सत्ता गठबन्धनको प्रभाव– सडक एक, योजना चार

कमला राना

गोरखा-सत्ता गठबन्धनमा जोडिएका चार दलका स्थानीय नेताले आफूले काम गरेको देखाउन वा जस लिनकै लागि एउटा सडक निर्माण गर्न ४ वटा योजना पास गराएका छन्। गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नम्बर १० गाईखुर सडक खण्डको स्तरोन्नतिका लागि भिन्न भिन्न चार नामबाट बजेट पास गराइएको हो । स्थानीयले यसलाई आगामी प्रतिनिधिसभाको चुनावका लागि छरेको कनिका भनिरहेका छन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सात दोबाटो बाघडाँडा सडक स्तरोन्नति १ करोड; सात दोबाटो जोगिडी बाघडाँडा गाइखुर ५० लाख; सातदोबाटो जोगिडी बाघडाँडा पन्थिनी गाइखुर ५० लाख; र सातदोबाटो बाघडाँडा गाइखुर सडकका नाममा ५० लाख गरी चार खण्डमा विभाजन गरी २ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

एउटै सडकलाई किन चार भाग लगाइएको होला भन्ने जिज्ञासामा स्थानीय बलराम थापा भन्छन्– ‘सत्ता गठबन्धन अनुसारकै ४ वटा नाम दिइएको हुनुपर्छ ।’

यसबाहेक यही सडकका लागि पालुङटार नगरपालिकाले पनि एक लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कमला राना का अन्य पोस्टहरु:
सत्ता गठबन्धनको प्रभाव– सडक एक, योजना चार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link