Home » Archives for March 2022 » Page 2
Monthly Archives

२०७८ चैत्र १४, सोमबार १६:२८

तत्कालीन प्रधानमन्त्री खड्‍गप्रसाद (केपी) शर्मा ओलीले संविधानका धारा- उपधाराहरूको अपव्याख्या गरि निर्वाचित अधिनायक बन्ने दुराकांक्षा राखेपछि उहाँमाथि अंकुश लगाउँनै पर्ने बाध्यात्मक परिस्थितिमा बनेको थियो – वर्तमान सत्ताधारी गठबन्धन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी दल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल मिलेर बनेको गठबन्धनको सरकारले सत्ता सम्हालेको पनि ८ महिना भन्दा केही बढी समय बितिसकेको छ। नीति, सिद्धान्त र कार्यशैलीका दृष्टिले पाँच कोणतिर फर्किएका भिन्न रूपाकारका दलहरूको परिपाक मिलेर बनेको पञ्चक्वाजस्तो भए पनि यस गठबन्धन सरकारले धेरै प्रकारका जटिलतामा जेलिएको यस देशको निजामतलाई ठीकठाकै चलाइरहेको देखिनु चाहिँ सन्तोषजनक छ भन्नैपर्ने हुन्छ।

यस बीचमा …

आसन्न चुनावः दुष्चिन्ताको तरङ्गमा प्रचण्ड र माधव
0 comment
0 FacebookTwitterEmail

काठमाडौँको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजबाट शुरू भएको तीन देश सम्मिलित टी–२० प्रतियोगितामा नेपालले विजयी शुरूवात गरेको छ।चिरपरिचित प्रतिद्वन्द्वी पपुवान्युगिनी (पीएनजी) लाई रोमाञ्चक खेलमा १५ रनको झिनो अन्तरले पराजित गर्दै नेपाली टोलीले प्रतियोगितामा सुखद शुरूवात गर्‍यो।
पपुवान्युगिनीले टस जितेर ब्याट्स्म्यानहरूलाई सहयोग गर्ने पिचमा नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।नेपालले २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १८३ रनको सम्मानजनक योगफल बनायो।नेपालका लागि आशिफ शेख र रोहित पौडेलले दोस्रो विकेटका लागि ८० रनको ठोस साझेदारी पूरा गरे।आसिफले ३५ बलको सामना गर्दै ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए भने रोहितले २६ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ३४ …

ट्राइनेशन टी–२० सिरिज २०२२: नेपालको विजयी शुरुवात
0 comment
0 FacebookTwitterEmail

कोरोना महामारी नियन्त्रणका नाममा लकडाउन घोषणा गरे लगत्तै केपी ओलीको गठवन्धनको सरकारले गरेका एउटा चर्चित खरिद काण्ड, जो ‘ओम्नी प्रकरण’ का नामले चर्चित छ, ले देशैभर ‘भ्रष्टाचार गर्दा पनि केही फरक पर्दैन’ भनेजस्तो गलत सन्देश प्रवाहित भएको थियो। त्यस्तो खुला भ्रष्टाचार भएको अवस्थामा पनि तत्कालीन प्रधानमन्त्री ओलीले दोषीलाई कारवाही गर्नु त परै जाओस्, ‘महामारीका घडीमा बन्दोवस्तीका सामान खरिद वा अन्य व्यवस्थामा कसैले औँला नउठाउँनु’ भन्ने अर्थ लाग्ने गरी चेतावनी दिएपछि यस विषयमा महालेखा नियन्त्रण र अन्य निकायले चासो दिएर अध्ययन थालेका छन्।

हल्ला अनि विरोधका स्वरसँगसँगै खरिद प्रक्रिया पनि अगाडि बढिरहेको समयमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरे। त्यसमा ‘नागरिकको जीवनरक्षा …

भ्रष्टाचारको विस्तार: कोरोनाका नाममा चारमहिनामा १४ अर्ब ‘मनपरी खर्च’– महालेखा
0 comment
0 FacebookTwitterEmail

भुईँ वा जमिनमा फुल्ने सुनगाभा(अर्किड) मध्ये साह्रै मिठो वास्ना आउने आकर्षक फूल भएको वनस्पति हो बन अदुवा वा calanthe plantaginea। यो बसन्तमा फूल्छ। यौन शक्ति बढाउने भ्रममा परेर मानिशहरूले यसको धेरै नाश गरे। अहिले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रणसम्बन्धी महासन्धी साइटिसको सूचिमा राखेर संरक्षणको प्रयास गरिएको छ।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

यौन शक्ति बढाउने भ्रम र भुईँमा फुल्ने सुनगाभाःयौन शक्ति बढाउने भ्रम र भुईँमा फुल्ने सुनगाभाः
0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ। निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा आज आइतबार आगलागी गरिदिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीयको घरमा आगो लगाएका हुन्।

‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भने आफूलाई आगलागीबारे पूर्ण जानकारी नभएको बताउहुन्छ। गणेशप्रसादले भन्नुभयो, ‘निकुञ्ज विभागबाट …

ब्रेकिङः चितवन निकुञ्जले जलायो कुसुमखोलाको १० घर
0 comment
0 FacebookTwitterEmail

चाँदीगाभाको सौन्दर्यः पुराना बुढा रूखमा आड लागेर ठुला चट्टानमा झुण्डिएर उम्रिने अर्किडमध्येको सुन्दर वनस्पति हो चाँदीगाभा Coelogyne Cristata। दुईवटा फ्रेमको यो चाँदीगाभा फूल्ने मौसम यही हो बसन्त र पाइने ठाउँ हो हाम्रा मध्यपहाडी क्षेत्रका वनजङ्गल।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

चाँदीगाभाको सौन्दर्यचाँदीगाभाको सौन्दर्य
0 comment
0 FacebookTwitterEmail

नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एकदिवशीय खेलमा पराजय भोगेको छ। भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी) विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले  जित्न भने सकेन।

नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने पक्कै रहेका थिए। दुवै खेल ‘हाइस्कोरिङ म्याच’ का रूपमा रोमाञ्चक साबित भए। नेपाली क्रिकेटमा मुश्किलले देख्न पाइने शतकीय पारी यी दुवै खेलमा नेपाली खेलाडीको ब्याटबाट निस्किनु ज्यादै सुखद पक्ष रह्यो। यी दुई खेलका क्रममा टोलीका केही खेलाडीहरूले केही ब्यक्तिगत किर्तिमानको कोशेढुंगा पार गर्न सफल पनि भए। यही खेलमार्फत केही युवा खेलाडीले टिमबाट …

पपुवान्युगिनीविरुद्धका दुई खेलः नजिते पनि रोमाञ्चक
0 comment
0 FacebookTwitterEmail

तपाईँ जुत्ता लगाएर घरभित्र पस्नुहुन्छ की ? वा घरबाहिर नै खोल्ने चलन छ? सामान्यत हामीकहाँ -(हिमाली क्षेत्रमा बाहेक) घरबाहिर नै जुत्ता खोल्ने चलन छ तर पश्चिमि देशहरूमा भने घरभीत्र जुत्ता लगाएर घुम्नु एउटा सामान्य प्रक्रिया हुन्छ।  तर घरभित्रका प्रदुषकहरूमाथि गरिएका अनुसन्धानलेचाहिँ जुत्ता घरबाहिर नै खोल्ने पूर्वेली चलन सुरक्षित रहेको देखाएको छ।र, घरबाहिर जुत्ता फुकाल्नु भनेको रोगहरूलाई घरबाहिरै छाड्नु हो भन्न थालिएको छ।

हामी आफ्नो जुत्तामा धूलो, हिलो वा केही फोहर लाग्यो भने त्यसलाई पुछपाछ पारेर सफा गर्छौँ, तर जब हामी बाहिरबाट आफ्नो घरमा प्रवेश गर्छौँ, के हामी आफ्ना जुत्ता घरबाहिर नै खोल्न रुचाउँछौँ ? वा सरासर …

पश्चिमाहरू जुत्ता घरबाहिर नै खोल्न सिक्दैछन्। किन?   
0 comment
0 FacebookTwitterEmail

पञ्जाबका नयाँ मुख्यमन्त्रीले आफ्नो राजनीतिक आरोहणका क्रममा केही असफलताहरू भोगेका छन्, र केही अप्रत्याशित सफलताहरू पनि भोगेका छन् र भोगेका छन् व्यक्तिगत संघर्षहरू– तर जति भोगेका छन् सबै सार्वजनिक रूपमा भोगेका छन्।

जब भगवन्त मान पञ्जाबको मुख्यमन्त्री पदको शपथ खाइरहेका थिए, तब सतोज गाउँका सबैजना आफूलाई भगवन्तको नजिकको मित्र वा नातेदार हुँ भनेर दावा गरिरहेका देखिन्थे।

‘हामी सँगै स्कूल जान्थ्यौँ, हामी मिल्ने साथी थियौँ’, ‘उसले मलाई कतिपटक भनेको छु म उसको फेवरेटट अन्टी हुँ भनेर’, ‘जब त्यो गाउँ आउँथ्यो, सधैँ गुरूघर (गुरूद्वारा) आएर मेरो खुट्टामै ढोगिदिन्थ्यो’, ‘म त वहाँको काखैमा हुकिएको हो नि !’, ‘वो तो भाई अपना प्रा है …

‘कलेज ड्रपआउट’ ‘जोकर’ र ‘जड्याहा’ बाट कसरी बने भगवन्त मान पञ्जाबका मुख्यमन्त्री
0 comment
0 FacebookTwitterEmail

वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका छन् ।तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीईटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको छ।

मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका हुन्। वैज्ञानिकहरूले यसलाई आश्चर्यजनक मानेका छन्। यसबाट विश्वमा प्लास्टिक प्रदुषणमुक्त कुनै ठाउँ छैन भन्ने कुरा प्रष्ट भएको छ । यसअघि समुन्द्र गहिराईदेखि हिमालको उचाईसम्म प्लास्टिक प्रदुषणको अस्तित्वको प्रमाण भेटिएको थियो। अहिलेचाहिँ मान्छेको रगतमा नै प्लास्टिक प्रदुषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो।

यस सम्बन्धी अनुसन्धान इन्भाइरोमेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित छ । वैज्ञानिकहरूले गरेको परीक्षणमा करिब ७७ प्रतिशत मानिसको रगतमा माइक्रोप्लास्टिकका टुक्राहरू भेटिएका हो। …

पहिलो पटक मानिसको रगतमा भेटियो माइक्रोप्लास्टिक्स, वैज्ञानिकहरू किन चिन्तित ?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved