तीव्र गतिका बलर करन केसीले पहिलोपक टी–२० क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिएपछि राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।पपुवान्युगिनीविरुद्ध दोस्रो खेलमा ३७ रनको सहज जित हासिल गरेपछि नेपालले एक खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको हो।
खेलमा पपुवान्युगिनीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।तर पीएनजीको यो निर्णयलाई गलत सावित गर्दै नेपाली खेलाडीहरुले खुलेर ब्याटिङ गरे।मध्यक्रममा दिपेन्द्रसिंह ऐरीले आक्रामक खेल खेल्दै ६६ रन बनाएपछि नेपालले २० ओभरमा २०३ बलियो योगफल तयार पारेको थियो।चौथो अन्तराष्ट्रिय टी–२० अर्धशतक पूरा गर्ने क्रममा दिपेन्द्रले ३३ बलको सामना गर्दै ३ चौका र …
