आजकल देशमा एमसीसीबारे ठुलो विवाद चर्किएको छ। एकातिर एमसीसीका समर्थकहरूले यसलाई एउटा साधारण आर्थिक सम्झौता सम्झेका छन् भने अर्कोतिर यसका विरोधीहरूले यसलाई देशद्रोहको संज्ञा दिएका छन्। हुन त नेपालमा आजसम्म कसैले देशद्रोहको आरोपमा सजाय भोग्नु परेको छैन। तर भविष्यमा पनि यस्तै स्थिति रहिरहला भत्र भने सकित्र। देशद्रोहबाट देश र जनताको हालत के हुन्छ भनेर कसैले कल्पना गर्न सक्दैन। देशद्रोहको कारण के सम्म हुन सक्छ भनेर छिमेकी भारतको एउटा घट्नालाई सम्झे पुग्छ।
भारतमा ल्पासीको युद्ध सन् १७५७ मा भएको थियो। त्यस युद्धमा ईष्ट–इन्डिया कम्पनीको जीत भएको थियो। यो जीतले नै अंग्रेजले पूरा भारतमा २०० वर्ष सम्म आधिपत्य जमाउन सकेको विश्वास गरिन्छ। सो युद्धमा त्यसबेलाका पश्चिम बंगालको नवाव सिराजुदौलालाई उनका सेनापति मीर जाफरले फिर्ता जान भनेका थिए। त्यसै अनुसार उनी आफ्नो सेनासहित फिर्ता भइरहेका थिए। ठीक त्यही समय पारेर अंग्रेजका फौजले कपटपूर्ण तरिकाले उनीमाथि पछाडिबाट हमला गरे र उनलाई हराउन सफल भए। तर यो सम्पूर्ण घटनाक्रम मीर जाफर र अंग्रेजबीच भएको षडयन्त्र अनुसार भएको थियो। त्यसैको फलस्वरूप अंग्रेजहरूले मीर जाफरलाई पश्चिम बंगालको नवाब बनाइदिएका थिए। मीर जाफरकै पुत्र मीर कासिमले आफ्नो ज्यान जोगाउन भाग्दै गरेका नवाव सिराजुदौलाको हत्या गरेका थिए।
यसरी देशद्रोहीका रूपमा चिनिएका मीर जाफरलाई भारत सरकारले २०० वर्ष पछि पनि छाडेन। भारत अंग्रेजबाट स्वतन्त्र भए पछि भारत सरकारले मीर जाफरका सबै सन्तानहरूको सम्पत्ति र जग्गा–जमिन जफत गर्यो। यति बेलासम्म मीर जाफरका आठौं पुस्ता भइसकेका थिए। मीर जाफरका सन्तानहरू सबैको सम्पत्ति सरकारले खोसिदिए पछि उनीहरू सडकमा आइपुगे। बाँच्नका लागि कसैले रिक्सा चलाए भने कोही रेल्वेका कुल्ली पनि भए। उनीहरूमध्ये अलि कमजोर मानिसहरू भिख मागेर खानुपर्ने स्थिति समेत आयो। यसरी उनीहरूको ललह–बिरह भयो।
उनीहरू मध्ये कोही पनि पढेलेखेका थिएनन्। तर अपवादका रूपमा एकजनाले कताबाट केही शिक्षा हासिल गरेका रहेछन्, उनी एउटा गाउँको स्कूलमा शिक्षक भएर बसेका थिए। उनले भारतको पुरा इतिहास पढे र मीर जाफर माथि अन्याय भएको निक्र्यौल निकाले। उनी भारतका विभिन्न सञ्चार माध्ममहरूमा गए र मीर जाफरले भारतमाथि कुनै देशद्रोहको काम नगरेको तर्क दिए। उनले बताए कि त्यसबेला सबै मानिसहरू नवाब हुन चाहन्थे। त्यसै प्रकार मीर जाफर पनि पश्चिम बंगालको नवाब हुन चाहन्थे। उनी एक सैनिक अफिसर पनि थिए र नवाब सिराजदौलाको सेनापति थिए। अंग्रेजहरूसितको लडाईँमा उनले नवाब हुने मौका पाए र बने पनि। उनले कुनै नौलो काम गरेका होइनन्। त्यसैले उनीमाथि लागेको देशद्रोहको आरोप खारेज गरिनु पर्दछ। तर उनको कुरा कसैले सुनेनन्। मीर जाफर एक देशद्रोही प्रमाणित भइसकेका थिए र सो कुराको भारतका कवि, लेखक आदिले व्यापक प्रचारप्रसार गरिदिएका थिए।
एमसीसीले के–के गर्ने हो? बताउन सक्ने अवस्थामा आज कोही पनि छैन। तर धेरैले शंका गरेका छन् कि यसले नेपालमा अमेरिकी सेना भित्र्याउने छ र नेपालको आफ्नो सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर संकट छाउने छ। यदि परिस्थिति त्यस दिशातिर बढ्दै गयो भने यसका हस्ताक्षरकर्ता र समर्थकहरू माथि देशद्रोहको आरोप लाग्ने छ। चीन र अमेरिकाको आपसी तानतानमा नेपाल पनि त्यसैको एउटा थलोमा परिणत हुन सक्ने सम्भावना पनि देखिँदै छ। कतै नेपाली भू–भागमा दुई देशको भिडन्त भयो भने नेपालको गति आजको अफगानिस्तान, सिरिया र इराकको जस्तो हुने निश्चितप्रायः छ। नेपालीहरू घर छाडेर भाग्नु पर्ने स्थिति आउने छ, नेपालीहरूलाई जीवन बचाउन नै गाह्रो पर्ने छ। यस्तो कहालीलाग्दो स्थिति सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ। त्यस्तो बखतमा नेपालमा पनि देशद्रोहको आरोप लागेर कसै माथि कार्यवाही हुन सक्छ। भारतमा मीर जाफरका नाति–पनातिले जे–जस्ता कुरा गरे पनि कसैले नसुने जस्तै हामी कहाँ पनि त्यस बेला कसैले कसैको कुरा सुन्ने छैनन्। यस कुरामा आज कसैको ध्यान गएको देखिँदैन।
देशको हीत विरुद्ध काम गर्नु नै देशद्रोह हो। नेपालमा देशद्रोहका घटना नभएका होइनन्, थुप्रैपटक घटेका छन् देशद्रोहका घटनाहरू। जस्तो नदीनालाहरूबारे जति अन्तर्राष्ट्रिय सन्धि सम्झौता भएका छन् ती सबैबाट नेपालले खति व्यहोर्नु परेको छ। कोशी र गण्डक जस्ता योजनाहरू पनि देशद्रोहकै कोटिमा पर्दछन्। कोशी सम्झौताको वार्तालापमा १०० वर्षको लागि गर्ने भत्रे पारित भएको थियो तर भोलिपल्ट सम्झौताको कागजमा भने २०० वर्ष लेखिएर आयो। यो कोबाट कसरी भयो भनेर आजसम्म खोजतलास भएको छैन। त्यसको अर्थ छानविन कहिले पनि हुँदैन भत्रे होइन। कुनै दिन यस्ता कुरा निस्कन सक्छन् र त्यसका दोषीका सन्तानमाथि आरोप लाग्न सक्छ, जसरी भारतमा मीर जाफरका सन्तानमाथि लागेको थियो र कार्यवाही समेत भएको थियो।
महाकाली सम्झौता वास्तवमा टनकपुरमा भारतले नेपाली भू–भागमा गैरकानूनी रूपले बनाएको बाँधलाई ढाकछोप गर्नका नेपाललाई खवाइएको ललीपप मात्र थियो। पञ्चेश्वर बाँध बनाउने योजना बनाइए पनि त्यो बनाउने इरादा र इच्छा कसैमा थिएन र अन्त्यमा भयो पनि त्यस्तै। छ महिनामा तैयार गर्ने भनिएको पञ्चेश्वरको डीपीआर २५ सौं वर्ष पछि पनि बन्न सकेको छैन। हुन त महाकाली नदी नेपाल र भारतको साझा नदी भनेर भनियो तर सुगौली सन्धि अनुसार त्यो नदी नेपालको मात्र हो। यसरी महाकालीलाई साझा नदी भनेर भत्रेमा नेपालका तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए। तर कुनै समयमा यी कुरा सबै उल्टिन सक्छन्। त्यस बखत को–को माथि देशद्रोहको आरोप लाग्ने हो र कसले त्यसको सजाय भोग्नु पर्ने हो, अहिले नै किटान गर्न सकित्र। तर यसबारेमा अब केही हुनेछैन भत्र पनि सकिन्न। यो भविष्यको गर्भमा लुकेको एउटा तथ्य हो।
त्यसैगरी नेपालका कलकारखानाहरू कसरी बन्द भए र भएकालाई पनि कसरी कौडीको दाममा बिक्री बितरण गरियो, त्यसको पनि लेखाजोखा हुन सक्छ। ट्रली बस कसले बन्द गराइदियो ? नेपाल एअरलाइन्स कसरी कहिल्यै उठ्न नसक्ने गरी घाटामा गयो ? के वाइडबडी किन्दा भ्रष्टाचार भएको थिएन ? एकजना प्रधानमन्त्रीले केही पनि भएको थिएन भन्दैमा के त्यो साँचो ठहरिन्छ ? कुनै समयमा यी सबै विषयहरू प्रश्न बनेर हाम्रा अगाडि तेर्सिने छन्। त्यसका दोषीहरू त्यस समयमा हाम्रा अगाडि नहुन सक्छन् जसरी भारत सरकारले मीर जाफरलाई फेला पार्न सकेनन् र उनका सन्तानलाई समाते। के त्यसैगरी नेपालमा पनि सन्तान–दर–सन्तानलाई समात्न सकित्र भनेर कसैले भत्र सक्छ ?
यही प्रश्न नेपालका उद्योग र कलकारखानाहरूका सम्वन्धमा पनि उठ्न सक्छन्। उदयपुर सिमेन्ट कारखाना, भृकुटी कागज कारखाना, विराटनगर जुट मिल, सर्लाही चिनी कारखाना, बाँसबारी जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना आदि–आदि, खोई कहाँ गए ? कस–कसको कारणले ती बन्द भए अथवा कसले बेचेर खायो ? यसको हिसाब–किताब हुन बाँकि नै छ। अहिले मानिसहरू कुरा मात्र गर्दै छन्, कसैले केही कार्यवाही गरेको देखित्र। तर सधैंभरि यही स्थिति रहला भत्र पनि सकित्र। यी सब कुराको फैसला हुन बाँकि नै छ र कुनै दिन अवश्य हुनेछ।
आज मानिसहरू भ्रष्ट्राचारमा लिप्त छन् तर कुनै दिन मीर जाफरका सन्तानमाथि सरकारी सजाय भए जस्तै नेपालमा पनि भ्रष्टाचारीको सबै सम्पत्तिको खोजतलास हुने छ। त्यसबखत को–को सजायको भागी हुने छ भनेर अहिल्यै किटान गर्न त सकित्र। तर एक दिन एउटा बलियो राष्ट्रवादी सरकारको स्थापना हुनेछ र त्यो सरकारले यस्तो बेथितिको अन्त्य गर्नेछ भन्ने आशा छ। त्यस्तो दिनको कल्पना गर्नु पर्छ, पाप धुरीबाट कराउँछ भत्रेमा विश्वास गर्नुपर्छ। श्रोतः आइएनएस –स्वतन्त्र समाचार
–आदित्यमान श्रेष्ठ
विश्लेषक आदित्यमान श्रेष्ठ वरिष्ठ पत्रकार हुनुहुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
- नेपाल कहिले स्वतन्त्र हुने होला ?
- के नेपालमा हिंसाको अन्त्य हुन्छ ?
- विश्वासको खडेरी
- नयाँ जंगबहादुरले के गर्छ होला ?
- जङ्गबहादुरको नयाँ अवतारको प्रतीक्षा गरिएको हो र?
- यहाँ कसले गरेन र संविधानको उल्लंघन?
- विकास गर्ने मामिलामा छिमेकीको असर किन पर्दैन नेपालमा ?
- भारतीय खेलामा रूमलिएको राजनीति
- पीडक जोगाउन खोज्ने कस्तो संक्रमणकालीन न्याय?
- म ‘कमरेड’ प्रचण्ड भएको भए के गर्थें ?