्ताहरूले सुरुङको मुखबाहिर पहिरो खसेको ठाउँबाट हराएका सबै कामदारको शव निकाले,” उपायुक्तले भने। पहिला एक जनाको शव फेला परेको थियो भने तीन जनाको उद्धार गरिएको थियो भने शनिबार थप नौ शव फेला परेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
जम्मू कश्मीर: निर्माणाधीन सुरुङ दुर्घटनामा मारिए २ नेपाली, को हुन् उनीहरू?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link