Home » Archives for June 2022 » Page 7
Monthly Archives

२०७९ असार २, बिहीबार १४:१९

२०७८ असार १ गते आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु ठूलो मानवीय र भौतिक क्षति ब्यहोर्नु पर्‍यो। बाढीमा परी मृत्यु भएका पाँचजनाको शव भेटिएको छ २० जना अझै बेपत्ता छन्।

सिन्धुपाल्चोकको भ्रेमाथाङबाट आएको  बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु देखि मेलम्ची नगरपालिकाको बाहुनेपाटी हुँदै सिपाघाटसम्म ठूलो मात्रामा क्षति पुर्‍यायो। अर्बौँको भौतिक संरचना र खेतियोग्य जमिन बगरमा परिणत भयो।

बाढी गएको एक वर्ष पुगेको छ। मेलम्ची र हेलम्बुबासीले पीडा खेपेको यतिको समय बितिसक्दा संघीय सरकारले भने मेलम्चीको पुननिर्माणमा र पुनर्स्थापनामा कुनै चासो दिएको छैन।

सरकार सुरु देखि नै मेलम्ची र हेलम्बुबासीको पीडामा कसरी मलहम लगाउने भन्दा पनि मेलम्चीको पानी काठमाडौं पुर्‍याएर कसरी …

मेलम्ची बाढीको एक वर्ष : २० जना अझै बेपत्ता, पुननिर्माणमा र पुनर्स्थापनामा सरकारको वेवास्ता
0 comment
0 FacebookTwitterEmail

यो हप्ता धेरै हल्लाखल्ला नगरीकन संयुक्त राष्ट्रसंघको एक प्रतिनिधिमण्डलले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेर फर्केको छ। राष्ट्रसंघका सहायक महासचिव कन्नी विङ्गराजाको नेतृत्वमा लुम्बिनी आएको उक्त प्रतिनिधिमण्डलले स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने कुरा पनि गरेको छ। त्यसका लागि राष्ट्रसंघीय विकास कार्यक्रम स्थानीय सरकारसँग काम गर्न इच्छुक रहेको कुरा कन्नी विङ्गराजाले बताउनु भएको छ।

बुद्ध जन्मस्थल भनेर संसारभरि चिनिए पनि कपिलवस्तु जिल्ला नेपालमा गरिबीका हरेक सूचकमा सबैभन्दा तल पर्ने जिल्लाहरू मध्ये एक हो। बुद्ध जन्मस्थलमा धार्मिक तथा पर्यटकीय गतिविधि बढे पनि स्थानीय बासिन्दाले न त त्यसको फाइदा पाएका छन् न उनीहरूको जीवनस्तरमा नै कुनै प्रगति भएको छ।

प्रतिनिधिमण्डलको भ्रमणका क्रममा राष्ट्रसंघीय विकास …

 लुम्बिनीसँगै स्थानीयको अवस्था फेरिएला त?
0 comment
0 FacebookTwitterEmail

अव्यवस्थित सहरीकरण, जग्गाको लोभले पुरिएका खोल्सा एवं नालाहरू मात्र होइन जलवायु परिवर्तनका कारण पहिला पहिला दुई दिनमा पर्ने पानी अहिले दुई घण्टामै आउँछ जसले गर्दा एक छिनमै पानी धेरै ठाँउमा जमिसकेको हुन्छ र त्यसले निकास पाउँदैन र काठमाडौँ पानी परेको केही क्षणमा नै डुब्छ।

काठमाडौको थापागाउँ नजिक धोवी खोलाको किनारमा वर्षौंदेखि छाप्रो हालेर बसेका ८० वर्षीय चक्रबहादुर लामा रातभरि परेको झरीका कारण छाप्रो भित्र पसेको पानी सफा गर्दै हुनुहुन्थ्यो। लामाका लागि यो नित्य कर्म जस्तै सामान्य समस्या हो। ‘सानो दर्के झरी परेपछि धोवीखोला उर्लिएर आउँछ’, लामाले भन्नुभयो– ‘खोलाले ढलको निकास छेक्छ अनि बाटोबाट ढल उम्लिन थाल्छ। पानी दर्किन थालेपछि सामान …

सानो झरीमा पनि किन डुब्न थाल्यो काठमाडौं?
0 comment
0 FacebookTwitterEmail

सरकारले यस आर्थिक वर्षमा पनि पूर्वाधार विकासको खर्च गर्न नसक्ने परम्परालाई दोहोराएको छ। सडक, विद्युत, भवन, खानेपानी टयाङ्की, अस्पताल, विद्यालय निर्माण लगायतका पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा पनि सरकार सफल हुन सकेन। बजेट व्यवस्थापनको कमजोरीका कारण पुँजीगत (विकास) खर्च गर्न नसक्ने समस्या दोहोरिँदा तोकिए अनुसारका पूर्वाधार विकास हुन सकेन।

विकास खर्चमा संघ, प्रदेश र स्थानीय तहले ध्यान दिन नसक्दा समस्या ज्युँका त्यूँ रहेको हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६ दशमलव दुई प्रतिशत पुँजीगत (विकास) खर्च भएको छ। चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपैयाँ विनियोजन …

पुँजीगत खर्च बल्लबल्ल ३६ प्रतिशत कट्यो  
0 comment
0 FacebookTwitterEmail

काठमाडौं महानगरपालिका वडा नं. ७ द्वारा आयोजित प्रथम वडाध्यक्ष भेट्रान कप फुटबल २०७९ को उपाधि ढोलाहिटी युथ क्लबले जितेको छ।चावहिल गणेशस्थानस्थित खेलमैदानमा मंगलवार सम्पन्न फाइनलमा ललितपुरको टोली ढोलाहिटी युथ क्लबले काठमाडौँ ठमेलको फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गर्‍यो।विजेता टोलीले प्रथम वडाध्यक्ष भेट्रान कपको उपाधिका साथै पुरस्कारराशी स्वरूप एक लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता फ्रिडम फाइटरले ५० हजार रुपैयाँ पुरस्कार पायो।

प्रतिश्पर्धात्मक फाइनलका तीनै गोल खेलको पहिलो हाफमा सम्भव भएका थिए।पहिलो हाफको पाँच मिनेट बित्न नपाउँदै फ्रिडम फाइटरका विकर्ण श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।तर गोल खाएको दश मिनेटभित्रै दुई गोल फर्काउँदै ढोलाहिटी खेलमा …

ढोलाहिटी  युथलाई प्रथम वडाध्यक्ष भेट्रान कपको उपाधि
0 comment
0 FacebookTwitterEmail

निजामती सेवामा आवद्ध कर्मचारीको पेशागत हितका लागि भनेर गठन गरिएका कर्मचारीका संगठनहरूले राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आफ्नो पोल्टो भर्नतिर लागेका छन्। आआफ्नो आस्थाको दल नेतृत्वको सरकारलाई दवाव दिई करोडौँको सरकारी जग्गामा भोगाधिकार जमाएका कर्मचारी संगठनले त्यही जग्गामा अलिसान महल ठड्याइ कमाइ खाने भाँडो बनाएका छन्।

निजामती कर्मचारीका राजनीतिक दलैपिच्छेका ट्रेड युनियनहरूले प्रशासनलाई मात्र होइन दलको नेतृत्व र सरकारलाई समेत आफ्नो पकडमा पारी धनी हुने बाटो खोजेका हुन्। राजधानीको प्रमुख केन्द्र बबरमहलमा चार वटा युनियनहरूले साढे पाँच तलासम्मका भवन बनाई भाडामा लगाएको पाइएको छ।

२०६८ साल असार १ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको सरकारकातर्फ दलनिकट कर्मचारीका चार संगठनलाई  भोगाधिकार सहित कार्यालयको …

 कर्मचारीहरूको छाता संगठन एउटा कोठामा: सरकारी घरजग्गामा शक्तिशाली पार्टीगत ट्रेड युनियनहरूको मस्ती
0 comment
0 FacebookTwitterEmail

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ। विगत दुई वर्षयता कोभिड–१९ महामारी र अहिले रुस–युक्रेन युद्धले खाद्य मुद्रास्फीति अभूतपूर्व गतिमा बढेको छ। केही समय यता कोभिड–१९ को महामारीले विश्व सञ्चारमाध्यमको मूख्य समाचारको आफ्नो स्थान गुमाएको छ। अहिले मूख्य समाचारको शिर्षकको ठाउँ लिएको छ, खाद्य मुद्रास्फीति अर्थात महङ्गीले।

खाद्य तथा कृषि सङ्गठन (एफएओ) को एक विश्लेषणअनुसार सन् २०२० को मध्यको तुलनामा खाद्य मुद्रास्फीति ७५ प्रतिशतले बढेको छ। १२ अप्रिल २०२२ मा भारतको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी अखिल भारतीय उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अनुसार, भारतमा ग्रामीण उपभोक्ता खाद्य मुद्रास्फीति मार्च २०२१ र मार्च २०२२ का बीचमा १०० प्रतिशतले बढेको छ। भारतको …

मार्‍यो महङ्गीले: खाद्य मुद्रास्फीतिमा एक प्रतिशत वृद्धिले एक करोड थप जनता गरिब भए
0 comment
0 FacebookTwitterEmail

प्रहरीलाई जानकारी नै नदिई सरकारी वकिलको कार्यालयमार्फत बकपत्र गरिएको चितवनको एक ‘हाइप्रोफाइल’ बालिका मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले बलात्कार आरोपमा जाहेरी परेको डेढ महिनामा नै सफाइ पाएका हुन् ।

अभियुक्त शिव काफ्लेलाई मंगलबार जिल्ला अदालत चितवनले सफाइ दिएको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियोग दाबी नपुग्ने निर्णय गर्दै फैसला सुनाइएको हो ।

जिल्ला अदालत चितवनमा मंगलबार सुनुवाइ भएका पाँच वटा बलात्कारका मुद्दामा सबै अघिल्लो वर्षका मुद्दा छन्। काफ्लेको मात्रै मुद्दामा जाहेरीको डेढ महिनामा नै फैसला भएको हो ।

काफ्ले सञ्चालक रहेको कलेज कालिका मेडिकल तथा …

‘हाइप्रोफाइल’ बलात्कार काण्डः जाहेरीको डेढ महिनामा नै फैसला: अभियुक्तलाई सफाइ
0 comment
0 FacebookTwitterEmail

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घूसको लेनदेन भएको दावीका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा दर्ता गरिएका अधिकांश मुद्दाहरूमा त्यस संवैधानिक निकायले गरेको मागदावी नपुग्ने फैसला आएको समाचार सार्वजनिक भएको छ। बितेको ३ महिनामा विशेष अदालतबाट छिनिएका यस्ता मुद्दाहरूमध्ये लगभग ९२ प्रतिशतमा अभियुक्तहरूले सफाइ पाएको तथ्य बाहिर आएको छ। प्रतिशतलाई छोडेर अंकमै जाने हो भने, तीन महिनाको त्यो सानो अवधिमा विशेष अदालतद्वारा फैसला गरिएका घूसखोरीसम्बन्धी कुल १ सय ७८ मध्ये १ सय ६३ मुद्दाहरूमा आरोपितहरूले क्लिनचिट पाएको देखिन्छ। भ्रष्टाचारसम्बन्धी मुद्दाहरूलाई नजिकबाट नियालिरहेका वकिलहरूका अनुसार यस्ता मुद्दामा दण्डित गरिएकाहरूलाई पनि हलुका सजाय दिइएको छ। यी परिघटनाहरूले राम्रो सन्देश …

घूसखोरीप्रति कति सहिष्णु हामी?
0 comment
0 FacebookTwitterEmail

भारत महाराष्ट्रको कोल्हापुर जिल्लाका दुई साना गाउँले विधवा प्रथासम्बन्धी कुप्रथामाथि प्रतिबन्ध गराएर सामाजिक परिवर्तनमा ठूलो फड्को मारेका छन् । अहिले विधवा महिलाको पुनर्विवाहको योजना पनि बनिरहेको छ।

टाइल उत्पादन गर्ने कारखानामा काम गर्न जानु अघि हरेक दिन, वन्दना जाधवले बिन्दी र मङ्गलसूत्र लगाउँछिन् । दुई सन्तानकी आमा ३६ वर्षीया आमाले २०२१ को अगस्टमा आफ्नो श्रीमानलाई गुमाएकी हुन। उनी भन्छिन् ‘श्रीमानलाई रुघाखोकी र छाती दुखेको थियो।’

वन्दना महाराष्ट्रको कोल्हापुरको हटकनंगले नामक तहसीलको एउटा सानो गाउँ मनगाउँमा बस्छिन् । भारतको अन्य कुनै गाउँमा बसेकी थिइन् भने, उनी हिन्दू महिलाको लागि विवाहका सबै प्रतीक (सुहाग चिन्ह)हरू त्याग्न बाध्य हुने थिइन् । उनको निधारबाट …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved