Home » Archives for तारा वाग्ले » Page 11
Author

तारा वाग्ले

जिल्लाको प्रशासन हाँक्ने प्रमुख जिल्ला अधिकारी (प्रजिअ- सीडीयो) ले २४ सै घण्टा सचेत र संवेदनशील काम गर्न पर्छ। सीडीयोको पारिवारिक र व्यक्तिगत जीवन हुँदैन भन्दा पनि हुन्छ। त्यस्तोमा पनि भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उपलब्ध भएको सीमित समयलाई कत्ति पनि खेर नफाली  वृत्तिविकास, पारिवारिक जिम्मेवारी र पेशाप्रतिको उत्तरदायित्व सँगसँगै लैजानुभएको छ।

बाग्लुङ जन्मेर गाउँकै स्कूलबाट  एसएलसी पास गरी डाक्टर बन्ने सपनामा पोखरा आएर आइएससी पढ्दै गर्दा शर्मालाई समयले निजामती प्रशासनतिर डोर्‍यायो। सेवामा छिर्नुअघि १० वर्षसम्म  विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएकी शर्माले शिक्षाशास्त्र र कानूनमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तरको अध्ययन पनि पूरा गर्नुभएको छ। पढाइको सिलसिलामा काठमाडौँतिर मोडिनु …

निजामती सेवा मेरो लागि वरदान: रुद्रादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी, भक्तपुर
0 comment
0 FacebookTwitterEmail

सरकारले निजामती कर्मचारीको संख्या कटौती गर्ने तयारी थालेको छ। आगामी आर्थिक वर्षमा  प्रशासनिक खर्च कम गर्नको लागि कर्मचारीको दरबन्दी घटाउन लागेको हो। सङ्घमा कर्मचारीको संख्या बढि भएकोले प्रशासनिक खर्च पनि बढ्न थालेको निष्कर्ष निकाल्दै संङ्घीय सरकारले करिब दश प्रतिशत कर्मचारी दरबन्दी कटौती गर्ने जनाएको छ।

सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतमा झार्ने  योजना अनुसार कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कर्मचारी कटौतीको घोषणा सरकारले जेठ १५ गते संसद्‌मा पेश गरेको र आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत गरेको हो। आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते …

प्रशासनिक खर्च घटाउन दश प्रतिशत कर्मचारी दरबन्दीमा कटौती  
0 comment
0 FacebookTwitterEmail

‍सरकारले आइतबार पनि सार्वजानिक बिदा दिन गरेको  निर्णय एक महिना नपुग्दै उल्ट्याएको छ । सरकारले सोमबार असार १ गतेदेखि आइतबार सार्वजानिक बिदा खारेज गर्ने निर्णय गरेको छ । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले सो निर्णयमा पुनर्विचार गर्दै असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ। यस निर्णयसँगै  अव असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने छ ।

 सातामा दुई दिन बिदा दिन सरकारले गरेको निर्णयको चौतर्फी

आइतबार बिदा दिने सरकारको निर्णय खारेज
0 comment
0 FacebookTwitterEmail

सकारात्मक सोचकी धनी, सहकर्मीमाझ लोकप्रिय, सेवाग्राही प्रति उत्तरदायी र पेशाप्रति बफादार सहसचिव शिवादेवी दाहाल संयोगले निजामती सेवामा होमिनुभयो। पहिले लोकसेवालाई आफू जानै नसक्ने क्षेत्र भनेर ध्यान नदिनु भएकी दाहालले पछि भने स्नातकोत्तरको पढाइलाई बिचमै छोडेर लोकसेवामा पाइला राख्नुभयो।  २२ वर्षअघि खरिदारबाट सेवा प्रवेश गर्नुभएकी सहसचिव शिवादेवी दाहाल हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत हुनुहुन्छ। सङ्खुवासभाबाट आएर काठमाडौँ कार्यक्षेत्र बनाउनुभएकी दाहालले सार्वजानिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ। आफू आफ्नो राज्यको आवश्यकताले नभइ आफ्नै  आवश्यकताले सो स्थानमा पुगेकोले आफ्नो हितका लागि नभइ राज्यको हितका लागि काम गर्नुपर्छ भन्ने उहाँको मान्यता छ।

‘राज्यबाट पाएको यो पदमा आज म छु भोलि अरु कुनै हुन्छ। मैले राज्यका लागि …

राज्यको आवश्यकताले होइन आफ्नै आवश्यकताले पदमा छन् कर्मचारी, कि काम  गर कि पद छोडः   सहसचिव शिवादेवी दाहाल  
0 comment
0 FacebookTwitterEmail

सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा समाजिक सुरक्षाको क्षेत्रमा १ खर्ब ३४ अर्ब, १ करोड विनियोजन गरेको छ। साथै सरकारले आगामी वर्षदेखि वर्षदेखि वृद्ध भत्ता दिने उमेर ६८ वर्ष बनाएको छ।

यस वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३४ लाख ५० हजार ८ सय ९ पुगेको छ। यो संख्या अघिल्लो वर्ष २८ लाख रहेको थियो। सरकारले फागुन मसान्तसम्ममा ४६ अर्ब ४२ करोड ३५ लाख ४० हजार ३१० रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सामाजिक सुरक्षा भत्ताका रूपमा  अहिले ज्येष्ठ नागरिकले मासिक …

सामाजिक सुरक्षा भत्ता– राज्यको भार:  कहिले जाला ध्यान ?
0 comment
0 FacebookTwitterEmail

“महिलाको पदीय मर्यादा र हैसियतलाई हेर्ने दृष्टिकोण फरक छ, संकुचित मानसिकता छ, ” निजामती सेवामा २२ वर्षको अनुभवका आधारमा महिला कर्मचारीका अप्ठ्याराका बारेमा उपसचिव जानुका सुवेदी भन्नुहुन्छ, “नेतृत्वकर्ता, सहकर्मी र सेवाग्राही सबैको व्यवहारमा महिलाको पदीय हैसियत र कार्यकुशलता नहेरी केवल हुलियाबाट अवला महिलाको रूपमा आँकलन गर्ने गरिन्छ।”

यतिबेला जिल्ला समन्वय समिति म्याग्दीमा जिल्ला समन्वय अधिकारीको पदमा कार्यरत जानुका सुवेदी भन्नुहुन्छ, ” पदीय मर्यादा अनुरूप व्यवहार एवं संवाद गर्दा आफ्नो अहम् तथा मर्दाङ्गी घटेको महसुस गर्ने र आफ्नो अवमूल्यन भएको ठान्ने मानसिकता छ। महिलाहरू मध्येमा पनि वाणी, व्यवहार, चरित्र, स्वभाव, सौन्दर्य, व्यक्तित्व आदिको प्रभावले अपेक्षित र उपेक्षित हुने समुह छ। महिलाहरूले …

महिलाको तेहरो भूमिका, मेहनत धेरै, उपलब्धि कमः उपसचिव जानुका सुवेदी
0 comment
0 FacebookTwitterEmail

समितिले सरकारको ध्यानाकर्षण गराउँदै  महिला हिंसाविरुद्धको उजुरीलाई उच्च प्राथमिकता दिई द्रुत मार्ग मार्फत शिघ्र न्याय प्राप्त हुने अवस्था सिर्जना गर्न भनेको छ ।

 

 

बलात्कारका घटनामा छोटो हदम्याद भएका कारण धेरै पीडितहरू न्यायबाट बञ्चित रहेको भन्दै अधिकारकर्मीहरूले हदम्यादको  व्यवस्था हटाउनुपर्ने माग गरेका छन् । नेपालमा बलात्कार तथा जबरजस्ती करणीका मुद्दामा हदम्याद तगारो बनेको बारे प्रश्न उठेसँगै  प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले पनि चासो देखाएको छ । सो समितिले सोमबार  नाबालिका र महिलामाथि हुने यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेस गर्न सरकारलाई निर्देशन समेत दिएको …

बलात्कारका घटनामा हदम्याद बन्यो बाधक, सुधारको लागि कस्तो छ तयारी?
0 comment
0 FacebookTwitterEmail

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै पहिले राजपत्रमा सूचना प्रकाशन गरी दिँदै आएको चाडपर्व बिदासमेत जोड्दा सरकारी कार्यालय वर्षभरिमा १२८ दिन बन्द हुनेछन् । यसमा कर्मचारीले पाउने अन्य बिदा जोड्दा वर्षमा एक कर्मचारी करिब १८२ दिन कार्यालयमा अनुपस्थित  रहनेछन्।

-0-0-0-

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै यो वर्ष कर्मचारीले साविकको भन्दा थप ५२ दिन बढी बिदा पाउने भएका छन् । सरकारी कर्मचारीले अन्य क्षेत्रका कर्मचारी भन्दा बढी नै बिदा लिएका कारण सेवा प्रवाह प्रभावकारी नभएको गुनासो उठिरहेका वेला थपिएको बिदाले सार्वजनिक सेवा प्रवाहमा समस्या पर्ने प्रशासनविद्को तर्क छ । सरकारले भने सातामा दुई …

वर्षमा १८२ दिन बिदाः कर्मचारीलाई मोज, सेवाग्राहीलाई बोझ
0 comment
0 FacebookTwitterEmail

मध्यम वर्गिय परिवारबाट संघर्ष गरी लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गरेर सरकारी सेवामा प्रवेश गर्नुभएकी सहसचिव रोशनी श्रेष्ठले जागिरे जीवनको उर्वर समय  यही कार्यालयको जिम्मेवारी निर्वाह गरेर विताउनु भएको छ। २०६२ सालमा शाखा अधिकृतको रूपमा सेवा प्रवेश गर्नुभएकी श्रेष्ठको पहिलो नियुक्ति पनि लोकसेवा आयोगमै भयो। कार्यालयको जिम्मेवारी सँगसँगै आफ्नो वृतिविकासमा प्रयत्नशिल रोशनी श्रेष्ठले २०७० मा खुला प्रतिस्पर्धा मार्फत उपसचिवमा नाम निकाल्नुभयो। विभिन्न मन्त्रालय तथा निकायमा कार्यअनुभव बटुल्नुभएकी रोशनी आन्तरिक प्रतियोगिताबाट २०७८ सालमा सहसचिव हुनुभयो। आफ्नो वृत्ति विकास र पदिय जिम्मेवारी सँगसँगै अघि बढाउनुभएकी श्रेष्ठले हाल वेपत्ता छानविन आयोगको जिम्मेवारी सम्हाल्नुभएको छ। निरन्तरको प्रयासबाट सफलताका सिढिंहरू पार गर्नुभएकी रोशनी श्रेष्ठले निजामती सेवामा …

लोकसेवालाई सारथि मान्ने सहसचिवः रोशनी श्रेष्ठ
0 comment
0 FacebookTwitterEmail

विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी तथा उच्च पदस्थ अधिकारीले कानुनले तोकेअनुसार सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।  आर्थिक वर्ष २०७७–०७८ मा १५ हजार ४०९ जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

सतर्कता केन्द्रले बैशाख २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनमा केन्द्रमा ६ लाख ९६ हजार ६२४ जनाको तथ्यांक प्राप्त भएको उल्लेख छ । जस अनुसार सम्पत्ति विवरण बुझाउने पदाधिकारी तथा कर्मचारीहरू ६ लाख ८१ हजार २१५ जना छन् भने  सम्पत्ति विवरण नबुझाउनेको संख्या  १५ हजार ४०९ छ ।

सतर्कता केन्द्रका सचिव सुशीलचन्द्र तिवारीका अनुसार  गत आर्थिक वर्ष भन्दा यो वर्ष सम्पत्ति विवरण …

सम्पत्ति विवरण बुझाउँदैनन् कर्मचारी, १५ हजार भन्दा बढिले मानेनन् कानुन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved