Home » Archives for तारा वाग्ले » Page 12
Author

तारा वाग्ले

‘रोजगारीको बाध्यताले यहाँ बस्नुपरेको हो, मनजति नेपालमै छ, अहिले त झन् चुनावको वेला कतिखेर नेपाल पुगौंला जस्तो भएको छ’  दिल्लीबाट सोमबार बिहान नेपाल जान लागेका लक्ष्मण अधिकारीले भन्नुभयो -‘पाँच वर्षमा भोट हाल्ने मौका पाइएको छ जसरी पनि जानु पर्यो नि!’

अध्ययन, रोजगारी तथा व्यापार व्यवसायको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका नेपालीहरू स्थानीय निर्वाचनमा मतदान गर्नकै लागि  धमाधम नेपाल फर्कन थालेका छन्। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन भारतको नयाँदिल्लीबाट मात्र दैनिक पाँच सयको हाराहारीमा नेपालीहरू स्वदेश फर्किन थालेका छन्। लक्ष्मण जस्तै थुप्रै नेपालीहरूले आफूलाई मन परेको उमेदवार छान्न  एक दुई साताको बिदा मिलाइ नेपाल जान लागेको …

मतदान गर्नकै लागि दिल्लीबाट धमाधम स्वदेश फर्कंदै नेपाली
0 comment
0 FacebookTwitterEmail

मुलुक हाँक्ने सरकारको स्थायी संयन्त्र कर्मचारी प्रशासनमा महिलाहरूले आफ्नो क्षमता र विज्ञता प्रदर्शन गरी महत्वपूर्ण पद प्राप्त गर्न सफल भएका छन्। कुनैबेला महिलाले के गर्न सक्छन् र भनेर महिलाको दक्षतामाथि प्रश्न उठाउनेहरूले अहिले महिलाले निर्वाह गरेको भूमिका देखेर गर्व गर्न  थालेका छन्।

महिलाले राज्यको नीति निर्णायक तहमा रहेर आफ्नो कार्यकुशलता प्रदर्शन गरेको देखेपछि राज्यले पनि महिलाको क्षमताको कदर गर्दै महत्वपूर्ण जिम्मेवारी दिन थालेको छ। समाजले भने अझै पनि महिलाको दक्षता र कार्यकुशलतामाथि सजिलै विश्वास गरेको पाइँदैन। त्यसैले त राज्यको उच्च तहमा पुगेर गहन भूमिका निर्वाह गरेका महिलाले आफ्नो योगदान अनुरूपको सम्मान पाउन पुरुषलाई भन्दा कठिन भएको गुनासो गर्ने गर्छन्। परम्परागत …

आइएनजिओको जागिर छोडेर निजामतीमा छलाङ मार्ने सहसचिव अरुणा जोशी
0 comment
0 FacebookTwitterEmail

सचिवको संख्या बढि भएर निजामती प्रशासनको आलोचना हुन थालेपछि  सचिवको दरबन्दी घटाउन सुझाव दिइएको छ। विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले मुख्यसचिव शंकरदास बैरागी समक्ष सचिवको दरबन्दी घटाउन सुझाव दिएको हो।

कार्यदलले एउटा मन्त्रालयमा दुई जना सचिव पदको दरबन्दी नराख्न सरकारलाई सुझाव दिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा गठित सचिव दरबन्दी पुनरावलोकन कार्यदलले सचिवको दरबन्दी कायम गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारभूत सिद्धान्त तथा कार्य विश्लेषण, कार्यबोझ, कार्यप्रकृति, कार्यक्रम र औचित्यको विश्लेषण गरी संघ, प्रदेश र स्थानीय तहले मौजुदा दरबन्दीको पुनरावलोकन गर्न सुझाव दिएको हो।

कार्यदलका सदस्य समेत रहनुभएका तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव …

 ७४ सचिवको दरबन्दी घटाइ ६० अतिरिक्त सचिव दरबन्दी सिर्जना गर्न सुझाव
0 comment
0 FacebookTwitterEmail

कर्मचारी प्रशासनमा नियम मिचेर तथा स्वार्थ अनुकूल हुने सरुवा तत्काल रोक्न प्रशासकहरूले सुझाव दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड विपरित र हचुवाको भरमा कर्मचारी सरुवा गर्ने गरेको आरोप लागिरहेको बेला प्रशासकहरूले यस्तो सुझाव दिएका हुन्।

निजामती सेवा अन्तर्गतको विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले निजामती प्रशासनमा स्वार्थअनुकूल हुने सरुवा तत्काल रोक्नुपर्ने सुझाव दिएको हो। कार्यदलले कर्मचारी प्रशासनमा सरुवाको बेथिति बढ्दै गएकोले सरुवा प्रक्रियामा सुधार गर्नुपर्ने  निष्कर्ष निकाल्दै कामकाज गर्ने गरी कर्मचारी खटाउने व्यवस्था तत्काल बन्द गर्नुपर्ने सुझाव दिएको छ ।

अहिले नेपालको कर्मचारी प्रशासनमा राजनीतिक तथा व्यक्तिगत स्वार्थअनुसार तीन/चार महिनामै कर्मचारीको हेरफेर गर्ने …

सरुवामा बेथिति कायमै, स्वार्थअनुकूल हुने सरुवा तत्काल रोक्न सुझाव
0 comment
0 FacebookTwitterEmail

महिलाहरूको लागि निजामती सेवा र शिक्षण पेशा नै सुरक्षित, भरपर्दो र सम्मानित छ भन्ने आम सोच छ । आफ्ना छोरीहरूले शिक्षा सेवामार्फत वा निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरुन् भन्ने चाहना धेरै अभिभावकको हुन्छ । छोरीहरू सरकारी सिन्दुर पहिरिएर सरकारको कुर्सीमा बसी राज्यको सेवा गरेको हेर्ने सपना प्रायः अभिभावककले साँचेका हुन्छन् । त्यसैले त कतिपय महिलाहरू आफ्ना अभिभाववको सपना पूरा गरिदिन त कतिपय आफ्नो रुचि र योग्यता अनुरूपको काम गरेर राज्यको लागि योगदान दिन निजामती क्षेत्रमा पाइला लम्काइरहेका छन् । एक पटक आफ्नो योग्यता प्रमाणित गरेर निजामती सेवामा प्रवेश गरिसकेपछि जीवनभर ढुक्क हुने भएपछि यस क्षेत्रमा महिलाको आर्कषण बढ्दै …

प्रभावकारी सेवा दिन पाउँदा आनन्दित हुने राधा देवकोटा
0 comment
0 FacebookTwitterEmail

सरकारले खर्चमा कटौती गर्न भन्दै  आगामी १ जेठदेखि सातामा दुई  दिन सार्वजानिक बिदा दिने निर्णय गर्यो।   सार्वजनिक खर्च कटौतीको उद्देश्यले  गरिएको यस्तो निर्णय  परीक्षणका रुपमा कार्यान्वयन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको तर्क छ।

नेपाल आयल निगमले केही समयअघि सरकारलाई इन्धन खपत कम गर्ने विकल्प स्वरुप सार्वजानिक बिदा बढाउन  सुझाव दिएपछि सरकारले सो सुझावलाई आधार मानेर हप्तामा दुई दिन बिदाको निर्णय गरेको हो। साता दुई दिन बिदा दिएपनि कर्मचारीले साताभर काम गर्ने समय भने उही रहने छ।   सञ्चारमन्त्री कार्कीका अनुसार अब कार्यालय समय बिहान साढे ९ बजे देखि  साँझ साढे ५ बजेसम्म हुनेछ। कर्मचारीले अव  दैनिक

सातामा २ दिन बिदाः कर्मचारीलाई मात्र कि राज्यलाई नि हुन्छ फाइदा ?
0 comment
0 FacebookTwitterEmail

आसन्न स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता गराउनेहरू उत्साहजनक रूपले बढे। महिलाहरू पनि लामो समयदेखि प्रमुख पदहरूमा आफ्नो दाबेदारी पेश गर्ने तयारीमा थिए तर उनीहरूको उम्मेदवारी दर्ता भने अपेक्षित हुन सकेन। निर्वाचन आयोगको अनुसार  मंगलबार साँझ सम्म प्राप्त विवरण अनुसार देशभर १ लाख ५०  हजार भन्दा बढिको मनोनयन दर्ता  भएकोमा महिला सदस्यमा २६  हजार ६३ र महिला दलित सदस्यमा २३ हजार ४ सय ७० गरी कूल ४९ हजार ४ सय ३३ महिलाले मनोनयन दर्ता गराएका छन्।

प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउने महिलाको संख्या अत्यन्तै न्यून छ। महानगरपालिका प्रमुखमा २ जना र उपमहानगरपालिकाको प्रमुखमा ३ जना महिलाको उम्मेदवारी परेको छ। त्यसो

प्रमुख पद मागेका महिलाको उपप्रमुख समेत खोसियो
0 comment
0 FacebookTwitterEmail

विभिन्न क्षेत्रमा अब्बल दर्जाको कार्यसम्पादन गरी आफ्नो प्रतिनिधित्व बढाउँदै लगेका महिलाहरू निजामती सेवामा पनि आफ्नो कृयाशीलता बढाएर पहुँच विस्तारमा लागेका छन् । यतिखेर स्थानीय तहको चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रक्रियामा कर्मचारीहरू पनि जुटेका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेसँगै कर्मचारीको व्यस्तता बढेको छ । यसै सिलसिलामा महिला कर्मचारीहरू पनि आफूलाई तोकिएको निर्वाचन केन्द्रमा पुगेर आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने तयारीमा छन् । निर्वाचन आायोगले निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी दिएर राजपत्रांकित श्रेणीका धेरै महिला कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा खटाएको छ । …

निजामती सेवामा मिनाः पहिलो महिला वाणिज्य प्रतिनिधि
0 comment
0 FacebookTwitterEmail

श्रम मन्त्रालयको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षमा नेपालमा ७ लाख ८ हजार २ सय २२ जना सूचीकृत बेरोजगार छन्।यी मध्ये ३ लाख ७० हजार २ सय ५८ जना पुरुष र ३ लाख ३७ हजार ६ सय ७१ महिला बेरोजगार छन्।आ.व. २०७७–७८ मा ७ लाख ५२ हजार ४५० जना बेरोजगार श्रम तथा रोजगार मन्त्रालयमा सूचिकृत थिए।जसमा पुरुषको संख्या ४ लाख ३३ हजार छ सय ५६ छ भने महिलाको संख्या ३ लाख १८ छ ।

सरकारले तीन बर्ष अघि २०७५ मा हरेक बर्ष २ लाखलाइ रोजगारी दिने लक्ष्य राखेर प्रधानमन्त्री रोजगार कार्यक्रम कायान्वयनमा ल्याएको थियो। आ व ०७५–७६ मा मन्त्रालयमा सूचीकृत बेरोजगारको …

प्रधानमन्त्री रोजगार कार्यक्रमः विपन्नलाई मलम, शिक्षित बेरोजगार असन्तुष्ट
0 comment
0 FacebookTwitterEmail

सरकारी सेवामा गएर त पुरुषले मात्र काम गर्न सक्छन् भन्ने भ्रम कुनै समय हाम्रो समाजमा व्याप्त सोच थियो। महिला सरकारको कर्मचारी भएर उच्च तहमा पुगे भने समाजका वुद्धिजिवि भनिनहरू नै दंग पर्थे। न त सरकारले महिलाको क्षमता स्वीकार  गर्थ्यो  न त  सेवाग्राहीले उनीहरूले गरेका कामको विश्वास। तर समय सधैं एकनास कहाँ रहन्छ र ? हिजो पुरुषहरूको हालीमुहाली भएको ठाउँमा आज महिलाहरू आफ्नो अस्तित्वका लागि भिडिरहेका छन्। र प्रयास गर्दैछन् समाजमा नारी पुरुषबीचको  विभेदलाई हटाउन।

निजामती सेवामा संलग्न महिलाहरूले निर्वाह गरेका जिम्मेवारी र चुनौतीहरू नवप्रवेशी महिलाको लागि समेत प्रेरणा बनेको छ। उच्च तहमा पुगी निजामती प्रशासन हाँकेको महिला कर्मचारीले उपलब्ध स्रोत …

निजामतीकी शोभा: प्रेरणा बन्दै, अघि बढ्दै
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved