Home » Archives for June 2022 » Page 13
Monthly Archives

२०७९ जेष्ठ २०, शुक्रबार ०५:१९

आज जुन ३ अर्थात् आधुनिक चीन निर्माणका क्रममा तत्कालीन चिनियाँ शासकले राजनीतिक स्वतन्त्रता र मानव अधिकारको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफ्ना नागरिकको आम नरसंहार गरेको दिन। जुन नरसंहारमा परेर दशौंहजार चिनियाँ स्वतन्त्रता प्रेमी विद्यार्थी, अभियन्ता र राजनीतिज्ञ मारिएका थिए। यो घटनालाई चीनको कम्युनिष्ट सरकारले सधैं, आधुनिक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवश्यकता थियो भन्दै आएको छ। जुन घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको छविमा धब्बा लगाएको छ। अनि लोकतन्त्र तथा मानवअधिकारको पक्षमा उभिनेहरू भनिरहेका छन्, यो घटना चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्ध भएको निर्मम नरसंहार हो।
सन् १९८९ को जुन ३ र …

समृद्ध चीनको कलंक: तियानमेन नरसंहारको ३३ वर्ष
0 comment
0 FacebookTwitterEmail

देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तको कुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ।

वैशाख महिना पालिकाको निर्वाचनमै केन्द्रित भएकाले विकास बजेट खर्च हुन सकेन। महानगरद्वारा सार्वजनिक तथ्यांकमा ९ महिनाको खर्चको अवस्था १४ दशमलव १ प्रतिशत मात्र रहेको स्पष्ट हुन्छ।

महानगरमा नव निर्वाचित मेयर बालेन्द्र शाहले चालु आर्थिक वर्षको बाँकी अवधिमा ८० प्रतिशत भन्दा बजेट कसरी खर्च गराउन सक्नुहुन्छ यो निकै चुनौतिपूर्ण देखिन्छ।

महानगरका एक वरिष्ठ कर्मचारीका अनुसार – काठमाडौंका पूर्व मेयर विद्यासुन्दर शाक्यले विकास कार्यक्रमहरूलाई …

बालेनको चुनौतीः काठमाडौं महानगरको खर्च गर्न बाँकी १३ अर्ब रुपैयाँ
0 comment
0 FacebookTwitterEmail

चितवन-२०२२ सालमा चितवनमै जन्मिएकी इन्दु पण्डितको विवाह १९ वर्षमै भयो। त्यो समय विवाहपछि बुहारी घर बाहिर निस्किन मनाही थियो।

सामाजिक काममा सक्रिय, इन्दुका लागि विवाह बन्धन बनेन। किनकी इन्दुलाई बाहिर पठाउन इन्दुकी सासूआमा लक्ष्मी पण्डित सबैभन्दा सहयोगी बन्नुभयो। इन्दुको विवाहपछि नै चितवनका महिलाहरूले महिलामाथि हुने हिंसा विरुद्ध एकजुट हुने अभियान थाले। मीना खरेल, सीता सापकोटा, सरिता केसीहरू केही राजनीति गर्ने अविवाहित विद्यार्थीहरू थिए।

उनीहरूले जिल्लालाई आदर्श बनाउनुपर्छ भन्ने अभियानका साथ ३१ वर्षअघि आदर्श नारी विकास केन्द्रको नामले थालेको अभियानमा विवाहित इन्दु लगायत केही महिला पनि थपिए।

इन्दु सम्झिनुहुन्छ, ‘त्यो बेला घरबाटै निस्किन रोकेको भए म सायद आज यो अवस्थामा नहुँदो …

बुहारीको प्रगतिमा दङ्ग बलिदानी सासूको सम्मान
0 comment
0 FacebookTwitterEmail

नेपालको संविधान २०७२ अनुसार पछिल्लो पटक संवैधानिक मान्यता पाएका ८ वटासहित अहिले मुलुकमा १३ वटा संवैधानिक आयोग अस्तित्वमा छन्। नयाँ संविधानअनुसार संवैधानिक आयोगको मान्यता पाए यता आदिवासी जनजाति आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले आयोगको कामको समीक्षा हुनुपर्ने संवैधानिक सीमा पार हुनै लाग्दा बल्ल बल्ल नेतृत्व पाएका छन्। संविधानको धारा २६५ को भाग २१ देखि २७ सम्म १३ वटा संवैधानिक अङ्गसम्बन्धी व्यवस्था छ । ०७२ मा व्यवस्था गरिएका आठवटा आयोगबारे संविधान जारी भएको मितिले १० वर्षपछि संघीय संसद्ले पुनरावलोकन गर्ने व्यवस्था छ । संविधान जारी भएको ६ वर्ष हुँदा पनि धेरै आयोगमा पदाधिकारी नियुक्त हुन सकेनन्। जब कि …

राज्यको भारः समावेशी सिद्धान्तकै धज्जी उडाउने संवैधानिक आयोग
0 comment
0 FacebookTwitterEmail

“रातो कर माफ गर” नाराका साथ स्यानेटरी प्याडमा आयातमा लाग्दै आएको करका विरूद्ध आन्दोलन गरिरहेकाहरूको मागलाई सम्बोधन गर्दै  सरकारले सेनेटरी प्याडको  भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ।  सेनेटरी प्याड महिलाहरूले रजस्वला भएका समयमा प्रयोग गर्ने सामग्री हो। मासिक चार दिन हुने रक्तश्राव रोक्न महिलाहरूले प्रयोग गर्ने यही सेनेटरी प्याडको आयात गर्दा लाग्ने भन्सार शुल्कका कारण महंगो बनिरहेको बेला सरकारले यसको भन्सार दर घटाएको हो।
सरकारले बजेट भाषण मार्फत यस्ता सामान नेपालमै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थ आयातमा पनि १ प्रतिशत मात्रै भन्सार महसुल लगाउने घोषणा गरेको छ। यसबाट गुणस्तरीय सेनेटरी प्याड भित्रिने र स्वदेशमै सुपथ मूल्यमा उत्पादन …

0 comment
0 FacebookTwitterEmail

संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा केही खर्चिला तर राष्ट्रिय जीवनमा कुनै योगदान नै नदेखिने पदहरू पुनरावलोकन गर्ने बेला आइसकेको छ।  नेपालको संविधान अनुसार विगत् १५ वर्षयता मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । राष्ट्रपतिलाई राष्ट्रप्रमुखको भूमिकामा तत्कालीन राजा महाराजा कै सरह सेवा सुविधा र सम्मान दिइँदै आएको छ । राष्ट्रपतिको लागि वार्षिक साढे २५ करोड प्रत्यक्ष खर्च हुन्छ । आवास तथा अन्य पूर्वाधार र संविधानको खर्च यो भन्दा अचाक्ली छ । अझ उपराष्ट्रपतिका लागि समेत राज्यकोषबाट वार्षिक ५ करोड २० लाख भन्दा बढी खर्च भइरहेको छ । उपराष्ट्रपतिको जिम्मेवारी तथा कार्यव्यस्तता लगभग शून्य छ । आफ्नो जिम्मेवारी, भूमिका, व्यस्तता …

राज्यका भार “उप”हरू
0 comment
0 FacebookTwitterEmail

हेटौंडा कपडा उद्योगको कपडा भनेपछि नेपाली जनमानसमा एक खालको छाप नै परेको थियो । त्यहाँ उत्पादन गरेको कपडा गुणस्तरको हुन्छ भन्ने । यो उद्योग २०५७ सालदेखि बन्द  छ । बन्द भएको उद्योग बेला बेलामा पुनः चलाउने चर्चा गरिन्छ तर काम हुँदैन। आर्थिक वर्ष २०७९/०८० का लागि गत जेठ १५ गते संघीय सरकारले प्रस्तुत गरेको बजेट बक्तव्यमा एउटा घोषणा गरियो- ‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले हेटौडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने ।’ यसको अर्थ सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगमा उत्पादन भएको कपडा प्रयोग गर्ने भन्ने हो तर बन्द रहेको यो उद्योग सञ्चालन हुने टुंगो छैन । यो …

‘हेटौडा कपडा उद्योग पुनः सञ्चालन’ हरेक अर्थमन्त्रीले दिने गफ
0 comment
0 FacebookTwitterEmail

“हम रहेँ या ना रहेँ कल्, कल याद आएँगे ए पल्

पल् ए हे प्यार के पल्, चल् आ मेरे सँग चल्,

चल्… सोचे क्या छोटी सी है जिन्दगी,

कल् मिल् जाए तो होगी खुशनशीबी,

हम्….. रहेँ या ना रहेँ, याद आएँगे ए पल्……..”

जति सुन्दर छन् यो गीतका पंक्तिहरू, त्यो भन्दा पनि सुन्दर थियो उनको आवाज जसले गाएका थिए यो गीत।एउटा यस्ता गायक जसको आवाज कानबाट एकैचोटि मुटुको गहिराईमा गएर ठोकिन्थ्यो र झक्झक्याएर छोडिदिन्थ्यो यो मन र मष्तिश्कलाई।एउटा यस्तो आवाज जसलाई आवश्यकता थिएन कुनै परिचयको, जसको आवाजले नै उनको परिचय दिइरहेको हुन्थ्यो।यो यस्तो आवाज थियो जसलाई भारतले मात्र होइन …

आफ्नै आवाजमा बाँचिरहनेछन् केके
0 comment
0 FacebookTwitterEmail

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। तपाइँले धेरैपटक यो विमानस्थलमार्फत देशभित्र वा देशबाहिर हवाई यात्रा गरिसक्नु भएको हुनुपर्छ। अन्तर्राष्ट्रिय वायुसेवाको उडान तथा अवतरणसँगै जोडिएको ६ दशक पुरानो इतिहास छ– यसको। काठमाडौं विमानस्थलबाट उड्दा अथवा अवतरण गर्दा जो कोहीको मानसपटलमा एउटा प्रश्न उठिरहेको हुन्छ– विमानस्थलको धावनमार्ग छेउछाउमा बिग्रेका थोत्रा विमान किन थुपारिएका होलान् ?
विमानस्थलको कुनाकानी ठडिएका विमान देख्नेका मनमा किन यसरी राखिएको होला भन्ने भइरहेको वेला राख्ने कार्यालयलाई पनि पन्छाउन पाए हुन्थ्यो भन्ने होला कि न होला ? भए आवश्यक प्रयत्न गर्दा रोक्ने ‘प्रक्रियागत झन्झट’ कहिलेसम्म रहिरहला आमचासोको विषय भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान तथा अवतरणका क्रममा स—सानो दुर्घटनामा परेका …

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थोत्रा विमान: लाजको पसारो
0 comment
0 FacebookTwitterEmail

देशैभरमा सबैभन्दा कम विद्यार्थी भएको मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति भएको छ। बाढीपहिरोको असर यस वर्ष अझ बढी असर प्रत्यक्ष रुपमा देखिएको छ। बाढीपहिरोको असरले प्रत्यक्ष रुपमा विद्यालय र विद्यार्थीमा परेको छ। बाढीपहिरोको जोखिमको त्रासले अभिभावकले बालबालिका अन्यत्र सार्न थालेपछि समस्या सिर्जना भएको छ।

बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर विद्यालय परिवर्तनको समस्या रहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो। साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ।

“बाढीपहिरोको जोखिम अझै पनि छ। कतिपय निजी आवास निर्माण हुन सकेका छैनन्। अभिभावकले बाढीपहिरो आए आफू भागौंला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकोमा राखेर पढाउने …

मनाङः यसै त कम विद्यार्थी, ती पनि अन्यत्र जाँदै
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved