Home » Archives for हरिविनोद अधिकारी » Page 7
Author

हरिविनोद अधिकारी

महामुनि मार्कण्डेयका बारेमा विभिन्न पुराणमा विभिन्न तरिकाले व्याख्या गरिएको भए पनि उनको शिक्षादीक्षा पिताजी महाज्ञानी मृकण्ड ऋषिले नै गरेका थिए भन्ने कुरामा विवाद छैन। मृकण्डको स्वभाव र संस्कारका कारणले नै मार्कण्डेय त्रिकालदर्शी भएका थिए। मृकण्ड ऋषिले उन्मादबाट बचेर, रिसलाई नियन्त्रण गरेर र सबैसँग समान व्यवहार गरेमा मृत्युलाई पनि वशमा पार्न सकिन्छ भन्ने  उपदेशका कारणले पनि मार्कण्डेय चिरञ्जीवी भएका थिए। कुनै पुराणमा ब्रह्माजीका कृपाले मार्कण्डेय दीर्घायु भएका मानिन्छन् भने कुनै पुराणमा उनले पिताजी मृकण्डले जस्तै विष्णु भगवानको आराधना र तपस्याका बलले आफ्नो रोग, शोक तथा बृद्धत्वमाथि नियन्त्रण प्राप्त गरेका थिए। धेरैओटा सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुग देखेका र विभिन्न सहस्राब्दीको अन्त्यमा हुने …

0 comment
0 FacebookTwitterEmail

द्वापर युगमा पनि ऋषिहरू स्वर्ग , पृथ्वी र पातालमा जान आउन सक्थे भन्ने महाभारत र पुराणहरूका विभिन्न आख्यान र उदाहरणहरूले देखाएका छन्। महाभारतका विभिन्न पर्वमा गरिएका बयान र व्याख्याले ती कुराहरूलाई सङ्केत गरेका छन्। ऋषिहरू कहिले इन्द्रलाई सुझाव दिन गएका हुन्छन् त कहिले ब्रह्मा, विष्णु र महेश्वरसँग विभिन्न विषयमा , ब्रह्माण्डको हितका लागि वार्ता गर्न गइरहेका पाइन्छन्। यसरी सांसारिक , ब्रह्माण्डीय र विभिन्न योनिका बारेमा जानकारीका लागि ब्रह्मर्षि नारदले सबैतिरको संवादलाई अगाडि बढाएको पाइन्छ। ऋषिहरूको काम भनेको खगोलसहित, स्वर्गसहित, पातालसहित विभिन्न संसार परिभ्रमण गर्ने र कतै पनि अन्याय नहोस् , राजाहरू अन्यायी नहुन र कसैले पनि दुःख नपाओस् भन्ने कुरामा

0 comment
0 FacebookTwitterEmail

महाभारतको वनपर्वमा महामुनि मार्कण्डेयको दुईपटक प्रसङ्ग आउँछ। पाण्डवहरूको वनबास सुरु हुँदा र वनबासको अन्त्यतिर। तीर्थयात्रामा हिँडेका मार्कण्डेय ऋषि पाण्डवहरूलाई केही सल्लाह दिँदै तीर्थयात्रातर्पm निस्कन्छन् र पछि वनबासको अन्त्यतिर फेरि पाण्डवहरूसमक्ष देखिएर उपदेश दिएका छन्। पछिल्लोपटक त चिरञ्जीवी मार्कण्डेय ऋषिसँग भगवान श्रीकृष्ण पनि देखिनु हुन्छ।

आपसमा कुरा नमिलेर र एउटै दरबारमा बसेर सँगै राज्य सञ्चालन गर्न महाराज पाण्डुका छोराहरू पाण्डव तथा महाराज धृतराष्ट्रका छोराहरू कौरवहरूले सकेनन्। पाण्डवहरूमा त त्यस्तो कुनै घमण्ड देखिएको थिएन तर कौरवहरूले भने भित्री मनमा डाह गर्ने गरेकाले पाण्डवहरूले भने खाण्डव वनलाई इन्द्रप्रस्थ नामक अर्कै राज्यको व्यवस्था गरेर राज्यसमेत सञ्चालन गरेका थिए। महाभारतमा कौरव र पाण्डवका बिचमा देखिएको …

0 comment
0 FacebookTwitterEmail

पुराणहरू भनेका वेदका विस्तारित रुप हुने भनेर मानिएको छ। अठार पुराण मध्येको सातौँमा गणना गरिने मार्कण्डेय पुराणको वक्ता महामुनि मार्कण्डेय नै हुन्। हुन त मार्कण्डेयको प्रसङ्ग महाभारतको वनपर्वमा आउँछ र वनवासमा रहेका महाराज युधिष्ठिरसहित पाण्डवहरू र महारानी द्रौपदीसमेतलाई ज्ञानगुनका कुराहरू भनेर पथप्रदर्शन गरेको कथा महाभारतमा पाइन्छ। त्यसो त अष्ट चिरञ्जीवीमध्ये सृष्टिको अन्त्य हुँदाको प्रलय र प्रलय पछिको नयाँ सृष्टिको आदिकालको संक्रमणमा देखिने मध्ये स्वयं नारायणबाहेक महामुनि मार्कण्डेयमात्र हुन् भनेर पुराणहरूले व्याख्या गरेका छन्। तर पुराणहरूमा पनि महामुनिका रुपमा परिचित तथा अष्टचिरञ्जीवीमध्येका मार्कण्डेयको उत्पत्ति, जीवनचक्र र उनको चिरञ्जीवी हुने प्रक्रियामा फरकफरक धारणा पाइँदो रहेछ।

यतिचाहिँ पक्का हो, मार्कण्डेय ऋषि एक मेधावी

0 comment
0 FacebookTwitterEmail

पिंगाक्ष, विवोध, सुपुत्र र सुमुख चारओटा पक्षीहरूको जन्म कसरी भयो र यी कसरी भूत— वर्तमानका ज्ञाता र भविष्यद्रष्टा विद्वान भए? विद्वान पनि र कुन श्रेणीका ठहरिए भने वेदव्यासका प्रिय शिष्य जैमिनिसमेतलाई व्यासका व्याख्यामा लागेको सन्देहको समाधान गर्ने क्षमता र जैमिनिको मनमा उठेको सन्देहको गाँठो समेत फुकाउन सक्ने क्षमता देखिएको थियो। सर्वद्रष्टा चिरञ्जीवी महर्षि मार्कण्डेयले पत्याएका विद्वान थिए ती चार पक्षीहरू। एकातिर तिर्यकयोनि, अर्कोतिर परमात्माको ज्ञान र ध्यान। काम, क्रोध, लोभ, मोह र मात्सर्यभन्दा धेरै टाढा रहेर पनि सांसारिक अवस्थाको सम्पूर्ण ज्ञान राख्दै, मानवीय मूल्य र नैतिकताको व्याख्या गर्न सक्ने, महर्षि मार्कण्डेयलाई समेत ज्ञान प्रसारमा सहयोग गर्न सक्ने विद्वान चराहरूको जन्मका …

0 comment
0 FacebookTwitterEmail

महाभारतको प्रसङ्गले एउटा कुरामा ध्यान जान्छ —पुराणहरूभन्दा पहिले महाभारतको रचना भयो होला कि पुराणहरूको? पुराणहरूमा जब जय नामको इतिहासको कुरा आउँछ, जुन जयलाई पछि महाभारतको कथाको रुपमा लिइएको छ। अहिलेसम्म प्राप्त, मननीय, संग्रहणीय र पठनीय सामग्रीको श्रेणीमा श्रीकृष्ण द्वैपायन व्यासले रचना गरेका महाभारत(१८ पर्व), पुराण( १८ महापुराण र १८ उपपुराण) र चारओटा वेदहरू( ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद)को आधुनिक तरिकाले व्यवस्थापन गरेको पाइन्छ। महर्षि व्यासले आफ्ना छोरा शुकदेवबाहेकका चारओटा शिष्यहरू ऋषि पैललाई ऋग्वेदको, ऋषि जैमिनिलाई सामवेदको, ऋषि वैशम्पायनलाई यजुर्वेदको र ऋषि सुमन्तुलाई अथर्ववेदको प्रचार, प्रसार र गूढार्थहरूको व्याख्या गर्ने जिम्मा दिएका थिए। अनि रचना गरिएका महापुराणहरूको क्रममा श्रीमद्भागवतसहित अठार पुराणहरू …

0 comment
0 FacebookTwitterEmail

अघिल्लो अङ्क र यो क्रमागत अङ्कमा यक्ष प्रश्नहरू राखियो। यी कुराहरू आजभन्दा ६ हजार वर्ष अघि लेखिएको र सोही विषयको ज्ञान महर्षि व्यासले आफ्ना शिष्यहरू शुकदेव, पैल, वैशम्पायन र जैमिनिलाई सुनाउनु भएको थियो। महाभारतको युद्ध समाप्त भएपछि कलियुगको सूत्रपात भइसकेको बेलामा पाण्डवका एकमात्र आधिकारिक कुरुवंशीय भनेर जीवित सन्तान परीक्षितको पनि सर्पदंशबाट मृत्यु भएपछि उनका छोरा जन्मेजयलाई व्यासको कथनानुसारको कुरुवंशीय इतिहास वैशम्पायनले सुनाएका थिए। हुन त जैमिनिले पनि सुनाएका थिए भनिन्छ तर आजको महाभारतचाहिँ वैशम्पायनले सुनाएका इतिहास र कथाका सार मानिन्छ। त्यही क्रममा पाँच हजार वर्षभन्दा पहिलेको समाज, राजनीति, नैतिकता, धर्म, सत्य र सदाचारका बारेमा यक्षको स्वरूपमा स्वयं धर्मराजले सोधेका भनिएको

0 comment
0 FacebookTwitterEmail

के हो यक्ष प्रश्न ? हुन त जताततै गाह्रो प्रश्नलाई यक्ष प्रश्न भन्ने गरिएको सुनिन्छ।  पत्रकारितामा  पनि उत्तरदातालाई अप्ठ्यारो पार्ने कडा र र्‍याखर्‍याख्ती पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भनिएको छ। यक्ष प्रश्न त्यही हो त ? यो के कारणले र कसका कारणले त्यस्ता जीवन मरणका अनि कडा प्रश्नहरू सोधिएको पाइन्छ त श्रुतिस्मृतिमा ?

महाभारतको वनपर्वमा प्रसङ्ग आउँछ यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू जुन प्रश्नहरूको उत्तर अहिले पनि आर्यावर्तमा मात्र नभएर विश्व साहित्यमा समेत चर्चित छ यक्ष प्रश्नका नाममा।

वनबासी महाराज युधिष्ठिरको १२ वर्षको वनबास समाप्त हुनै लागेको थियो र एक वर्ष गुप्तबास बस्ने तयारीमा थिए पञ्चपाण्डव तथा द्रौपदी। काम्यक वनमा …

के हो यक्ष प्रश्न?
0 comment
0 FacebookTwitterEmail

महाभारत कालका विद्वान राजनीतिज्ञ तथा कूटनीतिज्ञ ऋषि कणिकसँग सौवीर देश (महाभारत कालमा सिन्धु नदीको आसपास क्षेत्रको एक देश) का प्रसिद्ध महारथी राजा शत्रुञ्जयले राजाका गुणका बारेमा सोधेका थिए। ऋषि कणिकले पनि त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्।  तीमध्य केही निम्नानुसार छः

बुद्धिमान राजा फूलले ढकमक्क फुलेको तर फल नलाग्ने रुखजस्तो,  फल लागेको भए पनि फल नपाक्ने खालको,  पाकेमा टिप्नै नसकिने खालको र खानै नहुने नमिठो खालको जस्तो हुनुपर्छ। राजाले शत्रुको अपेक्षा कहिल्यै पूरा नगरोस्। उसले काम गरेमा पनि ढिलो गरोस्। तर सधैँ म त त्यही काममा व्यस्त छु भनेर झुलाओस्।

शत्रुसँग सधैँ

0 comment
0 FacebookTwitterEmail

भूमिकाः महाभारत कालका प्रख्यात ऋषि कणिकले  त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्।  ऋषि कणिकको भनाईमा “ऐश्वर्य चाहने राजाले ऐश्वर्य प्राप्त गर्नका लागि अवसर पर्दा शत्रुलाई पनि हात जोडोस्,  कसम खाओस्,  आश्वासन देओस्,  आवश्यक परे विश्वास दिलाउन खुट्टैमा ढोगोस्। उस्तै परेमा शत्रुको हितका लागि भनेर रोओस् ,  आँसु खसालोस् र शत्रु रोएको देखेमा उसको आँसु पनि पुछोस्। जबसम्म शत्रु आफ्नो अनुकूल हुँदैन,  उसलाई काँधमा बोकेर भने पनि खुसी पारोस् तर ऐश्वर्य प्राप्त हुन्छ, आफ्नो स्वार्थ पूरा हुन्छ,  काँधमा बोकेको घैँटो ढुङ्गामा बजारेर फुटाएझैँ शत्रुलाई समाप्त पारोस्।”  यी सबै चरित्र आधुनिक नेपालका कुनचाहिँ

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved