Home » Archives for दुर्गा रानामगर/पोखरा » Page 2
Author

दुर्गा रानामगर/पोखरा

पोखरामा डेरा गरी बस्ने सुनिता शर्मा (नाम परिवर्तन) अहिले १९ वर्षको हुनुभयो। एकै उमेरको श्रीमानसँग प्रेम विवाह गर्नुभएकी सुनिता अहिले गर्भवती हुनुहुन्छ। कलिलो उमेर त्यसैमाथि घरपरिवारबाट टाढा र बेरोजगारको अवस्था रहदा उहाँको गर्भ बस्यो। उहाँलाई आफू आमा बन्न लागेकोमा खुसी भन्दा बढी अन्यौल छ। सुनिता जस्तै कास्कीमा यस वर्ष मात्र १ हजार ३ सय १७ जना २० वर्षभन्दा मुनिका किशोरी पहिलो पटक गर्भवती जाँचका लागि स्वास्थ्य संस्था पुग्नुभयो। देशभरको अन्य ठाउँको अवस्था जस्तै कास्कीमा पनि २० वर्ष मुनि आमा बन्नेहरूको संख्या घट्न सकेको छैन।

सामान्य भन्दा २० वर्ष मुनि आमा बन्नेहरूलाई दुई गुणा बढी जटिलता आउने बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यलय …

किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार
0 comment
0 FacebookTwitterEmail

भीममाया मर्साङ्गी मगर (५५) विहानै अगेनाको छेउमा कोदोको रोटी पकाउँदै हुनुहुन्थ्यो। त्याे गाउँमा आएका पर्यटकका लागि विहानी खाजा (ब्रेकफास्ट) को तयारी थियो। मिछुर्लुङ पुग्ने पर्यटकका लागि गाउँमै उत्पादित अर्गानिक खानाले स्वागत गरिन्छ। कोदोको रोटी, गोलभेडाको अचार, मासको बारा, ढिँडो, सिस्नु, गुन्द्रुक, मौसमी तरकारीसँगै लोकल मासु होमस्टेको खाजा/खानाको परिकार हो। मिछुर्लुङमा अतिथिका लागि विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत मगर समुदायको कौरा र नचरी नाच पनि प्रदर्शन
गरिन्छ। लोप हुने अवस्थामा रहेको कौरा नाचलाई संरक्षण र प्रवर्द्धन गरिनुपर्ने मिछुर्लुङ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताउनुभयो। उहाँले भन्नुभयो- “कौरा नाचलाई संरक्षण गर्नका लागि नै नयाँ पुस्ताका नानीहरूलाई पनि सिकाएका छौं। मगर …

पर्यटकको पर्खाइमा तनहुँको मगर गाउँ मिछुर्लुङ
0 comment
0 FacebookTwitterEmail

तपाईंले कुनै पशुपन्छीलाई कुट्ने, हिर्काउने, हानिकारक खानापिना दिने, यातना दिने र निर्दयी वा क्रुर व्यवहार गर्ने गर्नु भएको छ ? छ भने आजैबाट छाडिदिनुस्अन्यथा तपाईं थुनिन सक्नुहुन्छ। नथुनिए पनि जरिवाना तिर्नुपर्ने  हुन सक्छ। नयाँ कानून मुलुकी अपराध संहिता २०७४ को पशुपन्छी सम्बन्धी कसुर अन्तर्गत तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

 पोखरा अमरसिंहचोक घर हुनुभएको सुकदेवी गुरुङको मालीनाम गरेको कुकुरलाई केही समय अघि राति गाडीले कुल्चिएर मारिदिएछ। गुरुङको घरमा १३ वटा कुकुर छन्। सबैजसो कुकुर उद्धार गरेर ल्याइएका हुन्। मालीलाई पनि उद्धार गरेर …

पशुलाई क्रुर व्यवहार नगर्नुहाेस्, अन्यथा थुनिनु वा जरिवाना तिर्नुपर्ला
0 comment
0 FacebookTwitterEmail

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,

पोखरा त साँच्चिकैको पोखरा नै रैछ’

पोखराको सुन्दरतालाई शब्दमा उतारेर संगीतवद्ध गरी मन नै हर्ने गरी गाउनुभएको थियो गीतकार प्रेमप्रकाश मल्लले। यसैले त हरेक नेपालीले गुनगुनाउन थालेको पनि धेरै भइसकेको छयो गीत।

गीतमा भने जस्तै पहिले त्यतिपरको माछापुच्छ्रेको छायाँ फेवातालमा पौडी खेलिरहेको हुन्थ्यो तर अहिले शहरको डम्पिङ साइट बनेको फेवातालको पानी धमलिएको छ। फेवातालको त्यो स्वच्छ पानी, मनमोहक दृश्य र निश्चलता साथ प्रस्तुत हुने धर्म मानिसकै कारण हरिएको छ। किनभने फेवातालको क्षेत्रफल खुम्चिएको छ। यसले पोखराको मादक सुन्दरता लुछिरहेको छ। पोखराको विशेषता बनेको फेवातालको आयु क्रमश: घट्दै छ। सन् २०१९ मा …

फेवातालको चरम दोहनः अन्तरिम आदेशले जोगाउला त?
0 comment
0 FacebookTwitterEmail

पोखराका ३१ वर्षीय अमित बराल नेपालका प्रसिद्ध फेसन डिजाइनर हुनुहुन्छ । नेपालका टप मोडलदेखि चलचित्रसम्म धेरैका लागि फेसन डिजाइनरको रूपमा उहाँले काम गर्नुभएको छ । उहाँ यस क्षेत्रमा रमाउनुहुन्छ तर बेलाबखत उहाँमाथि भएका यौन हिंसाका घटनाले उहाँ यस क्षेत्रमा असुरक्षित पनि महसुस गर्नुहुन्छ । फेसन डिजाइनको सुरुवातको समयमा एक चलचित्रको निर्देशकसँगको पहिलो भेटमा हात मिलाउँदा (ह्यान्ड सेक) उहाँले आफ्नो शरीर चिसो भएर आएको महसुस गर्नुभयो । सामान्य हात मिलाइ र त्यस निर्देशकको हात मिलाइमा फरक थियो । निर्देशकले उहाँलाई खराब आशयले हात मिलाएको बरालले महसुस गरेकै कारण प्रतिक्रियाविहीन भएर उहाँ अन्यौलमा पर्नुभयो । बराल भन्नुहुन्छ– “अरुले यो घटना सुन्दा पक्कै …

पुरुष माथिको यौन हिंसा– पत्याउँदैन समाज
0 comment
0 FacebookTwitterEmail

गत जेठ २५ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा नागढुङ्गामा तीनजना युवालाई लागू पदार्थसहित पक्राउ गरेको थियो । त्यसैको भोलिपल्ट २६ गते पनि प्रहरी टोलीले पोखरा नयाँबजारमा तीन जना व्यक्तिलाई लागू पदार्थसहित समात्यो । कास्की प्रहरीले यस वर्ष २०७८/७९ को जेठ मसान्तसम्म मात्र २ सय २३ वटा लागू औषध सेवन, पटके तथा कारोबारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा ३ सय ९ जना पुरुष र महिला १३ जना रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा १ सय ४९ मुद्दा दायर भएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक …

दुर्व्यसनको दलदलमा युवा
0 comment
0 FacebookTwitterEmail

एक्कासि घर बाहिर गोली चलेको पट पट आवाज आयो। हो हल्ला भयो। एकैछिनमा आफ्नो श्रीमान् गणेशमान पालिखेलाई गोली हानी मारिएको गंगादेवीले थाहा पाउनुभयो।

साँझ करिब ५ बजेको समय थियो। दिन थियो २०६२ जेठ २९ गते। दिनभरसँगै बसेर केही बेर अघिमात्रै छुट्टिनु भएको थियो भाइ विश्वशंकर पालिखे। महेन्द्रपुलमा रहेको पालिखे ढाका टोपी पसलको अघिल्तिर गाडी रोकेर बुवा गणेशमान पालिखेले मुस्कुराएर हेर्दा बुबासँगै घर जाउँ जाउँ की लागेको थियो धर्मछोरा देवी पनेरूलाई, तर जानुभएन। यता श्रीमती गंगादेवी पालिखे पोखरा नागढुङ्गामा रहेको घरको बारीमा काम गर्दै हुनुहुन्थ्यो। घरमा भोलिको लागि कुल पूजाको तयारी चलिरहेको थियो।

बुबालाई गोली हानिएको खबर सुन्न साथ कान्छा …

बिर्सिएका नायकः शिक्षाका लागि गोली खाने गणेशमान पालिखे
0 comment
0 FacebookTwitterEmail

कास्की रुपा गाउँपालिकाकी निर्मला पौडेललाई आफ्नी २१ वर्षकी छोरी अरु जस्तै बुझ्ने र काम गर्ने भइदिए हुन्थ्यो भन्ने लाग्छ । पौडेललाई राम्ररी थाहा छ कि उहाँको यो चाहना पूरा हुन सक्दैन तर पनि आश गर्न भने छाड्नुहुन्न । उहाँकी छोरी एक बौद्धिक अपाङ्ग हुनुहुन्छ । दैनिक जीवनमा आइपर्ने काम गर्नका लागि उहाँको छोरी स्वस्तिकालाई सहज छैन । छोरीलाई रेखदेख गर्नुपर्ने भएकाले आमा निर्मला घर छाड्नुहुन्न । कहिँकतै जानुपरे छोरीलाई साथैमा लिएर हिँड्नु हुन्छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिका परिवारका लागि आयोजना गरिएको स्याहार सम्बन्धी तालिममा सहभागी हुन पौडेलले छोरीलाई सँगै लिएर पोखरा आउनुभयो ।
स्वस्तिका …

बौद्धिक अपाङ्गता: मान्छे सग्लै, के को अपाङ्ग ?
0 comment
0 FacebookTwitterEmail

पोखराको सराङकोट ग्यारजातीमा रहेको बाल सुधार गृह (बाल कारागार) मा विभिन्न जिल्लाबाट आएका बालकहरू बाल बिजाइँको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । बाल सुधार गृहको परिसरमा भान्छा, बस्ने होस्टल, विद्यालय, सुधार गृहको अफिस भवन रहेको छ । १८ वर्षभन्दा मुनिका बालबालिका भएकाले उनीहरूलाई पढ्नका लागि प्रोत्साहन गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्रमअन्तर्गत न्यूनतम सुविधाबिहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) को व्यवस्थापनमा सुधार गृहमा रहेका बालकहरूलाई विद्यालयमा पढाउन ३ जना प्रशिक्षक राखिएका छन् । अहिले त्यहाँ रहेका बालकमध्ये केही सोही विद्यालयमा र केही क्याम्पसमा पढिरहेका छन् । १८ वर्ष नपुग्दै सुधार गृहमा आएका तर १८ वर्ष कटिसकेपछि …

नाम सुधार गृह: छैन पानी न छ सुत्ने ठाउँ
0 comment
0 FacebookTwitterEmail

पहिलो त्यता कोही जाँदैनथ्यौं, डर लाग्ने ठाउँ थियो। झार थियो। हामीले त्यतिबेला थाहा पाउँदा ताल ठूलो थियो। त्यतिबेला कमलपोखरी ताललाई बुडुवा भन्थ्ये। अहिले त तालको छेउछाउको जग्गा मिचेर, अहिले धान खेत छ त्यहाँ।’

७९ वर्षीय केशबहादुर विश्वकर्माले वताएको यो ताल अहिले पोखरा महानगरपालिका वडा नं १३ कुँडहरमा पर्छ। १ सय ८२ रोपनी क्षेत्रमा फैलिएको ताल खुम्चिएर हाल ३२ रोपनीको भएको छ। केशबहादुर वा हस्तिमाया विश्वकर्माले आमा समूह बनाएर ताल नजोगाएको भए अहिले त्यही ३२ रोपनीको ताल पनि देखिने थिएन।

विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी तालको संरक्षणका लागि जीवन विताउनु भएकी ७४ वर्षीय हस्तिमाया भन्नुहुन्छ, ‘त्यतिबेला …

विश्वकर्मा समुदायले जोगाइदिएको पोखराको कमलपोखरी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved