Home » Archives for आदित्यमान श्रेष्ठ » Page 3
Author

आदित्यमान श्रेष्ठ

नेपालमा निर्वाचनको समय आएको छ। आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भनिएको छ। सरकारले जसरी निर्वाचनबारे दोहोर्‍याई तेहर्‍याई हुन्छ भनिरहेको छ त्यसमा शंका गर्ने ठाउँ छैन। निर्वाचन भई छाड्ने छ। माओवादी र एकीकृत समाजवादी पार्टीले सकेसम्म यो निर्वाचनलाई पछि धकेल्ने प्रयत्न गरे पनि अहिलेको माहोल हेर्दा निर्वाचन भइ छाड्ने देखिन्छ।

आगामी निर्वाचनले निर्वाचनकै खुट्टा काटिरहेको देखिन थालेको छ। एकातिर एमालेले एक्लै निर्वाचन लड्ने भने पनि त्यसको सूर्य चिन्ह मुन्तिर कमल थापाको राप्रपा नेपालले निर्वाचन लड्ने सहमति भएको बताएको छ। हुन त यो आफैमा नमिल्ने कुरा हो तर नेपालको प्रजातन्त्रमा जे पनि चल्ने हुनाले यो पनि चलिरहेकै छ। ह्रिदेयश त्रिपाठीले

निर्वाचनले निर्वाचनको खुट्टा काट्ने
0 comment
0 FacebookTwitterEmail

एक जना नेपाली अर्थशास्त्रीले विजयकुमार पाण्डेसँगको अन्तर्वार्ताका क्रममा ‘नाफा, पूँजी र दलाली’ लाई नेपालमा नराम्रो दृष्टिले हेरिन्छन् तर ती नराम्रा होइनन् भने।उनले एमसीसी सम्झौता अमेरिकाको दलाली गर्ने सम्झौता हो, तर त्यो नराम्रोचाहिँ होइन पनि भने।

एमसीसी सम्झौताको केहीबाट चर्को विरोध भयो। तर संसदले यसलाई सहज पारित गर्‍यो। प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई जसरी पनि पास गर्ने भनेर लागे। उनको एकोहोरेपना हेर्दा उनको पनि यसमा केही स्वार्थ लुकेको जस्तो लाग्छ। अरु दलका नेताहरूले यसमा व्याखात्मक टिप्पणी राखेकोमा ठुलो उपलब्धि ठाने।

यो प्रकरणले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको सरकारले माहाकाली सन्धिको सम्झना दिलायो। त्यसबेला पनि संसदले एउटा संकल्प पारित गरेको थियो। तर त्यसको कुनै …

सत्ता चलाउन जङ्गबहादुरबाट सिक, नेताहरू !
0 comment
0 FacebookTwitterEmail

नेपाल कम्युनिष्ट पार्टी माओवादी आज नेपालको राजनीतिमा हावी भएको छ। यसका नेता पुष्पकमल दाहाल सबभन्दा धेरै प्रभावशाली व्यक्ति भएका पनि छन्। तर न उनले, न उनको दलले यो व्यवस्था खोजेको हो। यो व्यवस्थालाई उनले खसीको टाउको देखाएर कुक्कुरको मासु बेच्ने थलो भनेका पनि हुन्। उनले अहिले पनि यसै बिचारमा विश्वास गर्छन्। उनले कल्पना र खोजेका धेरै जसो मुद्दाहरू यसमा पाइसकेका पनि छन्। गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक आदि कुराहरू आइसकेका छन्। तैपनि सो दल र दलका नेताहरूले यी कुराहरूमा सन्तोष लिएका छैनन्। कारण उनीहरूले खोजेको जनवाद अझ नेपालमा आएको छैन। त्यो भनेको उनको कम्युनिष्ट पार्टी मात्र नेपालको राजनीतिमा वैधानिक हुने हो। …

निराश र आक्रोशित जनता अनि अराजकताका सङ्केत
0 comment
0 FacebookTwitterEmail

नेपालमा नेकपा माओवादीको कथित जनयुद्धका नाममा राज्य र माओवादीबिच हत्याहिंसाका श्रृंखला चलिरहेको बखत नै भनिएको थियोनेपालमा माओवादी द्वन्द्व अन्त्य भए पनि यहाँ हिंसा भने रोकिने छैन ! माओवादीहरू हतियार बिसाएर शान्ति प्रक्रियामा सहभागी भएपछि देशभर करिब ३० वटा हिंसात्मक समूहहरू देखिएका थिए। तीमध्ये धेरै समूहसित तात्कालिन सरकारले वार्ताका माध्यमबाट शान्ति कायम गरेको थियो।

तर हिंसा र द्वन्द्वको त्यस्तै सिलसिला अहिले पनि जारी रहेको देखिएको छ, तर फरक स्वरूपमा। आज पहिलेजस्तो समूहगत हिंसा भन्दा भयानक मोड जनताको आक्रोसबाट उत्पन्न हिंसाले लिने संकेत देखिएको छ।हाम्रो मुलुकमा यस्तो स्थिति कसरी आयो भनेर मनन गर्नु जरुरी भएको छ

हिंसाको चपेटामा नेपाल
0 comment
0 FacebookTwitterEmail

हुन त ऐतिहासिक रुपमा नेपाल कुनै फोस्साको राज्य होइन। पृथ्वी नारायण शाहको धेरै मिहिनेत र कूटनीतिबाट बनेको हो यो राज्य। बहादुर शाहले पश्चिममा बढाएको हो। जंगबहादुरले अंग्रेजबाट केही भाग फिर्ता पाएको पनि हो। अरु कतिले यस राज्य खडा हुँदा अनेक देन दिएका थिए। तर आज आएर नेपाल त एउटा फोस्सामा पाएको राज्य जस्तो भएको छ।

नेपाल भाषाको फ्वसाबाट बनेको फोसा वा फोस्साको अर्थ कुनै वस्तु खरिद गरेपछि सित्तैँ मागिने सानोतिनो वस्तु हो, नेपाली बजारमा तरकारी अथवा जे किन्न जाँदा पनि एक ताका फोस्सामा केही चीज दिने चलन थियो। आजकल पनि कतै कतै यो चलन प्रचलित भएको देखिन्छ।

अरु सबै तरकारी …

फोस्साको राज्य हो नेपाल?
0 comment
0 FacebookTwitterEmail

नेपालमा पुनः माओवादी निस्कने र सशस्त्र युद्ध हुने भविष्यवाणी फागुनको शुरुमा यसै पंक्तिमा गरिएको थियो। २०७८ फागुणको ६ गते गरिएको भविष्यवाणी फागुणको १४ गते पुरा भएको छ। नेपालको राजनैतिक परिस्थिति हेर्दा कुनै नयाँ समूहले सशस्त्र युद्ध शुरु गर्न सक्छ भन्ने त्यस लेखको मनसाय थियो। क्रान्ति हुने बित्तिकै सबै थोक पूरा नहुने रहेछ र अर्को समूहले हथियार उठाउन सक्छ भन्ने त्यसको तात्पर्य थियो। नभन्दै त्यस्तो हुन गयो। नेपालमा एक समूहले फेरी सशस्त्र युद्ध गर्ने घोषणा गरेको छ। यसको नाउँ हो हिमाल सुरक्षा परिषद्। यसले हथियार सहित उक्त पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। यसैमा उक्त युद्ध शुरु गर्ने कुरा गरेको छ।…

हिंसात्मक आन्दोलनको कालो छाया
0 comment
0 FacebookTwitterEmail

हाम्रो देशमा प्रजातन्त्र त आयो, तर भ्रष्टाचारको जगमा उभिएको प्रजातन्त्र आयो। निर्वाचन आयो– पैसाको खेल शुरू हुन्छ, पैसाको ओसार–पसार हुन थाल्यो। सांसदहरू स्वयं ‘यहाँ चुनाउ धेरै नै महँगो पर्न थाल्यो’ भनेर फलाक्दै हिँडिरहेका छन्। नेपालको प्रजातन्त्र आन्तरिक द्वन्द्वले भरिएको प्रजातन्त्र भयो। प्रजातन्त्र भने पछि खुलापन राख्नै पर्‍यो। खुलापन राखे पछि भ्रष्टाचार बढ्यो भनेर जताततै आवाज उठ्न थाल्यो। प्रजातन्त्र हो कि भ्रष्टाचार हावी भएको हो, छुट्याउनै गाह्रो हुन लागिसक्यो। भ्रष्टाचारबिना प्रजातन्त्र टिकाउनै नसकिने भयो। करोडौ–करोड खर्च नगरी चुनाव जित्ने सम्भावना रहनै छाड्यो।

 

मुलुकमा प्रजातन्त्र आयो, लोकतन्त्र पनि आयो, कसले यसको विरोध गरेको छ र ? प्रजातन्त्र या लोकतन्त्रको चाहना नगर्ने …

0 comment
0 FacebookTwitterEmail

धेरै वादविवाद, विरोध–अवरोध र होहल्लासँगै नेपालको संसदबाट एमसीसी सम्झौता पास गरियो। यो सम्पूर्ण प्रकरणमा धेरै अस्वाभाविक कुराहरू देख्न पाइयो। सर्वप्रथम त प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनका लागि जुन अडान लिए त्यो नै अस्वाभाविक थियो। जसरी सत्ता गठवन्धनका अन्य दलहरूलाई करकापमा पारेर यो सम्झौता पास गरियो, त्यसबाट उत्पन्न परिस्थिति र भविष्यमा त्यसले पार्न सक्ने प्रभावलाई हेर्दा एमसीसीले नेपालको राजनीतिमा मात्र होइन नेपालको राष्ट्रिय जीवन शैलीमा नै खलबली पैदा गरिदिएको मान्न सकिन्छ। तर यी कुराहरूलाई मनन गरेर समस्या समाधान गर्ने कुरामा वर्तमान सरकारले एकदमै उदासीन देखिएको छ,  यस्तो लाग्छ, यो विषयमाथि न सरकारले ध्यान देखाएको छ,  न समस्या समाधान गर्न सक्षम …

0 comment
0 FacebookTwitterEmail

आजकल देशमा एमसीसीबारे ठुलो विवाद चर्किएको छ। एकातिर एमसीसीका समर्थकहरूले यसलाई एउटा साधारण आर्थिक सम्झौता सम्झेका छन् भने अर्कोतिर यसका विरोधीहरूले यसलाई देशद्रोहको संज्ञा दिएका छन्। हुन त नेपालमा आजसम्म कसैले देशद्रोहको आरोपमा सजाय भोग्नु परेको छैन। तर भविष्यमा पनि यस्तै स्थिति रहिरहला भत्र भने सकित्र। देशद्रोहबाट देश र जनताको हालत के हुन्छ भनेर कसैले कल्पना गर्न सक्दैन। देशद्रोहको कारण के सम्म हुन सक्छ भनेर छिमेकी भारतको एउटा घट्नालाई सम्झे पुग्छ।

भारतमा ल्पासीको युद्ध सन् १७५७ मा भएको थियो। त्यस युद्धमा ईष्ट–इन्डिया कम्पनीको जीत भएको थियो। यो जीतले नै अंग्रेजले पूरा भारतमा २०० वर्ष सम्म आधिपत्य जमाउन सकेको विश्वास गरिन्छ। …

0 comment
0 FacebookTwitterEmail

ईतिहास प्रायः दोहोरिदैन्। तर नेपालमा ईतिहास दोहोरिराख्छ। २०५२ साल पुनः आएको छ। त्यस वर्ष नेपालमा माओवादीको उदय भएको थियो। देशमा प्रजातान्त्रिक व्यवस्था थियो। आफूलाई लागेको कुरा भत्र पाउँ थे। निर्वाचनको व्यवस्था थियो। कसैले त्यसमा भाग लिन पाउँ थे। वाक् स्वतन्त्रता प्रचलित थियो। दलीय व्यवस्था आएको थियो। दल खोल्न पनि सबैले पाएका थिए। तर निस्कियो माओवादी। हतियार सहित। मान्छे मर्न थाले। मार्न थाले। आखिर १७,००० मानिस मारिए। किन मारिए भने माओवादीले त्यस बेलाको प्रजातान्त्रिक पद्धतिमा परिवर्तन चाहन्थे। राष्ट्रहित विपरित भएका सबै सन्धि सम्झौताहरू खारेज गर्न चाहन्थे। १० वर्ष सम्म सो गृहयुद्ध चल्यो। तर हाथ लाग्यो शुन्य।

प्रजातन्त्र भएको मुलुकमा हथियार लिएर …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved