Home » Archives for March 2022 » Page 3
Monthly Archives

२०७८ चैत्र ११, शुक्रबार १८:०९

चितवन। लिलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवन अन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गरे।

सडकको नियमित सरसफाइ गर्ने उनको ड्यूटी थियो। २०७ भदौ २५ गते सडक सफाइ गरिरहँदा प्रहरीले हाँकेको स्कूटरले ठक्कर दियो। ६७ वर्षका लिलाधरको हातमा चोट लाग्यो। हात औँलामा चोट धेरै लाग्यो। नियमित सडक सफाइको काम गर्न नसक्ने भए।

२०६१ सालमा ३ हजार पाँच सय रुपैयाँबाट जागिर सुरु गरेका लिलाधरको तलब बढेर २१ हजार २ सय २५ रुपैयाँ पुगेको थियो। काम गरेको १७ वर्षसम्म न त कार्यालयले बीमा गरिदियो न उनको सुरक्षाको लागि कुनै सुविधा थियो। उपचार खर्च भने कार्यालयले व्यवस्था गरिदियो।

दुर्घटनामा घाइते भएपछि लिलाधर …

सडक कर्मचारीका पीडा: गाडीभाडामै सकिन्छ आधा तलब
0 comment
0 FacebookTwitterEmail

दुई–तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीबाट एउटा भ्रष्टाचारको काण्ड र त्यससँग जोडिएका व्यक्ति र पदाधिकारीहरूको प्रतिरक्षा गरेको कुरा प्रकट भएपछि स्वाभाविक रूपमा त्यसको प्रभाव राज्यका भ्रष्टाचारको अनुसन्धान र कारवाही गर्ने निकायहरूमा पनि पर्ने नै भयो। त्यसमाथि ती निकायका प्रमुखहरू पनि यिनै प्रधानमन्त्रीबाट नियुक्ति गरिएका कारणले हुनसक्छ, भ्रष्टाचारको ‍पन्ध्र महिनाभन्दा बढी समय बित्दा पनि तर कसैमाथि कुनै प्रकारको कार्वाही भएन।

भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा २ ले ‘भ्रष्टाचार’ को अर्थलाई परिभाषित गरेको छ। उक्त ऐनको दफा ३ र ८ अनुसार यो मुद्दामा अनुसन्धान गर्न सकिने धेरै आधारहरू देखिन्छन्। ऐनको दफा ३ मा भ्रष्टाचारको कसूरका बारे उल्लेख छ। ऐनको दफा ३, …

नागरिकको जीवनरक्षा नाममा जथाभाबी
0 comment
0 FacebookTwitterEmail

युरोपियन च्याम्पियन र चारपटकको विश्वकप विजेता इटाली लगातार दोस्रोपटक विश्वकप फुटवल प्रतियोगितामा छनौट हुन असफल भएको छ। गए राति सम्पन्न विश्वकप छनौटको प्लेअफ खेलमा नर्थ मेसेडोनियाको हातबाट १–० ले पराजित भएसँगै इटालीको विश्वकप २०२२ को यात्रा छनौट चरणमै टुङ्गिएको हो। इटाली २०१८ को विश्वकपमा पनि छनौट हुन सकेको थिए।

फुटबलको महाशक्ति राष्ट्रका रूपमा परिचित इटालीमा फुटबललाई एउटा संस्कारका रूपमा लिइन्छ।  फुटबल खेललाई त्यस देशको अर्थतन्त्रको मात्र नभई त्यहाँको सामाजिक जीवनको समेत एक अभिन्न अङ्ग मानिन्छ। विश्वकपमा इटालीको लगातारको असफलतालाई ऐतिहासिक दुःखद घटनाको रूपमा विश्लेषण गरिएको छ। केहीले यसलाई इटालीयन फुटबलको विनाशका रूपमा हेरेका छन् भने फुटबल समर्थकहरूले भने यो नतिजाबाट …

लगातार दोस्रोपटक इटाली विश्वकपबाट बाहिर
0 comment
0 FacebookTwitterEmail

भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले  भ्रामक विज्ञापन गरेका कारण ‘सेन्सोडाइन’ टूथपेस्टका उत्पादकलाई दस लाख भारू (१६ लाख नेपाली रूपैयाँ) जरिवाना गराएको छ।

इंडियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टका अनुसार, सीसीपीएले सात दिन भीत्र ती सबै भ्रामक विज्ञापन हटाउन निर्देशन पनि दिएको छ।

मंगलवार जारी गरिएको आधिकारिक विज्ञप्तिमा सेन्सोडाइनको ‘दुनियाभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’ को दाबी गरिएका विज्ञापनलाई सात दिन भीत्र हटाउन भनिएको छ। यसका साथै १६ लाख  जरिवाना तिर्न निर्देशन पनि दिएको छ।

यसबाहेक सेन्सोडाइन टूथपेस्टकै विदेशी दन्त चिकित्सकहरूद्वारा सिफारिस गरिएको भनेर देखाउने विज्ञापनलाई पनि सीसीपीएले नै यस अघिकै आदेश अनुसार बन्द गर्न भनिएको …

भ्रामक विज्ञापन दिने सेन्सोडाइन टूथपेस्टलाई १० लाख भारू जरिवाना
0 comment
0 FacebookTwitterEmail

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन्। एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो।

हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन। सिल्भियोले ज्याकी च्यान, जेट लीलगायतका ‍प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् ।

अभिनेता सिल्भियो एक्शन फर नेसन्स (एएफएन)का सद्भावना दूत पनि हुन । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम लगायतका महत्वपुर्ण कार्य गरेको भन्दै हालै मात्र अमेरीकामा शोफेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदैहलिउड अभिनेता सिल्भियो नेपाल आउँदै
0 comment
0 FacebookTwitterEmail

हुन त ऐतिहासिक रुपमा नेपाल कुनै फोस्साको राज्य होइन। पृथ्वी नारायण शाहको धेरै मिहिनेत र कूटनीतिबाट बनेको हो यो राज्य। बहादुर शाहले पश्चिममा बढाएको हो। जंगबहादुरले अंग्रेजबाट केही भाग फिर्ता पाएको पनि हो। अरु कतिले यस राज्य खडा हुँदा अनेक देन दिएका थिए। तर आज आएर नेपाल त एउटा फोस्सामा पाएको राज्य जस्तो भएको छ।

नेपाल भाषाको फ्वसाबाट बनेको फोसा वा फोस्साको अर्थ कुनै वस्तु खरिद गरेपछि सित्तैँ मागिने सानोतिनो वस्तु हो, नेपाली बजारमा तरकारी अथवा जे किन्न जाँदा पनि एक ताका फोस्सामा केही चीज दिने चलन थियो। आजकल पनि कतै कतै यो चलन प्रचलित भएको देखिन्छ।

अरु सबै तरकारी …

फोस्साको राज्य हो नेपाल?
0 comment
0 FacebookTwitterEmail

भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा बनाउनु पर्ने “भिजिट भिसा कार्यविधि/निर्देशिका” प्रस्ताब गर्नुका पछाडिको मूल ध्येयचाहिँ सामान्य सोधपुछ पनि नगरी तस्करहरूलाई लाखौ रूपैयाँ बुझाउएर विदेश जान मरिहत्ते गर्ने नेपालीलाई मानव तस्करबाट जोगाउनु हो। तर जसरी पनि विदेश जान आसक्त नेपालीलाई जोगाउन धेरै गाह्रो किन छ भने उनीहरूलाई तस्करी गर्न सक्रिय मानिशहरू समाजसेवीको मुखौटो लगाएर सबैजसो पार्टीका नेताको वरिपरि घुमेर तिनको दुरूपयोग गर्छन्।

घटना १ – आकर्षक जागिरको प्रलोभनमा दुबईमा नेपालीको बिचल्ली

गत पुसको तेस्रो साता एउटा अनलाइनले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर कोमलराज उपाध्यायले नेपालबाट मानवतस्करी गरेको भन्दै लगातार समाचार प्रकाशित गर्‍यो। समाचारमा भिजिट भिजामा सेटिङ मिलाएर नेपालीहरूलाई दुबई लैजाने र …

दुबईका नेपाली मानवतस्कर: समाजसेवीको मुखौटोमा मन्त्रीको अघिपछि
0 comment
0 FacebookTwitterEmail

युक्रेन–रुस युद्धसँगै भारतमा बढेको ऊर्जा अभाव र महंगिएको बिजुलीको कारण हिउँदमा परनिर्भर नेपाल बिजुली व्यवस्थापनमा चरम संकटतिर धकेलिएको छ।

बिजुली उत्पादनको प्रशस्त सम्भावना हुँदाहुँदै सरकारको जलाशयुक्त आयोजना निर्माणमा वेवास्ता र प्राधिकरण घाटा जाने नाउँमा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गरिएको कडाईको कारण स्वदेशी उत्पादनको अवस्था सीमित हुँदा बिजुली व्यवस्थापनमा नेपाल चरम संकटमा धकेलिँदै गएको हो।

आइएनस-स्वतन्त्र समाचारले आजको स्थीति आउने बारेमा रुस–युक्रेन युद्धको असर: नेपाल गम्भीर ऊर्जा सङ्कटतिर औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग र इन्धन आपुर्ति ठप्पको सम्भावना मा केही अगाडि नै सचेत गराएको थियो।

नेपालले प्रति युनिट ४.१२ देखि ४.१८ भारुमा खरिद गर्दै आएको बिजुली …

0 comment
0 FacebookTwitterEmail

भारत उत्तरप्रदेशमा भएको चुनावबाट हिन्दू कट्टरपन्थी नेता योगी आदित्यनाथ फेरि मुख्यमन्त्री बन्दैछन्। उत्तरप्रदेशतिर जोडिएका नेपाली भूमिका हिन्दुहरू पनि दंग छन् तर त्यसको अप्रत्यक्ष असरका बारेमा भने कसैले सोचेको छैन। सन् २०१७ योगी मुख्यमन्त्री बन्नु अघिसम्म नेपालतिरका बुढा गाईगोरु उत्तरप्रदेश (युपी)का बुचडखानामा खपत हुन्थे। तर जब युपीमा हिन्दु सरकार आयो नेपालका गाईगोरु त्यता जान बन्द मात्र भएन युपीतिरबाट गाईगोरु नेपालतिर धपाइन थालेका छन्। परिणामत् आज पश्चिम नेपालमा छाडा गाईबस्तुको बिगबिगी छ। करौडौ लगानी गर्दा पनि तिनको नियन्त्रण भएको छैन र त किसान रूदै बसेका छन्।     

सन् २०१७ को शुरूमा भारतको उत्तरप्रदेश लगायत सात राज्यमा सम्पन्न निर्वाचनमा अधिकांश राज्यहरूमा भारतीय जनता पार्टीले …

भारतका गाईगोरुबाट पश्चिम नेपाल आतंकित
0 comment
0 FacebookTwitterEmail

अबको एक हप्ता फुटबलप्रेमीहरूको ध्यान केही महत्वपूर्ण अन्तर्राष्ट्रिय स्पर्धाहरूमा केन्द्रित रहने छ। यसका लागि विश्वका प्रमुख फुटबल लिगहरूले ‘इन्टरनेशनल ब्रेक’ लिइसकेका छन्। यो ब्रेकमा विश्वकप छनौटका केही महत्वपूर्ण खेलहरू सञ्चालन हुनेछन्। जसमध्ये युरोपियन छनौट अन्तर्गत नर्थ मेसेडोनियाविरुद्ध चारपटकको विश्वकप विजेता इटालीको खेल र टर्कीविरुद्ध क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको खेलमाथि सबैको नजर रहनेछ।

युरोपका ११ टोलीहरू छनौट चरण पार गरेर यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलको अन्तिम चरणका लागि छनौट भइसकेका छन्। यस अवस्थामा अब फुटबलको त्यो महाकुम्भमा युरोपियन टिमका लागि तीनवटा स्थान मात्र बाँकी छ। र, त्यो तीन स्थानका लागि ६ टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्दैछन्। त्यसमध्ये २४ मार्चका दिन इटाली …

फुटबलमा ‘इन्टरनेशनल ब्रेक’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved