पाँचथर जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले लोकतन्त्रको सुनिश्चितताका लागि सूचनाको हक महत्वपूर्ण भएको बताउनु भएको छ।
पाँचथरको फिदिममा सूचनाको हक सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले सो कुरा वताउनुभएको हो। आफ्नो र जिल्ला समन्वय समितिको सूचनाको हकप्रति प्रतिवद्धता व्यक्त गर्दै सार्वजनिक निकायका साथीहरूले उठाएका विषयमा आयोग सम्वेदनशील हुनुपर्ने उहाँले बताउनु भयो ।
राष्ट्रिय सूचना आयोगको आयोजनामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङले गर्नुभएको थियो । उहाँले सूचनाको हकको प्रवर्द्धनमा सबै लाग्नु पर्नेमा जोड दिँदै पाँचथरमा कार्यक्रम आयोजना गरेकोमा आयोगलाई धन्यवाद दिनुभयो । कार्यक्रमका अध्यक्ष गुरुङले सूचनाको हकका विविध आयाममाथि प्रकाश पार्दै सूचनाको हकको …
