आइतबार बिदा दिने सरकारको निर्णय खारेज

तारा वाग्ले

‍सरकारले आइतबार पनि सार्वजानिक बिदा दिन गरेको  निर्णय एक महिना नपुग्दै उल्ट्याएको छ । सरकारले सोमबार असार १ गतेदेखि आइतबार सार्वजानिक बिदा खारेज गर्ने निर्णय गरेको छ । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले सो निर्णयमा पुनर्विचार गर्दै असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ। यस निर्णयसँगै  अव असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने छ ।

 सातामा दुई दिन बिदा दिन सरकारले गरेको निर्णयको चौतर्फी आलोचना भएको थियो । आइतबार बिदा हुँदा सेवा प्रवाहमा समस्या देखिएको भन्दै विभिन्न क्षेत्रले बिदाको आलोचना गर्दै  अवज्ञा समेत गरेका थिए । अधिकांश निजी विद्यालयले आइतबार बिदा दिएका थिएनन् भने धेरै स्थानीय तहले आइतबार बिदा दिने निर्णयको अवज्ञा गरेका थिए ।

 त्यस्तै सोमबार मात्रै सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन समेत दर्ता भएका थिए। अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए।

 

 

 

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
आइतबार बिदा दिने सरकारको निर्णय खारेज
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link