भारतका पाँच राज्यमा यो साता भएको विधानसभा चुनावमा आफ्नो मताधिकारको प्रयोग गर्ने करिब आठ लाख मतदाताले ‘नोटा’ अर्थाता ‘माथि उल्लेख गरिएका मध्य कोही पनि होइन’ (None of The Above) भन्ने विकल्पमा भोट हालेका छन्। भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार ती करिब आठ लाख मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हालेका हुन।
मणिपुरका कुल मतदाता मध्ये १०,३४९ (०.६ प्रतिशत) ने नोटा विकल्पको प्रयोग गरे। यसैगरी गोवामा १०,६२९ मतदाता (१.१ प्रतिशत) सबै उम्मेदवारलाई अयोग्य भने।
भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार राजनीतिक रूपले अत्यन्त महत्त्पूर्ण मानिने र चार सय तीन विधानसभा सिट भएको उत्तर प्रदेशका ६ लाख २१ हजार १ सय …
