Home » Archives for दुर्गा रानामगर/पोखरा » Page 3
Author

दुर्गा रानामगर/पोखरा

सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती हुनुहुन्छ। कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आउनुभएको हो। अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुग्नुभएको थियो । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उहाँलाई अहिलेको मिति दिइएको थियो। अस्पतालको करिडोरमा उभिरहनुभएकी उहाँको अघि र पछि अल्ट्रासाउण्ड गराउनेको लामो लाइन थियो। दुई घण्टा भन्दा बढी उभिएपछि बल्ल उहाँको पालो आयो। उहाँ भन्नुहुन्छ– ‘बिहान ९ बजे आइपुगेको हो, अझै लाइनमै छु। साह्रै गाह्रो भएको छ। यहाँ सकेर घर कतिबेला पुग्ने हो।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा मात्र ३ …

गण्डकी अस्पताल: आठ महिने गर्भवती घण्टौ लाइनमा
0 comment
0 FacebookTwitterEmail

पोखरा घर हुनुभएको एक महिलाले इन्स्टाग्रामबाट हालैमा आफू ठगिएको महसुस गर्नुभयो। पहिचान नखुलाउने सर्तमा उहाँले आफूलाई इन्स्टाग्राम भेटिएको एउटा आइडीबाट २ लाख ८० हजार रुपैयाँ ठगिएको बताउनुभयो। उहाँले प्रहरीमा निवेदन पनि दिइसक्नुभएको छ र यस विषयमा प्रहरीको अनुसन्धान जारी छ।

यसअघि पोखरासहित देशका विभिन्न ठाउँमा इन्टरनेट सामाजिक सञ्जालको प्रयोग गरि ठगिएका घटनाहरू बाहिर आएका थिए। विशेषत विदेशी मूलका, केही भारतीय र केही नेपालीले नै सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्स एप, जिमेल, इन्स्टाग्रामको प्रयोग गरि लटरी अर्थात् चिठ्ठा परेको छ, पुरस्कार, उपहार पाएको छ भन्ने सन्देश टेक्स्टका साथै अडियोका माध्यममा पठाउने गर्दछन्। त्यसलाई नै …

पुराना पैसा बेच्न खोज्दा इन्स्टाग्राममार्फत ठगिएँ
0 comment
0 FacebookTwitterEmail

समाजमा देखिने प्रवृत्ति र व्यवहार नै समाजले गर्ने संवादहरू हुन् । यसैबाट बालबालिकाले सिक्छन् । त्यसैले बालबालिका सुधारगृह पुग्नुभन्दा अघि उसँग संवाद गरिरहेको समाजलाई सुधार्नु जरुरी छ ।

पोखरा सराङकोटस्थित बालसुधारगृहमा (बाल कारागार) पुग्दा बालबिजाइँको मुद्दामा कैद भुक्तान गरिरहेका बालकहरू कोही क्यारोमबोर्ड खेल्दै, कोही टिभी हेर्दै, कोही कक्षामा पढ्दै त कोही बरण्डाबाटै देखिने फेवातालतिर आँखा डुलाइरहेको भेटिए।
सुधारगृहमा रहेका ९९ जना बालकहरू जबरजस्ती करणी, कर्तव्य ज्यान, लागु औषध, डाँका, चोरी, सवारी ज्यानलगायतका मुद्दामा कैद सजाय भोग्दैछन्।
१८ वर्षभन्दा मुनिका बालबालिका जोे बालबिजाइँमा संलग्न भए उनीहरूको बानी बेहोरामा सुधार ल्याउन, उनीहरूको शिक्षालाई निरन्तरता दिन, स्वास्थ्यमा ख्याल राख्न र वयस्कको कारागारभन्दा …

परिवारको बेवास्ता र इन्टरनेटको दुरूपयोगले अपराधतर्फ उन्मुख बालबालिका
0 comment
0 FacebookTwitterEmail

आज २५६६ बुद्ध जयन्ती। बौद्ध धर्माबलम्बीहरूको लागि आजको दिन विशेष हो। नेपालको २०६८ को जनगणना अनुसार नेपालमा जम्मा ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी छन्। तर यसलाई बौद्ध धर्मावलम्बीहरूले ‘मित्थ्यांक’ भन्दै बुद्ध धर्म मान्नेहरू अझै धेरै सङ्ख्यामा रहेको दाबी गर्छन्। बुद्ध धर्मावलम्बीका साथै पोखराको पर्यटनका लागि एक विशेष महत्व बोकेको ठाउँ हो पोखरा महानगरपालिका वडा नं २२ अनदु डाँडामा रहेको विश्व शान्ति स्तूप। दैनिकी १ हजार देखि १५ सय सम्म पर्यटकहरू अवलोकनका लागि विश्व शान्ति स्तूप पुग्छन्। आजको विश्व शान्ति स्तूप बनाउनका लागि १८ वर्षसम्म यहाँका बौद्ध धर्मावलम्बीहरूले संघर्ष गर्नुपर्‍यो र अझै पनि विश्व शान्ति स्तूपलाई संरक्षण गरिरहन संघर्ष गरिरहेका छन्। …

एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा
0 comment
0 FacebookTwitterEmail
राजनीतिक दलले फरकक्षमता भएका व्यक्तिहरूलाई उमेदवारको रूपमा स्वीकार गर्न सकेनन्, यसले उनीहरू एक मत मात्र हुन् भन्ने बुझाइ राजनीतिक दलमा रहेछ भन्ने देखिन्छ । त्यतिमात्र होइन नेपालको संविधानले सुनिश्चित गरेको हरेक नागरिकको गोपनीयताको हक प्रत्याभूत गर्नुपर्ने दायित्वबाट समेत राजनीतिक दल पूर्ण रूपले चुकेका छन् । यसबाट फरक क्षमता भएका नागरिकलाई राज्यले बेवास्ता गरेको पुष्टि भएको छ ।

३१ वर्षीय शेरजङ्ग गुरुङ अघिल्लो चुनावमा सेतो छडी समात्दै मतदानस्थल पुग्नुभयो र गाउँकै चिनेका दाइले सहयोगीको रूपमा उनको सट्टामा मतदान गरिदिनुभयो । उहाँलाई आफूले चाहेको प्रतिनिधिलाई नै साथीले स्वस्तिक छाप लगाए कि लगाएनन् भन्ने विषयमा शंका भयो । यसपालीको चुनावमा पनि उहाँको मनमा …

निर्वाचन अपाङ्गता भएका व्यक्तिका लागि हैन र?
0 comment
0 FacebookTwitterEmail

कोभिडको संक्रमण घट्दै गएसँगै बजार पुन: चलायमान हुँदैछ। पर्यटन र यससँग जोडिएको मनोरञ्जन क्षेत्रहरू पुन: सुचारु भएका छन्। वयस्कको मनोरञ्जन क्षेत्र अर्थात् डान्स बार, रेस्टुरेन्ट, क्याविन रेस्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लर, खाजा घर आदि रहेका छन्। यो क्षेत्रसँगै यहाँ कार्यरत महिला श्रमिकहरूको सुरक्षाको विषय महत्वपूर्ण छ। नेपालमा मनोरञ्जनको क्षेत्र फस्टाएका ठाँउहरू मध्ये काठमाडौं, पोखरा, विराटनगर लगायत रहेका छन्। पोखराको पर्यटनको केही अंश वयस्कको मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित छ। पोखरामा वयस्कको मनोरञ्जन क्षेत्रमा कति महिला श्रमिक कार्यरत छन् भन्ने यकिन तथ्यांक भने छैन।

यौन उत्पीडनको जोखिम

जनअधिकार संरक्षण मञ्च (पीपीआर) ले सन् २०२० मा ‘नेपालमा मनोरञ्जन क्षेत्रमा मानव वेचबिखनको नयाँ ट्रेन्ड‘ …

ग्राहक रिझाउनुपर्ने बाध्यताले यौन दुर्व्यवहारको जोखिम
0 comment
0 FacebookTwitterEmail

हालै पोखरा महानगरले फेवातालको किनारामा पानी मुनिको जग्गा अतिक्रमण गरी अवैध संरचनाहरू बनाउनेहरूलाई जोगाउने गरी नयाँ मापदण्ड तोकेको थियो। अर्थात् यसअघि तोकिएको ६५ मिटरबाट घटाएर नयाँ मापदण्ड ३० मिटर बनाइयो। जसले गर्दा फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएको संरचनाले वैधता प्राप्त गर्‍यो भने फेवातालको अतिक्रमणलाई रोक्न नसकिने देखियो। रामसारमा सूचीकृत फेवाताल संरक्षण गर्नेतर्फ राज्य जिम्मेवार हुनुपर्नेमा अतिक्रमण गर्नेलाई नै जोगाउनतिर लागेको पाइयो।

दलहरूले स्थानीय निर्वाचनका लागि तयार गरेको चुनावी घोषणापत्रमा फेवाताल संरक्षणको विषयलाई औपचारिकतामा मात्र सीमित गरेका छन्। पोखरामा नेकपा एमालेले जारी गरेको महानगरस्तरीय घोषणापत्रमा ‘रामसार क्षेत्र घोषणा भएका महानगरभित्रका फेवा, बेगनास, रूपा लगायतका नौवटै तालहरूको जलाधारमा भूक्षय तथा प्रदूषण नियन्त्रण …

चुनावी मुद्दा बन्न नसकेको फेवाताल
0 comment
0 FacebookTwitterEmail

डेबिड…सोफिया…लुसी…लक्की… यस्तै नाम लिदा लिदैँ पुच्छर हल्लाउँदै आइपुग्छन्, चाँदनी नजिकै केही कुकुर र बिराला। कसैको शरीरभरि घाउ छ, कसैको खुट्टा छैन, कोहीको शरीर दुब्लो छ, कोहीको भने आँखा नै छैन। यो दृश्य चाँदनीले नै शुरु गर्नुभएको पोखरा स्थित छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टरको हो। चाँदनीले विभिन्न समयमा समुदायबाट अपहेलनामा परेका, एक्लिएका, दुर्घटनामा परि घाइते भएका कुकुर र बिरालोहरूलाई उद्धार गरि आफ्नै सुरक्षामा उनीहरूको रेखदेख गरिरहनुभएको छ।

२७ वर्षीया चाँदनी थापा मगरको घर कास्की निर्मलपोखरी हो। तर चाँदनीको बसाइँ अहिले यही स्याहार केन्द्रमा छ। आफूले उद्धार गरेर ल्याउनुभएको अरु ९ सामुदायिक कुकुरहरू …

नौ कुकुर, सोह्र बिराला र चाँदनी
0 comment
0 FacebookTwitterEmail

पोखराका ‘एक‘ (नाम नखुलाइएको), ४० वर्षीया पुरुषले हालै नेपाल परिवार नियोजन संघ कास्कीमा पुगेर स्थायी बन्ध्याकरण गराउनुभयो। तीन सन्तान भइसकेपछि श्रीमतिले भन्दा आफूले बन्ध्याकरण गराउनु उचित ठान्दै उहाँले बन्ध्याकरण गराउनुभयो। ‘एक‘ ले भन्नुभयो, ‘मेरो श्रीमतिले महिनावारीदेखि वच्चा जन्माउनुसम्मको पीडा खपिन्, हामीलाई सन्तानको रहर पनि पुगिसक्यो, त्यसैले उनको स्वास्थ्यलाई ख्याल गर्दै मैले नै बन्ध्याकरण गराउने सोचे।‘ उहाँले स्थायी बन्ध्याकरण गराएर आफूले श्रीमतिप्रतिको एउटा दायित्व पुरा गरेको बताउनुभयो।

तर सबै पुरुष ‘एक‘ जसरी सोच्दैनन। त्यसैले नेपालमा स्थायी बन्ध्याकरणको भार पनि महिलामा नै थोपरिएको छ। स्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार गत वर्ष २०७८ को श्रावण देखि फागुन महिनासम्ममा …

स्थायी बन्ध्याकरणको भार पनि महिलामा
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved