Home » Archives for आदित्यमान श्रेष्ठ
Author

आदित्यमान श्रेष्ठ

भन्नलाई त नेपाल एक स्वतन्त्र देश हो। दक्षिण एसियाको सबभन्दा पुरानो देश पनि हो। तर किन यो कहिले स्वतन्त्र हुने होला भन्ने प्रश्न उठ्छ ? एउटा स्वतन्त्र देश स्वतन्त्र नै रहे कस्तो हुने होला भनेर कल्पना गरेर बस्नुपर्ने अवस्था आयो।

प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल चलाउने चाबी नेपालीको हातमा छैन, अरुकै हाथमा छ भनेर प्रधानमन्त्री भएकै बेला भनेका थिए। अहिले आएर पर्यटनमन्त्री सुदन किरातीले पनि त्यस्तै कुरा बोलेका छन्। उनी त अझ पनि मन्त्री नै छन्। नेपालका पर्यवेक्षकहरूले पनि नेपालमा विदेशी चलखेल धेरै बढ्यो भनेर दिनरात गुनासो गरिरहेका छन्।

नेपालमा भए गरेका कामकारबाही, कानुन, संविधान आदि सबै विदेशीले बनाएका हुन् भनेर …

नेपाल कहिले स्वतन्त्र हुने होला ?
0 comment
0 FacebookTwitterEmail

आज भन्दा २०, २१ वर्ष अगाडि नेपालमा कहिले हिंसाको अन्त्य होला भनेर एउटा लेख लेखिएको थियो। त्यस बेला नेपालमा माओवादीको युद्ध चलिरहेको थियो। त्यसै सिलसिलामा लेखिएको थियो कि माओवादीहरूको हिंसाको अन्त भए पनि नेपाली राजनीतिमा हिंसा हत्याको अन्त्य हुने छैन।  माओवादीहरू आखिरमा नेपाली कांग्रेसका चेला हुन् किनभने नेपाली कांग्रेसले पनि राणा र राजाको विरोधमा हतियार उठाएका थिए।

यसो हेर्दा माओवादीले सन् २००१ पछि चर्काएको युद्ध हेर्दा सन् १९६२ मा नेपाली कांग्रेसले राजाको विरोधमा उठाएको हतियार जस्तै देखिन्थ्यो। दुवैले तत्कालीन स्थापित सरकारको विरोधमा राजनैतिक लक्ष्य राखेर नै हिंसामा लागेका थिए। दुबै विद्रोही  भएका थिए र स्थापित सत्तासित असन्तुष्टि राखेका थिए।

६०

0 comment
0 FacebookTwitterEmail

आजकल नेपालमा विश्वासको खडेरी देखिन्छ। नक्कली भुटानी शरणार्थीको काण्डमा कुनै किसिमको नरमी अपनाइने छैन भनेर सरकार भनि राख्छ। तर राजनैतिक दवाब परेको समाचार दिन दिनै आइराख्छ। नेपालको आईजीपी र माहान्यायाधिवक्ताको चार घण्टा सम्म भेटघाट भयो भनेर थाहा पाइन्छ। नेपालको प्रधानमन्त्री, विरोधी दलका नेता र नेपाली क्राँग्रेसका नेता भेट गरे भनेर भनिन्छ। अब यो काण्डमा अरु तानिनु हुन्न भनेर काण्डको जाँचबुझ नै चाँडै टुङ्गयाउने कुरा निस्कन्छ। कति मानिसको नाउँ आएको तर प्रमाण फेला नपरेकोले नसमातिएको भन्ने खबर प्रहरीबाट नै जानकारी आउँ छ। ठुला ओहदामा बसेका मानिसहरू समातिए पनि हथकडी नलगाइएको कुरा सर्वव्यापी रूपमा भनिन्छ।

हुन पनि यो काण्ड त्यति कै भासभुस …

0 comment
0 FacebookTwitterEmail

नयाँ जंगबहादुर त निकाल्ने अवस्था आई नै सक्यो। अराजकता र अनिश्चितताको बीचमा यस्तो मानिस न जन्मिने त कुरै भएन। तर उसले के गर्छ होला भनेर कसैले अनुमान गर्न सक्दैन। किनभने कुन मानिस अन्यायमा पर्ने हो र उसको प्रतिक्रिया के हुन्छ भनेर तर्क गर्न सकिन्न। यो तर्कहीन कुरा हो। नेपालमा तर्क गर्ने दिन गइसकेको छ। अब बल र हिंसाले आफ्नो ठाउँ बनाउँछ। नेपालको इतिहासले त्यही कुरा बताउँछ।

इतिहासकार शिरोमणि बाबुराम आचार्यले यही कुरा बुझेर होला ‘यस्तो अब कहिले नहोस्’ भनेर किताब लेखे। तर नेपालमा यसतो घटना बराबर भएको छ। इच्छा गर्नु एउटा कुरा हो। वास्तवमा हुनु अर्को कुरा हो। तर्क भनेको …

0 comment
0 FacebookTwitterEmail

जङ्गबहादुर राणा भनेको कुनै खास मानिस होइन। जङ्गबहादुर भनेको एउटा यस्तो चरित्र हो जसको कुनै ठेगान हुँदैन। उनले नेपालको सत्ता कब्जा गर्दा कुनै योजना बनाएका थिएनन्। तर उनले त आफ्नो जागिर जोगियोस् भनेर कोशिश मात्र गरेका थिए। उनको समयमा राजेन्द्र विक्रम राजा थिए। उनको कान्छी महारानी लक्ष्मीदेवीको हालीमुहाली चल्ने गर्दथ्यो। दरबारको चाल चलन सित भने जङ्गबहादुर राम्रो जानकार थिए। त्यसैले उनले कोतमा जाँदा आफ्ना भाइभतिजाहरूलाई हतियारमा सुसज्जित भएर आउनु भनेर अह्राएका थिए। कोतपर्व हुन सक्छ भन्ने छनक जङ्गबहादुरलाई थियो।

नेपालको आजको परिस्थितिले पनि त्यस्तै एउटा मानिस खोजिरहेको देखिन्छ। त्यो मानिस को हुन सक्छ, कहाँबाट आउँछ कसैले पनि भन्न सक्दैन।

0 comment
0 FacebookTwitterEmail

सबभन्दा पहिलो राष्ट्रपति रामवरण यादवले तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालको मन्त्री परिषद्ले पारित गरेको प्रस्तावलाई मान्यता दिएनन् । उनले सेनापति कटुवाललाई मन्त्रिमण्डलले खारेज गर्दा पनि आफ्नो पदमा यथावत रहि रहन आदेश दिए । यो सरासर संविधान विपरित कुरा हो । यसको प्रतिक्रिया स्वरुप प्रधानमन्त्री आफैले राजीनामा दिए । संविधान अनुसार राष्ट्रपतिलाई मन्त्रिमण्डलको सबै प्रस्तावहरू मान्न कर लाग्दछ । तर यस काण्डमा राष्ट्रपति यादवले मन्त्रिमण्डलको प्रस्तावलाई एकातिर पन्छाई दिए । फलस्वरुप संसद्‌मा माओवादी पार्टीले महिनौँ सम्म हल्ला मच्चाइ राखे । तर संविधानमा लेखिएको कुरा उल्लंघन भएको कुरा स्थापित भएन ।

दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी माथि संविधान नै च्यातेको दोषारोपण भयो ।

0 comment
0 FacebookTwitterEmail

नेपालका ठूला ठूला छिमेकी देशहरू छन् । चीन र भारत । उनीहरु भिन्न राजनैतिक अवस्थाका हुन् । चीनमा साम्यवाद छ भने भारतमा लोकतन्त्र छ । दुवैले भिन्न परिस्थितिमा विकास गरिरहेका छन् । चीनमा साम्यवाद लागू भएकोले मानिसहरू स्वतन्त्ररुपमा बोल्न पाउँदैनन् । भारतमा लोकतन्त्र भएकोले बोल्ने स्वतन्त्रता छ । भारतमा अनेक भाषा, धर्म र जातजाति छन् । त्यसैले बिभिन्न राज्य बनाएर बसेका छन् । बङ्गालमा बंगाली बोलिन्छ भने केरलामा मलयालम । त्यसैगरी तामिलनाडुमा मद्रासी बोलिन्छ भने यूपी बिहारमा हिन्दी बोलिन्छ । हिन्दीलाई राष्ट्रिय भाषा भनेर घोषित गरिएको वर्षौ भएको छ तर भारतका विभिन्न प्रान्तलाई जोड्ने भाषा अंग्रेजी मात्र बनेको छ ।

0 comment
0 FacebookTwitterEmail

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालि प्रधानमन्त्रीको रुपमा धेरै काम गर्ने भनेका छन्। काम गर्न सके र काम गरेको देखाउन सके राम्रै हो। तर तीन महिना सम्म केही गर्न नसकेको सार्वजनिक रुपमा नै मानिसकेका छन्। उनीले जुन व्यवस्था खोजेको हो सो व्यवस्था त ल्याउन सकेनन्। सो कुरा उनी आफैले धेरै पटक प्रष्ट पारेका छन्। उनले खोजेको व्यवस्था निर्वाचित राष्ट्रपति हो। त्यसमा पनि उनले खोजेको एक दलीय शासन हो। जुन संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको विरोधमा उनीले युद्ध शुरु गरेका थिए सोही व्यवस्थामा पसेर काम गर्नु पर्दा उनीलाई ठुलो सकस भएको छ। संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था …

भारतीय खेलामा रूमलिएको राजनीति
0 comment
0 FacebookTwitterEmail

संक्रमणकालीन न्याय भनेको कुन चराको नाउँ हो भनेर नेपालीले थाहा पाएका थिएनन्। जुन बेला नेपालमा माओवादी युद्ध शुरु भयो त्यसबेला माओवादी आफैलाई थाहा थिएन यो कुन चराको नाउँ हो। उसले सम्झेको थियो कि युद्धमा जो बलियो भयो उसले नै जित हासिल गर्छ र उसैको कुरा सुनिन्छ। मानिसलाई कसरी मार्ने भन्ने कुनै कानून हुँदैन र कुनै न्याय पनि हुँदैन। जसरी मार्न सकिन्छ मार्ने र जसरी बच्न सकिन्छ बच्ने भन्ने सिद्धान्त नै लागू हुन्छ भन्ने मात्र थाहा थियो।

हुन पनि इतिहासले सिकाएको पाठ पनि त्यस्तै थियो। जंगबहादुरले सत्तामा आउन कोत पर्वमा कतिको हत्या गरेका थिए। तर त्यसको कहिले पनि हिसाबकिताब भएन। भीमसेन …

0 comment
0 FacebookTwitterEmail

म प्रचण्ड भएको भए म त्यही गर्थें जो उनी गर्दै छन्। किनभने उनले यो व्यवस्थामा जे गर्न सके त्यो नै उनले गरेका हुन्। त्यस मानेमा उनले कुनै अस्वाभाविक काम गरेका छैनन्। व्यवस्थाले दिएको सबै फाइदा उठाउँने र आफु बलियो हुने काम गर्नु अस्वाभाविक होइन। हुन त उनले रुचाएको र चाहेको व्यवस्था यो होइन तर उनको ईच्छा विपरित पनि काम गर्नु पर्ने हुनाले उनले यसको सक्दो लाभ उठाएका हुन्। यस मानेमा यो व्यवस्थामा भएका सबैले उनलाई मानेर बसेका छन्।

‘किन म प्रधानमन्त्री हुन ईच्छा गरें?  किनभने मैले २०६३ देखि प्रधानमन्त्री हुने खालका मानिसहरूलाई प्रधानमन्त्री बनाएँ। तर उनीहरूबाट मैले अपजस सिवाय केही …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved