भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएको जेठ २ गते पहिलो उडान भएयता नियमित रूपमा सञ्चालन भइरहेको जजिरा एयरलाइन्सको तथ्याङ्क हेर्दा यो विमानस्थलमा आउनेभन्दा यहाँबाट जानेको संख्या अत्यधिक देखिएको छ।
याे समाचार तयार पारुञ्जेल (शनिबारसाँझ) सम्ममा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ सय ४४ जना यात्रुहरूले सेवा लिइसकेका छन्। यी सबै यात्रुलाई जजिरा एयरलाइन्सले सेवा दिएकाे हाे । जेठ १६ गते सम्म भएको ७ वटा उडानबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४ सय ७९ यात्रुहरू ओर्लिएका छन् भने ७ सय ६५ यात्रुहरू नेपालबाट बाहिरिएका छन्।
जजिराका लागी नेपालका वाणिज्य प्रबन्धक अमित नागरथले कुवेतबाट सिधा भैरहवा लुम्बिनी उडान गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले …
