कर्मचारीहरू नआउँदा पनि कसरी चल्छ जीतपुरसिमराको कार्यालय? 

सन्तोष पाण्डे/बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुरमा काम विशेषले जानु भो भने काम नभई फर्कनु पर्ने हुन्छ। उपमहानगरपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरू नियमित कार्यालय नै नआउने भएकाले सेवाग्राहीहरू रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको छ।

कार्यालय समयमा उपमहानगर अधिकांश शाखाहरूका कर्मचारीहरू र शाखा प्रमुखहरू नै नभेटिदैन। उपमहागनरपालिकाको विभिन्न विषयगत शाखाहरूमा २४ वटा वडाहरूबाट सेवा लिन आउने सेवाग्रहीहरूको चाप अत्याधिक हुने गरेको छ। तर सेवा लिन कार्यालय पुगेका सेवाग्रहीहरूले कर्मचारीलाई नै फेला पार्न नसक्दा  रित्तो हात फर्कनु पर्ने उपमहानगरवासीहरूको नियति जस्तै भईसकेको छ।

काम विशेषले उपमहानगरपालिकाको कार्यालयमा वडाबाट सिफारीस लिएर जादा कर्मचारी नभेटर पटक पटक धाउनुपरेको वडा नम्बर १७ का एक सेवाग्रहीले गुनासो गरेका छन। झण्डै १२ किलो मिटर टाढाबाट सेवा लिन कार्यालय आउदा कर्मचारीहरू मुस्किलले मात्र भेटिने गरेको ती सेवाग्रहीले दुखेसो गरे।

कार्यालयमा झण्डै एक दर्जन भन्दा बढि अधिकृतहरू रहेपनि दुई वा तीन जना अधिकृत मात्र कार्यालय आउने गरेका छन्। उपमहानगरपालिकामा रहेको योजना शाखा, प्रशासन शाखा, शिक्षा तथा खेलकुद शाखा,स्वास्थ्य शाखा, प्राविधिक शाखा, लेखा शाखामा एक दुई मात्र कर्मचारी भेटिने गरेका छन्। कतिपय विना जानकारी कार्यालय नआउने तथा केही आएपनि कार्यालयमा नियमित नबस्ने एक वडा अध्यक्षकै आरोप छ।

यो विषयमा उपमहानगरपालिकाको  उपमेयर भोला प्रसाद अधिकारीसँग प्रतिकृया लिदा आफुलाई यो बारे जानकारी नरहेको भनेर अनभिज्ञता जनाउनुभयो। उपमहानगरपालिकामा  केही साता अघि मात्र सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी आफै विदामा हुनुहुन्छ। उहाँले आफु नगर प्रमुख राजन पौडेलसंग बिदा स्वीकृत गराई विदामा वसेको बताउनुभयो। उहाँले अरुको बिदाको बिषयमा आफुलाई जानकारी नभएको जनाउनुभयो। चालु आर्थिक बर्षको अब केही महिना वाँकी मात्र रहदा कर्मचारीहरूको उपस्थिति नहुदा योजनाहरू कार्यान्वयमा नै समस्या  देखिएको छ।

कर्मचारीहरू नवस्ने गरेकाले उपमहानगरपालिका कार्यालय नै सुनसान जस्तो देखिन्छ। मन लागे कार्यालयमा आउँने मन नलागे नआउँने प्रवृति उपमहानगरपालिकाको कर्मचारीहरूमा मनपरी तन्त्र मौलाउदै गएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सन्तोष पाण्डे/बारा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link