चितवनमा बढ्यो बाघको आक्रमण

निकुञ्ज भन्छ, बाघ बढेको संकेत

प्रतिमा सिलवाल

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्र सौराहामा माउतेको जागिर सुरु गर्दा रमेशको उमेर २० वर्षको थियो ।  काममा लागेको पाँच महिना मात्रै भएको थियो । गएको वैशाख ६ गते बाघले आक्रमण गर्‍यो। हात्ती चराएर फर्किने क्रममा जंगलबाट बाहिर नै निस्कन पनि पाउनुभएन रमेशले। काम थालेको पाँचै महिनामा जीवन गयो ।
जंगलभित्र काम गर्ने रमेश मात्रै होइनन् । निकुञ्जको मध्यवर्ती क्षेत्रसँग दैनन्दिन जोडिनुपर्ने बाध्यता रहेका व्यक्तिहरू पनि बाघको शिकार हुने गरेका छन् । यही जेठ ८ गते आइतबार भरतपुर महागरपालिका १३ की फूलकुमारी बोटलाई बाघले आक्रमण गर्‍यो ।
मध्य दिउँसो दुई बजे उनी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो। अरु दिन घाँस काटेर सकुशल फर्किने ५१ वर्षकी बाटुली त्यस दिन फर्किनुभएन । गाउँमा खोजी भयो । बाघले आक्रमण गरेको थाहा पाएपछि प्रहरीसहित निकुञ्जका सुरक्षाकर्मी खोजीमा गए ।
घाँस काट्न गएको ठाउँ भन्दा सात सय मिटर पर लगेर बाटुलीको शरीरका केही भाग खाएको अवस्थामा शव भेटियो ।
चितवन राष्ट्रिय निकुञ्जको आर्थिक वर्ष २०७७/२०७८ यताको तथ्यांक अनुसार निकुञ्ज क्षेत्रमा जंगली जनावरको आक्रमणबाट ३४ जना मानिसले ज्यान गुमाएका छन् । तीमध्ये अधिकांशको ज्यान बाघको आक्रमणबाट गएको छ ।
तथ्यांक अनुसार ३४ जनामा १५ जना मानिसको ज्यान बाघको आक्रमणबाट गएको हो । तिनैमध्ये एक हुनुहुन्छ– नारायणबहादुर दाहाल । नारायण पनि निकुञ्ज मध्यवर्ती क्षेत्रकै बासिन्दा हुन् । नारायणको जीविका निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा वनपैदावर उपयोगबाट चल्छ ।


जंगलभित्र काम गर्ने रमेश मात्रै होइनन् । निकुञ्जको मध्यवर्ती क्षेत्रसँग दैनन्दिन जोडिनुपर्ने बाध्यता रहेका व्यक्तिहरू पनि बाघको शिकार हुने गरेका छन् । यही जेठ ८ गते आइतबार भरतपुर महागरपालिका १३ की फूलकुमारी बोटलाई बाघले आक्रमण गर्‍यो ।

नारायणलाई यही २०७९ सालको वैशाख ८ गते बाघले आक्रमण गर्‍यो । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनमा घाँस काट्न जाँदा नारायणलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणमा परेपछि नारायण घर फर्किन सक्नुभएन । जंगलमै ज्यान गयो ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढ्दै जाँदा निकुञ्ज प्रशासनले भने निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेको संकेतको रूपमा लिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारी जंगल क्षेत्रमै बढी दुर्घटना भएकाले बाघ बढेको संकेतको रूपमा निकुञ्जले लिएको बताउनुहुन्छ ।  गैंडा, हात्ती तथा अन्य जनावरले भन्दा बाघले मानिसलाई बढी आक्रमण गरेको विषयमा भने उहाँले मानिसले सावधानी कम अपनाएको कारणले पनि दुर्घटना भएको हुनसक्ने अनुमान गर्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरू स्थानीय वासिन्दाको वन पैदावारको लागि हस्तान्तरण गरिएका छन् । तिनै ठाउँमा स्थानीयहरूले जंगली जनावरको आक्रमणको जोखिम भोग्दै आएका छन् । सूचना अधिकारी तिवारी भन्नुहुन्छ– ‘घाँस दाउराका लागि जंगल जाँदा लगाउने कपडा राता पहेंला नलगाउने, जंगलको रंगसँग मिल्ने खालको लगाउने, समूहमा जाने गर्नुपर्छ, त्यसो हुँदा हत्तपत्त जनावरले आक्रमण गर्दैनन् ।’
मानिसलाई बाघले आक्रमण गर्न थालेपछि केही स्थानीयले नरभक्षी बाघलाई निकुञ्जले नियन्त्रणमा नलिएको जस्ता आरोपहरू लगाउने गरेका छन् । सोही आरोपमा अघिल्लो वर्ष पूर्वी चितवनका बासिन्दाले सौराहामा रहेको निकुञ्जको पोष्टमा समेत आगो लगाएका थिए ।
निकुञ्जका सूचना अधिकारी तिवारी भने वस्तीमा पसेर बाघले आक्रमण गरेको घटना निकै कम भएकाले जंगल आवतजावत गर्दा मानिसहरूले सावधानी अपनाउनुपर्ने दाबी गर्नुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८ यता बाघको आक्रमबाट मृत्यु भएका मानिसको विवरण :
१) फूलकुमारी बोटे, ५१ वर्ष
२) प्रेम परियार ४०, वर्ष
३) नारायणबहादुर दाहाल, वर्ष खुलेको छैन
४) रमेश चौधरी, २० वर्ष
५) बाबुराम गुरौ, ६० वर्ष
६) जन्हु महतो, ६३ वर्ष
७) बहना महतो, ५५ वर्ष
८) धनबहादुर कुमार ४० वर्ष
९) गीता अधिकारी, ३४ वर्ष
१०) वसन्तमणी सुवेदी, ५५ वर्ष
११) दिनेश बोटे, २५ वर्ष
१२) जितबहादुर कामी, ६३ वर्ष
१३) बरिसा सारु, ३९ वर्ष
१४) डिल्लीराज सुवेदी, ७८ वर्ष
१५) सुरेश सुनार,

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link