Home » Archives for June 2022 » Page 6
Monthly Archives

२०७९ असार ५, आईतवार १५:००

प्रदेश सरकारहरूको पाँचौ तथा अन्तिम पूर्ण बजेट सार्वजनिक भइसकेको छ। संभवत: केही दिनमा ती पास पनि हुनेछन्। सुदूर पश्चिम प्रदेशमा पनि बजेट आएको छ, नेकपा एमाले, लोसपा र जसपा लगायतका प्रतिपक्षमा रहेका दलहरू बजेट असफल वा पारित हुन नदिने सामथ्र्य राख्दैनन् त्यसैले त्यो पास हुनेनै छ।
प्रदेश सरकारले २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको छ। यो समेत गरी प्रदेश सरकारले पाँच वर्षको अवधिमा १ खर्ब ५५ अर्बको बजेट ल्याएको छ। यो बजेटलाई पाँच वर्षमा हुन जाने १८२५ दिनले भाग गर्ने हो भने प्रदेश सरकारको प्रति दिनको खर्च ८ करोड ४९ लाख ३१ हजार …

प्रदेश सरकारको औचित्यमै प्रश्न, बजेट क्षमतामा गम्भीर समस्या
0 comment
0 FacebookTwitterEmail

लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने गरी दुवै महत्वपूर्ण आयोजना भारतीय कम्पनीलाई दिने निर्णय भएपछि सरोकारवालाहरूले अब फेरि पश्चिम सेती कति वर्ष भारतीय कम्पनीको घानमा अल्झिन्छ भन्ने प्रश्न गर्न थालेका छन्। किनकी ४० वर्ष यता पश्चिम सेती आयोजना निरन्तर यसैगरी विभिन्न शक्तिशाली बहुराष्ट्रिय कम्पनीको चंगुलमा फस्दै आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत वैशाख २७ गते गृह जिल्ला डडेलल्धुरामा स्थानीय तह निर्वाचनको आमसभालाई सम्बोधन गर्दै नेपालले आफैं पश्चिम सेती …

पश्चिम सेतीको कथा: ४० वर्षपछि भारतीयको चंगुलमा
0 comment
0 FacebookTwitterEmail

के हो स्वर्ण प्राशन ?
स्वर्ण प्राशन संस्कृत शब्द हो । स्वर्ण अर्थात् सुन र प्राशन भनेको प्रयोग विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, ‘कश्यप संहिता’का अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वर्ण प्राशन विधि हो । यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वर्ण प्राशन बिन्दु भनिन्छ । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।
स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ …

इम्युनिटीवर्धक खोप: आयुर्वेदीय स्वर्ण प्राशन
0 comment
0 FacebookTwitterEmail

संस्कृति भनेको समाजको सोच, विचार, काम गर्ने प्रकृति आदिमा निहित हुन्छ। प्रकृतिको मूल अवस्थाबाट संस्कार गरिएको मानवीय व्यवहार संस्कृति हो भने प्रकृतिलाई अपचलन गरिएको वा विचलित भएपछिको स्थितिलाई विकृति भनिन्छ।

संस्कृति भनेको प्राकृतिक वस्तु होइन। यो त सिक्ने वा आर्जन गर्ने वस्तु हो। संस्कृतिमा मानिसले जन्म वा वंशानुगत रूपमा प्राप्त हुने निश्चित व्यवहारहरू हुन्छन् भने व्यक्तिले आफ्ना पूर्वजहरूबाट सामाजिक व्यवहारहरू उत्तराधिकारका रुपमा प्राप्त गर्दछ। सांस्कृतिक सम्पदा भनेको विगतका पुस्ताहरूबाट विरासतमा प्राप्त समाजको मूर्त र अमूर्त सम्पदा हो। संस्कृतिमा मूर्त वा भौतिक र अमूर्त वा गैरभौतिक गरी दुईवटा छुट्टाछुट्टै विभागहरू हुन्छन्।

मूर्त संस्कृति

सांस्कृतिक सम्पदाका मूर्त संस्कृति जस्तै भवनहरू, स्मारकहरू, सामाजिक …

संस्कृतिको संरक्षण किन ?
0 comment
0 FacebookTwitterEmail

सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पद शृंखला पार गर्दै विशिष्ट तहसम्म पुगेका हुन्छन्। तर सहसचिव राधिका अर्यालले चाहिँ शाखा अधिकृतबाट उपसचिव नभै सिधै सहसचिवमा फड्को मार्नुभयो। सहसचिव राधिका अर्यालले अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। २०६१ सालमा शाखा अधिकृतको पदबाट सेवा प्रवेश गर्नुभएकी अर्याल खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा एकैपटकमा उपसचिव र सहसचिव दुवै पदमा नाम निकाल्नुभयो। २०६९ सालमा अन्तर्वार्तामा सहसचिवमा नाम निकालेपछि उहाँले उपसचिवको कार्यअनुभव नलिँदै सहसचिव हुनुभएको हो।

करिब १० वर्ष अघिदेखि सहसचिवको भूमिकामा रहनुभएकी अर्याल अब भने बढुवाबाट सचिव बन्ने लाइनमा हुनुहुन्छ। काठमाडौँको निम्नमध्यम परिवारमा उहाँको …

महिलालाई दायित्व बढी, विश्वास कमः सहसचिव राधिका अर्याल
0 comment
0 FacebookTwitterEmail

कलाकार हरिप्रसाद शर्मा नेपाली चित्रकलामा इतिहास, संस्कृति र पुराना जीवनशैलीलाई कलामा उतार्ने सशक्त चित्रकार हुनुहुन्छ । उहाँ प्राचीन सभ्यता, संस्कृति र परम्परालाई कलाका माध्यमबाट जीवन्त र कलात्मक स्वरूपमा आकृतिबद्ध गर्दै जीवनको वयोवृद्ध उमेरमा पुगिसक्नुभएको छ । ८५ वर्षको उमेरमा पनि उहाँले कलाकर्मबाट बिदा लिनुभएको छैन । अहिले पनि उहाँ ऐतिहासिक कलाकारितामा चित्ररचना गरिरहनुभएको छ । उहाँको यो समर्पण र निरन्तरको योगदान नेपाली कलाका लागि अहोभाग्य नै हो ।

कलाकार शर्माका कलारचनामा मूलत: नेवार समुदायको जनजीवन र संस्कृतिको सग्लो झलक पाइन्छ । उहाँले नेपालको इतिहास तथा आख्यानहरूमा वर्णित घटना, प्रकरण तथा पात्रहरूमा आधारित चित्र पनि उल्लेखनीय सङ्ख्यामा बनाइसक्नुभएको छ । शर्माले …

‘मन नहर्ने वा मनलाई छुन नसक्ने कला पनि के कला !’
0 comment
0 FacebookTwitterEmail

“रातो कर माफ गर” नाराका साथ नेपाली अधिकारकर्मीहरूले निरन्तर संघर्ष गरेपछि सरकारले महिलाहरूले महिनाबारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतमा सीमित गर्‍यो। झट्ट हेर्दा सरकारको यो कदमबाट अधिकारकर्मीको आवाज सम्बोधन भएको देखिन्छ तर यो कर छुटको निर्णयसँग जोडिएको स्वार्थ समूहको नाफा घाटाको हिसाबले केही माफिया मालामाल हुने र स्वदेशी उद्योगी धरासायी हुने परिस्थिति सिर्जना भएको छ। त्यसैले स्वदेशी उद्यमी आन्दोलित भएका छन्।

सरकारले स्वदेशी उत्पादनको खपत बढाउने, व्यापार घाटा कम गर्ने र आयातमुखी अर्थव्यवस्थालाई आत्मनिर्भर अर्थतन्त्र बनाउने घोषणासहित ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको यो व्यवस्था सुरुबाटै विवादमा छ। भाषणमा सरकारले महिलाको स्वास्थ्य …

“रातो कर” माफीका नाममा माफिया मालामाल
0 comment
0 FacebookTwitterEmail

त्रिभुवन विश्वविद्यालयमा चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजार भन्दा बढी कर्मचारी।

यो विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा छ देशभर १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा। ओहो ! कति धनी विश्वविद्यालय। तर हैन यसलाई आफ्नैले लुटेर खोक्रो बनाइसके। यही खोक्रो बनाउनेको एउटा पाटो यहाँ खोल्न लागिएको हो।

यो विश्वविद्यालयका नाममा २०३३ सालपछि, विभिन्न स्थानमा जोडिएको जमिन अहिले भूमाफियादेखि विश्वविद्यालय कै कर्मचारी र प्राज्ञिक जनशक्ति प्राध्यापकहरूले ठेक्का पट्टामा लगाएर मनोमानी गरिरहेका छन्। यसरी त्रिभुवन विश्वविद्यालयको नाममा रहेको सम्पत्ति अपचलन अथवा दुरुपयोग गर्नेको सूची लामो छ। त्यसमा …

त्रिभुवन विश्वविद्यालयको जमिनमा प्राध्यापकहरूको ठेक्कापट्टा
0 comment
0 FacebookTwitterEmail

एक्कासि घर बाहिर गोली चलेको पट पट आवाज आयो। हो हल्ला भयो। एकैछिनमा आफ्नो श्रीमान् गणेशमान पालिखेलाई गोली हानी मारिएको गंगादेवीले थाहा पाउनुभयो।

साँझ करिब ५ बजेको समय थियो। दिन थियो २०६२ जेठ २९ गते। दिनभरसँगै बसेर केही बेर अघिमात्रै छुट्टिनु भएको थियो भाइ विश्वशंकर पालिखे। महेन्द्रपुलमा रहेको पालिखे ढाका टोपी पसलको अघिल्तिर गाडी रोकेर बुवा गणेशमान पालिखेले मुस्कुराएर हेर्दा बुबासँगै घर जाउँ जाउँ की लागेको थियो धर्मछोरा देवी पनेरूलाई, तर जानुभएन। यता श्रीमती गंगादेवी पालिखे पोखरा नागढुङ्गामा रहेको घरको बारीमा काम गर्दै हुनुहुन्थ्यो। घरमा भोलिको लागि कुल पूजाको तयारी चलिरहेको थियो।

बुबालाई गोली हानिएको खबर सुन्न साथ कान्छा …

बिर्सिएका नायकः शिक्षाका लागि गोली खाने गणेशमान पालिखे
0 comment
0 FacebookTwitterEmail

लामाले प्रहरीलाई सुरुदेखि दिइरहेको बयान एउटै छ, भीडमा पछाडिबाट ठेल्दा एक पल्ट मात्रै नायिकाको शरीरमा छुन पुगेको हो तर नायिकाका अनुसार छुने काम बारम्बार भइरहेको थियो। अर्थात्, अघि खराब स्पर्श गर्ने अरु नै कोही थिए र पछि थप्पड पाउनेमा लामा परेका हुन्।

काठमाडौंको एउटा सिनेमा हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्रकी नायिकाले दर्शकका रूपमा आएका एक लामाको गालामा थप्पड हानेको, माफी मगाएको र प्रहरी हिरासतमा पुर्‍याएको घटना फगत एउटा घटना मात्रै नभएर सार्वजनिक सरोकारको विषय बन्यो। बौद्ध भिक्षुले लगाउने रातो चीवर लगाएका किशोर बयका लामाको गालामा थप्पड हान्नु गम्भीर कुरा हो भने त्यो भन्दा गम्भीर र सम्वेदनशील कुरा लामाले नायिकाको शरीरमा …

गुम्बाको लामालाई फिल्मी नायिकाले थप्पड हानेपछि 
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved