Home » Archives for रोशनी अधिकारी
Author

रोशनी अधिकारी

मनसुन सकिने बेलामा आरीघोप्टे पानी परेर मुलुकको पश्चिमी भाग तहसनहस भएको केही समय पछि नै देशमा चुनाव भइरहेको छ। हामीले खासै वास्ता नगरेको जलवायु परिवर्तनको असर नेपाल वा समग्र दक्षिण एसियाको वर्षा प्रणालीमा परिसकेको छ। तर हामीमा गम्भीरता देखिएको छैन।

प्राकृतिक वातावरण तथा जैविक विविधतामा पर्ने प्रतिकुल वातावरणीय प्रभाव न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनको चुनौतीलाई  सामना गर्नका लागि पर्यावरणीय विषयलाई उच्च राजनैतिक प्राथमिकतामा राखिनु पर्छ। नेपालको लामो राजनीतिक संक्रमणमा वातावरणीय संरक्षणको क्षेत्रमा अत्यन्तै कम ध्यान गएको देखिन्छ। जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बनेको वातावरण प्रदूषणलाई हामीले उच्च प्राथमिकताको राजनीतिक एजेन्डा बनाउनु आवश्यक भइसकेको छ।  वातावरण संरक्षण र पर्यावरणीय सन्तुलनलाई राजनीतिको …

0 comment
0 FacebookTwitterEmail

देशको आर्थिक अवस्था जतिनै जर्जर भएपनि बजारमा साउन महिनाको तयारी सुरु भइसकेको छ। जताततै हरियो, पहेँलो र रातो चुरापोते अनि कपडाको किनमेल देखिदैछ। यी रङ्ग लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। यसैले त साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको होला।

चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरू पनि उत्तिकै पाइन्छ। तर यथार्थमा चाहिँ रसायन हालेका मेहन्दीका कारण गाढा मेहन्दीको रङ्गले श्रीमान्‌को माया भन्दा पनि हानिकारक …

0 comment
0 FacebookTwitterEmail

आफ्ना छोरा छोरी पढ्न अष्ट्रेलिया‚ अमेरिका जस्ता देशमा पठाउने उतै काम गर्ने घर बनाउने आफ्नो सामाजिक जीवन ती देशहरूमा बिताउने‚ छोरा छोरी पाएपछि वृद्धभत्ता खादैँ गरेका आमाबुबा नातिनातिना हेर्नको लागि विदेश जाने यो प्रवृत्तिले नेपालको अर्थतन्त्र कहाँ पुग्छ?

एक जना वरिष्ठ नेताले भनेको यो कुरा मनन गर्नु भएको छ?

कि आर्थिक वर्ष ०७९/८० को साउनदेखि ६८ वर्षको उमेरका सबै नेपालीले नेपाल सरकारले हालै गरेको निर्णय अनुसार वृद्धभत्ता  पाउने छन् भनेर दंग परेर बस्नु भएको छ।

शिक्षा आर्जन र रोजगारीका लागि क्षमतावान शैक्षिक बेरोजगारहरू धमाधम विदेश पठाइदै छ। स्वदेशमा उनीहरूलाई कुनै अवसर न त सरकारले देखाएको छ‚ न स्वयम् शिक्षित विद्यार्थीहरूले …

छोरीछोरी विदेश पठाएर राष्ट्रवादको गफ हाक्नेबाट पीडित नेपालको अर्थतन्त्र
0 comment
0 FacebookTwitterEmail

नेपालमा महिलाहरू पनि स्मार्ट‚ स्वतन्त्र र सुरक्षित हुन चाहन्छन्। महिलामैत्री वातावरण चाहन्छन्। त्यसको अर्थ के पनि हो भने हिँडिरहेकी एउटा महिला महिनावारी हुँदा नजिकै रहेको महिलामैत्री शौचालयमा पुग्न सकुन्‌‚ थकाइ लाग्दा थकान मेटाउने सुरक्षित विश्रामालय पाउन सकुन्‌‚ सवारी साधनहरूमा यात्रा गर्दा सुरक्षित सिटमा बस्न पाउन्‌।

महिलाप्रतिको धारणा र उनीहरूलाई गरिने व्यवहारमा राज्यको पहिचान पनि  लुकेको हुन्छ। त्यसकारण ती व्यवहारहरू यस्ता होउन् कि त्यो कम्तिमा दक्षिण एसियामा मात्रै भए पनि उदाहरणीय बन्नसकोस्। महिलाप्रतिको सम्मानजनक व्यवहार देशभरिका धनि तथा गरिब वा जुनसुकै तह र तप्काका महिलाले अनुभूत गर्न सकुन्।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल महिलाको आरक्षणमा मात्र होइन साँच्चै महिलाको प्रतिनिधिको रूपमा …

कसरी सम्भव होला महिलामैत्री वातावरण?
0 comment
0 FacebookTwitterEmail

यसपाली स्थानीय सरकारमा चुनिएका ३ सय ८५ जना स्वतन्त्र उम्मेदवारहरूले धेरै भ्रमहरू चिरिदिएका छन्। पहिलोचाहिँ मनी र मसल बिना चुनाव जित्न सकिदैंन भन्ने भ्रम चिरिएको छ भने राजनीतिमा चुनाव चिह्नको स्थायी ब्राण्डबाट मात्रै भोट लिन सकिन्छ भन्ने भ्रम पनि भताभुङ्ग भएको छ। वास्तवमा स्वतन्त्र उम्मेद्वारको जित दलीय व्यवस्थाका नाममा केही नेताले चलाएको जिम्मुवाल तन्त्र प्रति नाकमा बजाइएको बलियो मुक्का हो। जनताको यो आक्रोश नेताप्रतिको वितृष्णाको रूपमा मात्रै प्रकट भएको छ।

स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भई अधिकांश परिणाम प्राप्त भइसकेको छ। आगामी ५ वर्षका लागि आफ्नो योजनासहित सबै निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संकल्प पूरा गर्न कार्यारम्भ पनि गरिसकेका …

दलको जिम्मुवाल तन्त्र विरूद्ध विद्रोह र पार्टी ब्राण्डको भ्रम
0 comment
0 FacebookTwitterEmail

नेपालको वर्तमान संविधानअनुसार हरेक ५ वर्षमा स्थानीय तह निर्वाचन हुने प्रावधान बमोजिम २०७४ सालपछि दोस्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहका ७५३ वटै तहमा निर्वाचन सम्पन्न भसकेको छ। स्थानीय तहको विकासको लागि पाँच वर्षको योजनासहित धेरै जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। यो लेख तयार पार्ने वेलासम्म लगभग ७ सय ३० वटा स्थानीय तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ।

विगतदेखि राज्यका हरेक तहमा महिलाको सहभागिता र समावेशिताको विषय उठिरहेको छ। स्थानीय तहमा पनि हरेक नीति निर्माणमा र विकासमा महिलालाई समावेशीको आधारमा सहभागिता गराइएको छ। के साँच्चै महिलाको सशक्तिकरणका लागि २०७९ साल वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले भूमिका खेलेको पाइयो …

स्थानीय तह निर्वाचन २०७९: अझै हावी छ– लैंगिक विभेद र पुरुषवादी सोच
0 comment
0 FacebookTwitterEmail

बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्‍गम स्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्दछ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यो नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू पवित्र मान्दछन् ।  यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्त हुनुका साथै मोक्ष समेत प्राप्त हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विगत केही वर्षदेखि यस नदीको स्वच्छताका लागि थुप्रै योजना र कार्यक्रम सञ्चालन भए तर  समस्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जनसंख्या‚ अनियन्त्रित शहरीकरण‚ अव्यवस्थित ढल एवम् फोहोरमैलाले शहर झन् प्रदूषित हुँदै आएको छ । नदीको जलमार्ग दिनानुदिन साँघुरिदै गएको छ भने नदीको वहाव पनि …

कस्तो नबनाउने काठमाडौंलाई ?
0 comment
0 FacebookTwitterEmail

कयौं दिदीबहिनीले जसरी नै वैदेशिक रोजगारमा पाएको पीडा भोजपुरकी २७ वर्षीय उमाले पनि लुकाउनु भएको छ। आफुले बैदेशिक रोजगारमा गएको वेला पटक-पटक पाएका दु:खका दिन सम्झिदै देशको राम्रो रोजगार नीति भएको भए आफू विदेशिन पर्थेन कि भन्ने लाग्छ उमालाई। विदेशमा कैयौं महिलाहरू त्यहाँको दु:ख पीडा नभनी समाजिक आवश्यकता पुरा गर्न पैसाको लागि संघर्षरत जिवन जिउन बाध्य छन्। समाजमा वैदेशिक रोजगारका पीडाको सुनुवाई कहाँ नै हुन्छ र। त्यसै चुप बस्न बाध्यता छ भन्नुहुन्छ उमा।

नेपालको सामाजिक सोच महिलाहरूप्रति फरक छ। त्यसैले आफ्नो पीडा लुकाई हासेर विदेशबाट कमाएको पैसाले जेनतेन आफ्नो रोजीरोटी चलाउनु पर्नेछ।यतिबेला रोजीरोटीका लागि विदेश जानु गलत रहेको लाग्छ उमालाई, …

पेचिलो काँडा बनेको  महिला वैदेशिक रोजगारी
0 comment
0 FacebookTwitterEmail

तथ्यांकमा त राज्यका सबै अंगमा महिलाहरूको सहभागिता त देखियो तर निर्णय प्रक्रियामा नै नेतृत्व लिने काम न त पुरूषले दिन चाहे न महिला नेतृत्वले खोस्न नै सक्यो। यो अवसर अबको निर्वाचनमा छ। महिला महिला भिड्नेभन्दा पनि क्षमतावान महिला प्रतिस्पर्धामा उत्रिनै पर्छ, भिड्नै पर्छ।कतिञ्जेल निरीहा बनेर अर्काले दिएको भाग थापेर बस्ने?  स्थानीय तहदेखि संघसम्म सक्षम र क्षमतावान महिलालाई प्रतिस्पर्धामा आउने वातावरण सिर्जना गर्न काम नेपालका ठुला राजनीतिक दलहरूले पनि गर्नै पर्छ।

समाजको विकासका लागि महिला र पूरुषको उत्तिकै भूमिका हुन्छ। महिला र पूरुष दुबैको विकासविना राष्ट्रको विकास पनि सम्भव छैन। नेपालमा महिलाहरूले महत्वपुर्ण अबसर पाइरहदा पनि पितृसतात्मक चिन्तनका कारण रुमल्लिएका र …

निरीहा हैन, प्रतिस्पर्धामा उत्रिने महिला !
0 comment
0 FacebookTwitterEmail
  • नेपालमा एकै समयमा राजनीतिक र न्यायिक उच्च पदमा महिला सहभागी हुनुले विश्वमा महिला सहभागितमा नेपाल अझ बलियो बन्दै गएको छ। यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुपर्‍यो, भात भान्सामा रुमल्लिनु पर्‍यो भन्नु मानसिक रूपमा कमजोर महशुस गर्नु हो। सक्षम र सवल महिलाहरू समाजका हरेक अङ्गमा अग्रस्थानमै छन् र प्रयास पनि जारी रहने छ।
  • महिला हिंसा, विभेद र शोषणका घटनाका समाचार पत्रपत्रिकामा छापिनै रहेका छन्। अझै पनि हाम्रो समाजमा कहिँ–कतै जन्म उत्सवदेखि मृत्यु संस्कारसम्ममा भेदभाव र अपहेलना गरिन्छ। तर त्यो पनि धेरै महिलाको साहस र सहभागिताले अन्त्य होला भन्ने विश्वास छ।

“नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी” भन्ने …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved