नेपालमा प्रजातन्त्र टिकाउने आधार “भ्रष्टाचार”?

हाम्रो देशमा प्रजातन्त्र त आयो, तर भ्रष्टाचारको जगमा उभिएको प्रजातन्त्र आयो। निर्वाचन आयो– पैसाको खेल शुरू हुन्छ, पैसाको ओसार–पसार हुन थाल्यो। सांसदहरू स्वयं ‘यहाँ चुनाउ धेरै नै महँगो पर्न थाल्यो’ भनेर फलाक्दै हिँडिरहेका छन्। नेपालको प्रजातन्त्र आन्तरिक द्वन्द्वले भरिएको प्रजातन्त्र भयो। प्रजातन्त्र भने पछि खुलापन राख्नै पर्‍यो। खुलापन राखे पछि भ्रष्टाचार बढ्यो भनेर जताततै आवाज उठ्न थाल्यो। प्रजातन्त्र हो कि भ्रष्टाचार हावी भएको हो, छुट्याउनै गाह्रो हुन लागिसक्यो। भ्रष्टाचारबिना प्रजातन्त्र टिकाउनै नसकिने भयो। करोडौ–करोड खर्च नगरी चुनाव जित्ने सम्भावना रहनै छाड्यो।

 

मुलुकमा प्रजातन्त्र आयो, लोकतन्त्र पनि आयो, कसले यसको विरोध गरेको छ र ? प्रजातन्त्र या लोकतन्त्रको चाहना नगर्ने मानिस संसारमा कतै पनि छैनन्। सबैले प्रजातन्त्रको चाहना र प्रतिज्ञा गर्छन्। अधिकांश मानिसहरू प्रजातन्त्रकै मूल्य र मान्यतामा आधारित सरकार बत्रु पर्छ, त्यसैका आधारमा प्रशासन चल्नु पर्छ भन्ने गर्छन्। यो दुनियाँमा एउटा अधिनायकवाद पनि आफूलाई प्रजातन्त्रको अनुयायी हुँ भनेर दावा गर्छ। कुरो यतिमात्र हो कि हाम्रो प्रजातन्त्र अरूको भन्दा अलि फरक छ भन्छन्।

संसारमा प्रजातान्त्रिक देश भनेर कहलिएको र चिनिएको राष्ट्र हो संयुक्त राज्य अमेरिका।  अमेरिकामा प्रजातान्त्रिक शासन प्रणालीको स्थापना भएको दुई सय वर्षभन्दा बढी बितिसक्यो। तर गत वर्षको राष्ट्रपतिको चुनावका दौरान अमेरिकी प्रजातन्त्र कठिन मोडमा उभिन आइपुग्यो, त्यहाँको संसद भवनमा हथियारधारी समूहको अनियन्त्रित भीडले आक्रमण गर्‍यो। त्यसबेला अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प आसीन थिए। संसद भवन अगाडि जम्मा भएको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले गोलीसमेत चलाउनु परेको थियो। त्यसक्रममा केही मानिसहरूको मृत्युसमेत भएको थियो। अनियन्त्रित भीडबाट सांसदहरूलाई जोगाउने सुरक्षाकर्मीलाई समेत धेरै कठिन भएको थियो। सुरक्षाकर्मीले धैर्यता नगुमाएका कारण त्यहाँ दुई–चारजना सांसदहरूको ज्यान जानबाट जोगिएको थियो।

त्यो घटना पछाडिको मुख्य कारण थियो– अमेरिकामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भयो भत्रे हल्ला। यसरी चुनाउमा धाँधली गरेको आरोप सत्ताधारी दल रिपब्लिकन पार्टीमाथि भने लागेको थिएन, प्रतिपक्षी दल डेमोक्रेटिकमाथि त्यस्तो आरोप लागेको थियो। सामानयतयाः विश्वको हरेक कुनाबाट बेलाबखतमा सुन्न पाइने यस्ता घटनामा धाँधली गरेको आरोप सत्ताधारी पार्टी वा पक्षमाथि लाग्ने गरेको छ। तर अमेरिकामा विरोधी पार्टीमाथि यस्तो आरोप लाग्यो। त्यो घटनाभन्दा पहिले नै डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो वाइडेनले चुनाव जितेको घोषणा भइसकेको थियो। सो निर्णयलाई धाँधलीको नाउँ दिएर खारेज गरी बहालवाला राष्ट्रपति ट्रम्पलाई नै राष्ट्रपति पदमा टिकाइरहने योजना अनुसार नै त्यस्तो स्थितिको सिर्जना गरिएको थियो। ती सबै घटनाक्रमको प्रतिक्रियामा दुनियाँभर अमेरिकामा प्रजातन्त्र खतरामा परेको हल्ला फिँजियो र प्रजातन्त्रको भविष्य नै अँध्यारो भयो भत्रे मानिसहरूको मनमा पर्‍यो।

त्यो घटना अमेरिकाको लागि मात्र होइन संसारभरका लागि समेत नौलो थियो। अन्य मुलुकहरूमा प्रजातन्त्र स्थापना हुनुपर्छ भन्दै हिँड्ने देशकै बारेमा त्यस्तो हल्ला भएपछि प्रजातन्त्रमाथि ठुलो बज्रपात हुने भयो भनेर विश्वभर नै चर्चा हुन थाल्यो, चिन्ता हुन थाल्यो। तर अन्त्यमा अमेरिकी प्रजातन्त्र जोगियो, बाहिर जस्तो हो–हल्ला भए पनि आखिरमा अमेरिकाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडेन नै निर्वाचित भए।

लोकतन्त्रलाई प्रजातन्त्रभन्दा माथिल्लो स्तरको र एक कदम अगाडिको व्यवस्था ठानिन्छ। प्रजातन्त्र भनेको राजा पनि हुने र राजाले आफ्नो प्रजाको इच्छा अनुसार शासन चलाउने राज्यप्रणाली मानिन्छ। नेपालमा राजतन्त्रलाई नै खारेज गरिएकोले उही प्रजातन्त्रलाई लोकतन्त्र भनिएको हो। यदि त्यसो होइन भने प्रजातन्त्र र लोकतन्त्र बीचको तात्विक अन्तर के हो त? केही पनि छैन !

हुन त नेपालमा त्यसबेलासम्म प्रजातन्त्र मात्र होइन, लोकतन्त्र नै आइसकेको थियो। यहाँ लोकतन्त्रलाई प्रजातन्त्रभन्दा माथिल्लो स्तरको र एक कदम अगाडिको व्यवस्था ठानिन्छ। प्रजातन्त्र भनेको राजा पनि हुने र राजाले आफ्नो प्रजाको इच्छा अनुसार शासन चलाउने राज्यप्रणाली मानिन्छ। नेपालमा राजतन्त्रलाई नै खारेज गरिएकोले उही प्रजातन्त्रलाई लोकतन्त्र भनिएको हो। यदि त्यसो होइन भने प्रजातन्त्र र लोकतन्त्र बीचको तात्विक अन्तर के हो त? केही पनि छैन ! प्रजातन्त्रमा या त राष्ट्रपतीय व्यवस्था हुन्छ या संसदीय व्यवस्था। प्रजातन्त्रको जन्मदाता भनेर संयुक्त अधिराज्य (बेलायत) लाई मानिन्छ। त्यही प्रजातन्त्र भएन भनेर संसारभर अनेक किसिमका आन्दोलन र क्रान्ति भएका छन्। जनताले रगतको खोला बगाएर संसारभर अनेक किसिमका प्रजातन्त्र ल्याएका छन् र आफ्नो इच्छाअनुसार त्यसको व्याख्या गरेका छन्, अनेकथरि नाम दिएका छन्। विश्वमा प्रजातन्त्रको नाउँमा सँगसँगै अधिनायकवाद पनि चलिरहेकै छ।

नेपालमा अनेकथरि नौला र अनौठा घटनाहरू घटिरहछन्। अरू मुलुकहरूमा प्रजातान्त्रिक आन्दोलन त्यहाँको राजतन्त्रको विरोधमा हुने गरेको देख्न–सुन्न पाइन्छ। तर नेपालमा भने प्रजातन्त्रको लागि लडिएको आन्दोलन नै राजतन्त्रको नेतृत्वमा भइरहेको थियो। राजा त्रिभुवन स्वयं अप्रत्यक्ष ढङ्गबाट राणा शासनको विरोधमा देशमा चलिरहेको भूमिगत आन्दोलनमा सरिक थिए। प्रजातान्त्रिक आन्दोलनकै एउटा कडीका रूपमा राजा त्रिभुवन आफ्ना सम्पूर्ण परिवारसहित दरबार छोडेर भारतीय दूतावासमा शरण लिन पुगे र अन्त्यमा देशै छाडेर दिल्लीतिर लागे। तत्कालीन राणा शासनको अन्त्यलाई नै नेपालमा प्रजातन्त्रको शुरूवात भनेर मानियो। हुन पनि नेपालमा प्रजातन्त्रको शुरूवात नै राणा, राजतन्त्र र जनताको संयुक्त सरकार बनेबाट हुन गयो।

२००७ सालमा जनताले ज्यानको आहुति दिएर ल्याएको प्रजातन्त्र तब समाप्त भएको ठानियो जब देशको इतिहासमै पहिलोपटक जनताद्वारा चुनिएको बहुमतको सरकारलाई २०१७ साल पुस १ गतेका दिन राजा महेन्द्रले अपदस्थ गरे र विपक्षी सबैलाई जेलमा कोचियो। र त्यसपछि नयाँ र माटो सुहाउँदो शासनप्रणाली, प्रजातन्त्र भनेर पञ्चायती व्यवस्था कायम गरियो। त्यो व्यवस्था अन्तर्गत राष्ट्रिय, अञ्चल र जिल्लास्तरमा छुट्टाछुट्टै निकायहरू खडा गरिएका थिए। त्यो राज्यव्यवस्थामा पनि निर्वाचन हुने गर्थ्यो। तर त्यसबेला पनि पञ्चायतका विरोधीहरू नेपालमा प्रजातन्त्र नरहेको तर्क गरिरहेका थिए। तर नेपालको वास्तविक विकास त्यही कालखण्डमा भएको मानिन्छ। त्यही शासन व्यवस्थामा दशेभर अनेक किसिमका उद्योगधन्दा र कलकारखानाहरू खोलिए, बत्ती बाटोघाटो, राजमार्ग र पुल–पुलेसा बने? त्यो समयमा आफैँ–आफैँ आपसमा लडिरहेका संसारभरका देशहरूले समेत नेपालमा आएर अनेक योजनाहरू सफल पारे। तर नेपालीहरूले भने प्रजातान्त्रिक पद्धति अनुसार नै प्रजातन्त्रको स्थापना हुनुपर्छ भनेर रोजे।

२०४६ सालमा आएर देशमा जनताले चाहेजस्तै प्रजातन्त्र पनि आयो। तर त्यतिबेलासम्म देशले राजनीतिक स्थायित्व गुमाइसकेको थियो। यहाँ छिन–छिनमा सरकार परिवर्तन हुने क्रम चल्यो। यहाँ त चुनाव आयो भने पैसाको खोलो बग्छ। नेता बन्न र शक्तिमा पुग्न पैसा चाहिने भएकाले भ्रष्टाचार पनि बढेको हो। सरकारमा टिकिराख्न सांसदहरूलाई भेडा–बाख्रा झै किनबेच गर्ने परिपाटी पनि यहाँ शुरू भयो। प्रजातन्त्रलाई बदनाम गर्ने सबै कामहरू भए यहाँ। त्यो सब देखेर आम मानिसहरू वाक्क–दिक्क भए। त्यस्तै बेथिति र कुव्यवस्थालाई परिवर्तन गर्न हतियार बोकेर माओवादी निस्किए र जनवादी प्रजातन्त्रको स्थापनाका लागि देशमा हत्या र हिंसाको राजनीति शुरू गरे, मानिसहरू मार्न लागे।

प्रजातन्त्रका नाउँमा माओवादीले देशभित्र त्यो हिंसाको सिलसिला करिव १० वर्षसम्म चलाए, फलस्वरूप झण्डै १७ हजार निर्दोष नेपालीहरूले अनाहकमा ज्यान गुमाउनु पर्‍यो। यो सबै आपसी कलह र मारकाटको सूत्रधार भारत भएको कुरो कालान्तरमा पत्ता लाग्यो।

प्रजातन्त्रका नाउँमा माओवादीले देशभित्र त्यो हिंसाको सिलसिला करिव १० वर्षसम्म चलाए, फलस्वरूप झण्डै १७ हजार निर्दोष नेपालीहरूले अनाहकमा ज्यान गुमाउनु पर्‍यो। यो सबै आपसी कलह र मारकाटको सूत्रधार भारत भएको कुरो कालान्तरमा पत्ता लाग्यो। पछि, सोही देशका जिम्मेवार पदमा आसीन व्यक्तिहरूले नै नेपालमा त्यस्तो गतिविधि आफ्नो देशको इशारामा भएको भनेर सार्वजनिक रूपमा स्वीकार गरे। माओवादी द्वन्द्वको चपेटामा परेर दुःख पाएका, अङ्ग–भङ्ग भएका पीडितहरूले केही विरोध गरेनन्, ज्यान गुमाएकाहरू त त्यसै पनि बोल्न नसक्ने भइहाले ! पछि द्वन्द्वरत दुवै पक्ष वार्ताको टेबुलमा आए र दिल्लीमा १२ बुँदे सहमति गरियो। त्यही सहमति अनुसार नेपालमा अर्को परिवर्तन भयो। हुन त नेपालका ७ दलहरूबीचमा भएको सो सम्झौतामा राजतन्त्र हटाउने, धर्म निरपेक्षता ल्याउने र संघीयता लागू गर्ने कुरा कतै उल्लेख थिएन। तर देशमा भएको राजनैतिक परिवर्तनसँगै ती व्यवस्थहरू पनि नेपालमा लागु भयो।

यो राजनैतिक परिवर्तनसँगै नेपालमा अनेक किसिमका नौला र अचम्मलाग्दा कुराहरू आए। बृहत शान्ति सम्झौता भयो, जनवादी व्यवस्थाका लडाकुहरू पनि संसदीय व्यवस्थामा समाहित भए, प्रजातन्त्रबाट चित्त नबुझेर लोकतन्त्र आएको दाबी गरे र राजालाई एकातिर फाले र त्यही स्थानमा राष्ट्रपतिलाई ल्याएर राखे। त्यसरी राष्ट्रपतिलाई राजाको ठाउँमा ल्याएर राख्न त राखे, तर नयाँ व्यवस्थाका हिमायतीहरूले राजामाथिको रिस–राग सबै यी राष्ट्रपतिमाथि पोखिदिए। नयाँ संविधानमा राष्ट्रपतिलाई निरीह बनाइयो, खोपीको देउताजस्तो। कहीँ–कतै राष्ट्रपतिले नै सत्ता कब्जा गर्ला कि भत्रे डरले त्यस पदलाई सबै अधिकारबाट वञ्चित गरेर शक्तिहीन बनाइयो। राष्ट्रप्रमुखको अधिकारलाई त्यो हदसम्म संकुचित बनाइयो कि राष्ट्रपतिलाई आवश्यक परेको बेलामा राष्ट्र जोगाउन सक्ने सामर्थ्य पनि दिइएन, केवल संविधान जोगाउने अभिभारा यिनलाई दिइयो।

नेपालमा आज प्रजातन्त्र छैन भनुँ भने लोकतन्त्र आइसकेको छ। छ भनुँ भने यो कस्तो प्रजातन्त्र आएको हो कसैले पनि भत्र सक्दैन। शान्ति प्रक्रियामा आएको माओवादी चाहने जनवाद, काम गर्नु परेको छ संसदीय प्रणाली अन्तर्गत। जुन व्यवस्था काम लाग्दैन, फाल्नु पर्छ भनेर उनीहरू आएका थिए, उनीहरू आज त्यही राज्यव्यवस्था स्वीकार गरिरहेका छन्। उनीहरूलाई त्यो व्यवस्थामाथि विश्वास पलाएर त्यसो गरेको होइन, कर–बलले स्वीकार गरिएको छ। अहिले उनीहरू नै ‘यो नै सर्वोतम व्यवस्था हो’ भनेर कराउँदै हिँडिरहेका छन्। तर बाहिरबाट जे–जस्तो देखिए पनि भित्रबाट उनीहरू कसैलाई पनि यो व्यवस्थामाथि विश्वास भने छैन। तर मुखले यो व्यवस्था जसरी भए पनि बचाउनु पर्छ भनेर भन्दै हिँडेका छन्।

हाम्रो देशमा प्रजातन्त्र त आयो, तर भ्रष्टाचारको जगमा उभिएको प्रजातन्त्र आयो। निर्वाचन आयो– पैसाको खेल शुरू हुन्छ, पैसाको ओसार–पसार हुन थाल्यो। सांसदहरू स्वयं ‘यहाँ चुनाउ धेरै नै महँगो पर्न थाल्यो’ भनेर फलाक्दै हिँडिरहेका छन्। नेपालको प्रजातन्त्र आन्तरिक द्वन्द्वले भरिएको प्रजातन्त्र भयो। प्रजातन्त्र भने पछि खुलापन राख्नै पर्‍यो। खुलापन राखे पछि भ्रष्टाचार बढ्यो भनेर जताततै आवाज उठ्न थाल्यो। प्रजातन्त्र हो कि भ्रष्टाचार हावी भएको हो, छुट्याउनै गाह्रो हुन लागिसक्यो। भ्रष्टाचारबिना प्रजातन्त्र टिकाउनै नसकिने भयो। करोडौ–करोड खर्च नगरी चुनाव जित्ने सम्भावना रहनै छाड्यो। यति कुरा थाहा पाएर पनि मानिसहरू यस्तै व्यवस्था चाहिन्छ भनेर बसेका छन्।

यो हाम्रो कस्तो निरीहता हो? हुन त हामी नेपाली जनताले सबै किसिमका व्यवस्थाहरू भोगिसकेका छौँ, प्रजातन्त्र कस्तो हुन्छ भनेर देखिसकेका छौँ। र, यो व्यवस्था आफूलाई काम नलाग्ने कुरा पनि स्वीकार गरेर बसेका छन्। यस्तै, प्रजातन्त्रको चक्करमा ४०–५० लाख नेपालीहरू काम गर्न विदेशीएका छन्। उनीहरूले पठाएको पैसाले यो देशको अर्थतन्त्रलाई धानेको  छ। तर पछिल्लो समयमा आएर त्यो पनि घट्दै गएको तथ्य सरकारले दिन थालेको छ। यही क्रम चलिरह्यो भने देशले गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने निश्चित छ। यदि त्यस्तो संकट आइहाल्यो भने मानिसहरू भोक–भोकै बस्नु पर्ने अवस्था नआउला भन्न सकिन्न। त्यस्तो अवस्था नआएसम्म मानिसहरूको आँखा नखुल्ने पो हो कि? खुलेको दिनमा नेपालीहरू ठूलो संकटमा फसिसकेको हुन सक्छ !

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link