राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।
युवराज पाैडेल (सफल) ले आइतबार दिउँसो महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन्। अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् ।
लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उनको माग रहेको छ ।
यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । सांसद पदको योग्यतासम्बन्धी मुद्दा भने टुंगिइसकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै