Home » Archives for दुर्गा रानामगर/पोखरा
Author

दुर्गा रानामगर/पोखरा

पुतली बाजेको नामले परिचित पुतली विज्ञ कोलिन फिलिप स्मिथको ८७ वर्षको उमेरमा निधन भएको छ। पोखराको नयाँ गाउँस्थित चर्चमा बस्दै आएका स्मिथको आज बिहान ३ बजे निधन भएको हो। सन् १९७२ मा बेलायतबाट गणित शिक्षकका रूपमा नेपालका आउनुभएका स्मिथ यतै बस्नुभयो। उहाँले पुतली अध्ययनमै जीवन अर्पण गर्नुभयो। नेपालमा पाइने पुतलीको अध्ययन गरेकाले उहाँलाई ‘पुतली बाजे’ उपनाम दिइएको थियो।

‘पुतली बाजे’ का बारेमा पत्रकार दुर्गा रानामगरले लेख्नु भएको लामो प्रोफाइल २०७९ साउन २२ गते आइएनएस-स्वतन्त्र समाचारमा छापिएको थियो। पुतली बाजेलाई श्रद्धाञ्जलीका स्वरूप प्रस्तुत छ, दुर्गा रानामगरले लेख्नु भएको उक्त प्रोफाइल।

____________________________________                   ___________________________________________             __________________________________

पोखराको हरियोखर्क अस्पतालस्थित प्यालिएटिभ केयरको बेड नं बी …

अलबिदा ! पुतली बाजे।
0 comment
0 FacebookTwitterEmail

कास्कीकी आरतीलाई उहाँको परिवारले अरू वेला एक्लै छाड्दैन। त्यसदिन घरमा आमा-छोरी मात्रै थिए, गाउँमा पूजाको निम्तो मान्न जानु थियो। ‘नजिकै छ, एकैछिन त हो नि’ भनेर बौद्धिक अपांगता भएकी आरतीलाई घरमा एक्लै छोडेर आमा बाहिरिनुभयो।

आमा निस्किएको केही बेरमै आरती कराएको अस्वाभाविक आवाज छिमेकीले सुने। सुरुमा बेवास्ता गरे पनि लगातार त्यस्तै आवाज आएपछि छिमेकीहरू दौडिएर उहाँलाई हेर्न पुगे। कोठामा आरतीलाई अर्को पुरुषले अँठ्याइरहेको थियो।

लेखपढ गर्दै बौद्धिक अपांगता भएकी बालिका। तस्वीरहरु: दुर्गा राना मगर

लछारपछार पारिएकी उहाँले प्रतिकार गर्न बाउँडिएका औंलाले कुचो समाउनुभएको थियो। अम्रिसोका ठूटा कोठाभरि छरिएका थिए। लगाएको सुरुवाल तल झरेको थियो। छिमेकीले ती पुरुषलाई समातेर प्रहरीको जिम्मा …

0 comment
0 FacebookTwitterEmail

भव्य तामझामका साथ पोखरामा सुरु भएको नवौँ राष्ट्रिय खेलकुद बिहीबार राती बल्ल बल्ल सकिएको छ। असोज २८ देखि सुरु प्रतियोगिताको समापन बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो। प्रधानमन्त्री देउवाले खेलकुदको क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताउनुभएको थियो।

प्रधानमन्त्री देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले खेलाडीको बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्दै आएको पनि बताउनुभयो। अनि उहाँले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्यारा हुँदाहुँदै पनि खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो।

प्रधानमन्त्री देउवाको यो भाषण लेख्नेले नवौँ राष्ट्रिय खेलकुदको भद्रगोल र …

जेनतेन सकियो अव्यवस्थित नवौँ राष्ट्रिय खेलकुद
0 comment
0 FacebookTwitterEmail

गण्डकी प्रदेशमा आयोजनामा सुरु भएको नवौँ राष्ट्रिय खेलकुदले पोखरा र समग्र गण्डकी प्रदेश यतिबेला तातिएको छ। खेलको उद्घाटन आज शुक्रबार अपरान्ह  पोखरा रङ्गशालामा गरिएको हो । राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले भन्नुभएको छ,  ‘‘देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ।यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्छु।”

‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ  नवौँ राष्ट्रिय खेलकुद भव्य समारोहका बीच सुरु भएको हो। औपचारिक उद्घाटनलाई भव्य

0 comment
0 FacebookTwitterEmail

पोखराको हरियोखर्क अस्पतालस्थित प्यालिएटिभ केयरको बेड नं बी २०० मा भेटिनुहुन्छ कोलिन फिलिप स्मिथ। समय हुने बित्तिकै कि पढ्ने, कि लेख्ने, कि डुल्न हिड्नु हुने कोलिन अहिले अस्पतालको बिस्तरामा पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्यूमरसँग लड्दै हुनुहुन्छ। हिडेर एक्लै नेपालका अधिकांश जिल्ला पुग्नुभएको उहाँलाई अहिले बिस्तराबाट उठ्न हिँडडुल गर्न सहाराको आवश्यकता पर्छ। उमेरले ८६ वर्ष पुग्नुभयो। शरीरले साथ दिएको समयमा अहिले अस्पतालको बिस्तराबाट चिया पिउन क्यान्टिन सम्म पनि पुग्नुहुन्छ। बिस्तरा छेउको टेबलमा रहेको बाइबल पनि पढ्नुहुन्छ। धेरै बोल्नु हुदैँन। त्यसबाहेकको अधिकांश समय निदाउनुहुन्छ। दुई महिनादेखि अस्पतालमा रहेका कोलिन स्मिथको दिनचर्या अहिले यस्तै छ।

उहाँको यथार्थ नाम कोलिन फिलिप स्मिथ …

पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’
0 comment
0 FacebookTwitterEmail

बुधबार पोखरा–१३ कमलपोखरीकी सरिमा घर्तीलाई कोठामै भिजेका लत्ताकपडा, सरसामान सुकाउने हतार थियो। आईतबारदेखि अबिरल परेको वर्षा बुधबार दिउँसो केही कम भएसँगै घाम लागेको थियो। घाम लागेपछि केही राहत महसुस गर्दै घर्ती र उनका छोरा बुहारी कोठाका सामान बाहिर ल्याएर सुकाउँदै हुनुहुन्थ्यो। भारी वर्षाका कारण पोखराको कमलपोखरी क्षेत्र सोमबार डुबानमा परेको थियो।
सो क्षेत्रमा रहेको झन्डै एक सय घरका प्राय: भुइँतला जलमग्न भएका थिए। सरिमाकी बुहारी एलिजा कपडा सुकाउन व्यस्त हुँदा छोरा राजकुमार घर्ती आफ्नो दुई महिनाको बच्चा समाइरहनु भएको थियो। राजकुमारले भने– ‘पानी बढ्दै गएपछि डर लाग्न थाल्यो। सानो बच्चा पनि भएकाले आत्तिएका थियौं। कोठाका सामानमाथि मिलाएर राख्यौं। अनि परिवार …

0 comment
0 FacebookTwitterEmail

सन्तोषले दिदी सुनितालाई विहानै उठेर ताल छेउमा चिया बेच्न जाने बताएका थिए। दिदि सुनिता, छोरी सिम्रन र भाइ सन्तोष पोखरा–६ डिहिकोपाटनस्थित टिनले छाएको सानो कोठामा तीन वर्षदेखि डेरा गरि बस्दै आएका थिए। कहिले ज्याला मजदुरी, कहिले लेकसाइडमा पानीको बोतल बेच्ने गर्थे सन्तोष। यता सुनिता भने नजिकको पार्लरमा काम गरिरहेकी थिइन्। दिदी भाइ मिलेर कमाएको पैसाले घरको खर्च चलिरहेको थियो। अघिल्लो दिन मात्र चिया बेच्छु भनेको भाइ सन्तोष भोलिपल्ट बिहान उठ्न सकेन। दिदी सुनिता सुनारलाई अहिले पनि राती के भयो भन्ने त्यति धेरै स्मरण छैन।

आइतबार साँझदेखि नै पोखरामा अविरल भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण नै आएको पहिरोले सोमबार …

शहरमा पहिरोः ताल छेउ चिया बेच्न पाएन ‘ठूले’ ले 
0 comment
0 FacebookTwitterEmail

वि.सं २०७३ साल वैशाख १ गते शिलान्यास गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न थालिएको ६ वर्ष पुगिसकेको छ। २२ अर्ब लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले सञ्चालनको पर्खाइमा छ। हाल ९८ प्रतिशत काम सम्पन्न भइसकेको भनिएको छ र जनवरी १, २०२३ देखि सञ्चालनमा ल्याउने बताइएको छ। यसअघि जनवरी १, २०२२, नयाँ वर्ष २०७९, र असार मसान्त २०७९ मा पनि आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडान सुरू गर्ने बताइएको थियो। निर्माणको काम नसकिएपछि उडान हुन नसकेको हो। अब जनवरी १, २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन्छ हुँदैन त्यो हेर्न भने बाँकी नै छ। चिनियाँँ कम्पनीसँगको सम्झौता अनुसार २०७८ असारमै काम …

२२ अर्ब ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के होला ?
0 comment
0 FacebookTwitterEmail

फेवातालको सुन्दरता नियाल्न देश विदेशबाट हजारौंको संख्यामा पर्यटक पोखरा आउँछन्। करिब ५.७२६ वर्ग किलोमिटरमा फैलिएको फेवातालमा डुंगा चढेर पर्यटकहरू तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शनसँगै फेवातालको सयर गर्न पनि मन पराउँछन्। अधिकांश पर्यटक फेवाताल पुगेपछि डुंगा चढ्छन्। कहिलेकाँही फेवातालमा डुंगा दुर्घटनामा पर्ने गरेका छन्। कहिले प्राकृतिक कारणले त कहिले मानवीय कारणले फेवातालमा डुबेर धेरैले ज्यान गुमाएका छन्। फेवातालमा डुंगामात्र होइन प्याराग्लाइडिङ गर्ने क्रममा पनि तालमा दुर्घटनामा पर्ने गरेका छन्। फेवातालमा हुने यस्तो दुर्घटनामा उद्धारको कार्यका लागि हाल सशस्त्र प्रहरी बल र नेपाली सेना दुवैले उद्धार टोली फेवातालमा खटाएको छ। सशस्त्र प्रहरीले टावरको निर्माण गरी उद्धार टोली राखेको छ भने नेपाली …

फेवातालको अरु किनारमा पनि उद्धार केन्द्र स्थापना गर्नु आवश्यक
0 comment
0 FacebookTwitterEmail

विदेशी पेडोफाइलहरूका लागि हब बनेको छ- नेपाल। पेडोफाइल अर्थात् ससाना बालबालिकाहरूप्रति यौन चाहना हुने व्यक्ति हुन्। पेडोफाइल पुरुष र महिला दुवै हुन सक्छन्। सबै पेडोफाइल यौन दुराचारी हुन्छन् भन्ने हुँदैनन् कतिले यस चाहनालाई दबाएर, काउन्सिलिङ गर्छन् भने कतिले आफ्नो चाहना पूरा गर्न लागि पर्छन् र बालबालिकालाई यौन शोषण गर्छन्।

युरोप तथा अमेरिकामा कडा कानुन भएकाले पनि यस्ता पेडोफाइलहरू नेपाल, भारत जस्तो मुलुकमा आफ्नो चाहना पूरा गर्न आउँछन्। भनिन्छ नेपाल पेडोफाइलहरूका लागि स्वर्ग हो रे। विदेशी पर्यटकको भेषमा नेपाल घुम्ने उद्देश्यले होइन कानुन बलियो छैन, भाग्न सकिन्छ र सुरक्षित हुन्छ भन्ने सोचले बालकहरूमाथि यौन शोषण गर्न उनीहरू आउँछन्। …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved